ट्रेंडिंग:

>> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो

पर्यटक आउलान त अर्घाखाँचीमा ?

२९ पुष २०८०, आईतवार
२९ पुष २०८०, आईतवार

अर्घाखाँची, २९ पुस । जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अर्घाखाँचीका धार्मिक पर्यटकिय स्थलहरूको प्रचारप्रसार गरि पर्यटक भित्र्याउन सकिने उद्देश्यले अभियान सुरू गरिएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले अर्घाखाँची पर्यटन प्रवर्द्धन अभियान–२०८० को अभियान अगाडि बढाएको हो । अर्घाखाँचीका गाउँबस्तीमा विकास पुग्दै जाँदा बस्तिहरू खालि हुँदै गएपछि अर्घाखाँचीमै केही गर्न सकिन्छ भन्ने उद्वेश्यले अभियान सुरू गरेको हो ।

जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्न पत्रकार नै अग्रसर नहुने हो भने भएका गन्तव्य पनि ओझेलमा पर्ने ठहर पत्रकार महासंघले गरेपछि ‘अर्घाखाँची पर्यटन प्रवर्धन कार्यक्रम २०८०’ सुरु गरेको छ ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली लैजाने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य सबै पर्यटकीय, धार्मिक गन्तव्यसम्म पु¥याउन सकेमा जिल्लाको पर्यटन प्रर्वद्वनमा विकास हुने लक्ष्य रहेको छ । सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य धार्मिक, ऐतिहासिक तथा मनोरम स्थलको जानकारी नहुँदा फर्किएका छन् ।

जिल्लामा रहेको सुपादेउराली मन्दिरमा मासिक ५० हजारभन्दा अधिक पर्यटक आउँछन् । जिल्लाभित्रै, छिमेकी जिल्ला, देश तथा विदेशबाटसम्म यहाँ पर्यटक आउँछन् । ती पर्यटकलाई जिल्लाका अन्य क्षेत्रमा पु¥याउने गरी महासंघ, स्थानीय सरकार पनि एकसाथ अगाडि बढेका छन् । जिल्लामा सुपादेउराली मन्दिर, तत्कालीन बाईसे–चौबिसे राज्यको खाँची दरबार, अर्घा दरबार, जंगबहादुर राणा जन्मिएको (मथुराबेसी) लामपाटी दरबार, जंगबहादुरको न्वारन भएको स्थान बलकोट पौवा, पाकिस्तानबाट आएर पाणीनि ऋषिले तपस्या गरेको तथा व्याकरणको उत्पत्ति भएको पाणीनि तपोभूमि, रूखको खोचमा रहेको पानी कहिल्यै नसुक्ने मालारानीको मनोचिन्ते पानीलगायत मालारानी मन्दिरपरिसर यहाँका ऐतिहासिक क्षेत्र हुन् ।

भूमिकास्थानको भुमे मन्दिर, सेङलेङ दह, सिद्धगुफा, मालारानी गाउँपालिकाको नृसिंह थान, जालकाँडा लेक, छत्रदेव गाउँपालिकाको छत्रेश्वर महाराजको मन्दिर, आकाशेदेवीको तेह्रतले मन्दिर, पाणीनि गाउँपालिकाको दुर्वासेश्वर गुफा दुर्गाफाट, शिद्वेश्वर गुफा ढुङ्ढुङ्गे धातिवाङ्ग, कालीकाठी लेक, शीतगंगाको डम्मरु दह, पतञ्जलीको उत्पत्तिस्थल, जिल्लाको एक मात्र गोही पाइने स्थान बराह दह, सन्धिखर्क नगरपालिकाको रक गार्डेन, एसियाकै ठूलो भगवतीको मूर्ति भएको स्थल अर्घा, मथुराको कृष्ण मन्दिरलगायत दर्जनौं धार्मिक तथा पर्यटकिय गन्तव्य छन् ।

सुपादेउराली मन्दिरमा आएका ५० प्रतिशत पर्यटकलाई जिल्लाका अन्य गन्तव्य स्थानमा पु¥याउँदा सुनसान भएको जिल्लाको वातावरणमा केही चहलपहल थपिने, अर्थतन्त्र चलायमान हुन मद्दत पुग्ने र बसाइँसराइको दर घट्ने लक्ष्यका साथ अगाडि बढाईएको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाले बताए ।

‘तराईसँग सिमाना जोडिएको अर्घाखाँची जिल्लाबाट बसाइँसराइ गर्नेको संख्या बढिरहेको छ, ‘सुनसान भएको जिल्लालाई चहलपहल बढाउन सकिन्छ भन्ने लक्ष्य हो, कोईरालाले भने । अर्घाखाँची पर्यटक आगमनको दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्र हो,यहाँका धार्मिक पर्यटकीय स्थल प्रचारप्रसार नहुँदा ओझेलमा परेका छन, यिनको प्रचारप्रसार र प्रवर्धनका माध्यमबाट चलायमान बनाउन यो अभियान सुरू गरिएको हो, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले भने ।

माघ १ गते प्रधानमन्त्री पुष्पकमाल दाहालले शुभारम्भ कार्यक्रमपश्चात् देशका प्रमुख १० वटा सहर र छिमेकी देश भारतका सहरहरूमा पुगेर यी क्षेत्रको व्यापक प्रचारप्रसार गर्ने तयारी छ । यो अभियान सुरूसँगै ‘स्वागत अर्घाखाँची’ वेभसाईड सञ्चालन गरिएको छ, जसमा जिल्लाका धार्मिक पर्यटकिय गन्तव्यहरू, नक्सा राखिनेछ ।

जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत डकुमेन्ट्री (वृत्तचित्र), ब्रोसर, पहिचानसहितका सामाग्री प्रकाशन प्रसारण गरिने प्रवक्ता हृदय भुसालले बताए । जिल्लाका सबै स्थानीय तहले यो अभियानलाई साथ दिएका छन् । जिल्ला समन्वय समिति, स्थानिय तह, राजनीतिक दल, सुरक्षा निकाय, सरोकारवाला संस्थासँगको छलफलपछि महासंघले कार्यक्रमलाई तीव्र बनाएको छ । महासंघले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन परिषद्सँग समेत आवश्यक छलफल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?