ट्रेंडिंग:

>> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

नाचेरै एकलाख पुरस्कार पाइने लुम्बिनी एक्स्पो

डान्स आइडलले स्थानीयस्तरमा थुप्रै राम्रा कलाकारहरु जन्माइसकेको र उनीहरु अहिले ख्यातिप्राप्त डान्सर,म्युजिक भिडियोमा मोडेल र नृत्य प्रशिक्षकसम्म भएर राम्रो आय आर्जन गर्न सफल भएका छन् ।
९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

बुटवल,९ पुस । ब्यापार मेलाहरु स्टलमा सामान किनमेल अनि बाल उद्यान र सांस्कृतिक कार्यक्रममा रमाउने थलो मात्र नभई नृत्य,गायन जस्ता मनोरन्जन विधामा राम्रो प्रतिभा भएकाहरुका लागि कला देखाएर व्यवसायिक करियर शुरु गर्ने र राम्रै नगद राशी पुरस्कार पाउने थलो पनि बन्दै गएका छन् ।
रुपन्देही ब्यापार संघले पुस ५ गतेदेखि बुटवलमा सञ्चालन गरेको लुम्बिनी एक्स्पो अन्तराष्ट्रिय ब्यापार मेलाले पनि नृत्य प्रतिभाहरुले कला देखाउने र एक लाख रुपैयांसम्म नगद पुरस्कार पनि जित्न सकिने अवसर प्रदान गरेको छ । रुपन्देहीमा आयोजना हुने मेला महोत्सव मध्ये नृत्य विधामा संभवतः सबैभन्दा ठूलो पुरस्कार राशीको डान्स आइडल २०८० को विजेतालाई आयोजकले एक लाख एक हजार नगद पुरस्कार दिंदैछ ।

यो प्रतिया्ेगितामा भाग लिएका डान्सरले नेपाली संगीतमा फ्रि स्टाइल (भर्सटायल) प्याटर्नमा नाच्नुपर्छ । अर्थात कुनै निश्चित गीतमा होइन जुनसुकै गीतमा नाच्न सक्नुपर्छ ।

प्रतियोगितामा दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । विजेता,उपविजेता र तेस्रो हुनेले पाउने पुरस्कार रकम पौने २ लाख हुन्छ । यो पुरस्कार राशी आकर्षक नै हो । यसवाहेक विजेताहरुलाई विभिन्न कम्पनीले उपहार दिनेछन् भने उनीहरुले म्युजिक भिडियो र फिल्ममा नाच्ने अवसर पनि पाउन सक्छन् ।

राम्रो पुरस्कार राशीले आकर्षित गरेर प्रतियोगितामा ५५ जनाले भाग लिएका थिए । जसमध्ये अडिसनबाट २७ जना छनोट भए र ती मध्ये १२ जना भोटिङ राउण्डमा आएका थिए । १२ जना मध्ये निर्णायकको मूल्यांकन ५० अंक र दर्शकले दिने भोटको ५० अंकका आधारमा हरेक दिन एक–एक जना प्रतियोगी बाहिरिंदै जाने प्रतियोगिताको नियम छ । आइतबार उत्कृष्ट १० जनामा सायना रम्तेल,ट्वीङ्कल श्रेष्ठ,बिहानी थापा,किन्जल मल्ल,सतिश सेन्चुरी,आरोही काउचा,निसिम झेडी,आकृति परियार,सौजन्या कार्की र किरण भण्डारी छनोट भएका छन् ।

एक्स्पोका सांस्कृतिक कार्यक्रम संयोजक प्रकाशराज पौडेलले नृत्य प्रतिभाहरुको कला प्रष्फुटन गर्ने प्लेटफर्म दिन ठूलै रकम खर्च गरेर डान्स आइडल प्रतियोगितालाई निरन्तरता दिइएको बताए । पुरस्कार रकम वाहेक डान्स आइडल कार्यक्रम सञ्चालकमा समेत ठूलो रकम खर्च हुने गरेको उनले बताए । ‘स्थानीयस्तरको प्रतियोगितामा नाचेरै एक लाख पुरस्कार पाउनु चानचुने कुरा होइन, डान्स आइडलमार्फत हामीले नृत्य प्रतिभाहरुलाई अघि बढ्ने प्लेटफर्मसंगै नयां प्रतिभालाई नृत्यमा पनि राम्रो संभावना छ भन्ने सन्देश दिएका छौं’–पौडेलले भने–‘डान्स आइडल एक्स्पोको एउटा आकर्षण र अभिन्न पाटो नै बनेको छ ।’

प्रतियोगिताका संयोजक लोकेन्द्र शाहले दर्शकको भोटिङमा देखिएको विकृति रोकेर प्रतियोगितालाई स्वच्छ,विवादरहित र पारदर्शी बनाउन पहल गरिने बताए ।
यस्ता प्रतियोगिताले स्थानीयस्तरमा थुप्रै राम्रा कलाकारहरु जन्माइसकेको र उनीहरु अहिले ख्यातिप्राप्त डान्सर,म्युजिक भिडियोमा मोडेल र नृत्य प्रशिक्षकसम्म भएर राम्रो आय आर्जन गर्न सफल भएका बताए । ‘डान्स विधा अहिले मनोरन्जन र आय आर्जनको राम्रो माध्यम भएको छ, अर्कोतिर यसले मान्छेलाई स्वस्थ, निरोगी र फुर्तिलो बनाउंछ’–शाहले भने–‘ बुटवलमा मेला महोत्सवमा रुपन्देही ब्यापार संघले नै डान्स आइडल शुरुवात गरेको हो र अहिलेसम्म थुप्रै डान्सर एक्स्पोले उत्पादन गरिसकेको छ । ’

लुम्बिनी एक्स्पोमा डान्स आइडल वाहेक विद्यालयस्तरीय लोक नृत्य, दोहोरी गीत प्रतियोगिता,भजन र ¥याप प्रतियोगिता पनि भइरहेका तर ठूलो पुरस्कार राशीका कारण डान्स आइडलमा दर्शकको पनि चासो रहेको शाहले बताए । प्रतियोगिताको फाइनल पुस १७ गते हुने संयोजक शाहले बताए ।

दर्शकको भोट सधैं विवादित र अपारदर्शी

दर्शकले दिने भोटले प्रतियोगितालाई रोचक पनि बनाउने गरेको छ । तर दर्शकको भोट सधैं विवादित र अपारदर्शी बन्ने गरेको आरोप लाग्दै आएको छ । यसमा आयोजक गम्भीर बन्न जरुरी छ । किनकी प्रतियोगीको प्रस्तुति हेरेपछि राम्रो प्रतिष्पर्धीलाई भोट दिने व्यवस्था हुनुपर्नेमा प्रतियोगीले आफन्त र साथीभाइलाई प्रवेश गेट निर परिचालन गरेर भित्र आउने दर्शकसंग टिकटको अर्धकट्टी मागेर / खोसेर संकलन गरी भोट हाल्ने गरिएको छ । र फाइनलतिर आइपुग्दा त आर्थिकरुपमा सम्पन्न प्रतियोगी वा उसको संस्थाले एकमुष्ट टिकट खरिद गरेर भोट हाल्दै उपाधि जित्नेसम्मका गलत अभ्यास विगतका मेला महोत्सवमा हुने गरेका छन् ।

कला र संगीत क्षेत्रमा तीन दशक भन्दा बढी समय बिताएका बुटवलका अग्रज संगीतकार सुरेश सेन्चुरी बुटवलमा आयोजना गरिने डान्स र गायन प्रतियोगिताले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकार जन्माएको बताउंछन् । बुटवलमै नृत्य सिकेकी टेरिया फौजामगरले भारतको चर्चित डान्स रियालिटी शोको उपाधि जितेको देखि अन्य प्रतिभाले निकै राम्रो प्रगति गरेका सेन्चुरीले उदाहरण दिन्छन् ।

तर सेन्चुरीले पनि दर्शकको भोटिङ भनेर प्रचार गरे जस्तै सांच्चिकै दर्शकले भोट दिएको कुरा पारदर्शी,विश्वसनीय र निष्पक्ष हुन नसकेको औंल्याए । मान्छे परिचालन गरेर टिकटको अर्धकट्टी जम्मा गरेर अनि पैसाकै बलमा एकमुष्ट टिकट किनेर उपाधि जित्ने परिपाटी अत्यन्त गलत भएको र यसले आर्थिक रुपमा विपन्न तर क्षमतावान प्रतिभामाथि साह्रै ठूलो चोट पुग्ने हुंदा केही पैसाको लोभमा आयोजकले यस्तो परिपाटी रोक्नैपर्ने सेन्चुरीको सुझाव छ ।

‘आयोजकले यस्ता प्रतियोगिताका लागि राम्रै स्पोन्सर पनि पाएका हुन्छन् त्यसकारण प्रतियोगितालाई स्वच्छ र मर्यादित बनाउन निर्णायक र आयोजक इमान्दार बन्नैपर्छ,अन्यथा यस्ता प्रतियोगिताको गरिमा र विश्वसनियता हुंदैन र कतिपय अवस्थामा यस्ता विकृतिले मेला महोत्सव नै बिथोलिनेसम्मका अवस्था आउन सक्छन्’–सेन्चुरीले औंल्याए-‘यस्तो विकृति रोक्न स्टेजको अघिल्तिर सबै प्रतियोगीका नाममा बाकस राखिदिने र प्रतियोगीको प्रस्तुति हेरेर भ्याएपछि सोही दिन निश्चित अवधिभित्र मात्र भोट हाल्न पाउने व्यवस्था गर्नुपर्छ । यसो गरेमा मात्र प्रतियोगिता विवादरहित, निष्पक्ष र पारदर्शी हुन्छ । अनि राम्रो कला भएको प्रतियोगीले जित्छ ।  रुपन्देही ब्यापार संघले यो एक्स्पोमा यति विकृति रोक्न सक्ने हो भने डान्स आइडल सांच्चिकै उत्कृष्ट र उदाहरणीय प्रतियोगिता हुने छ । ‘

प्रतियोगिताका निर्णायकहरुमा सुन्दर गुरुङ,मिना बुढाथोकी र सुमन पौडेल छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?