ट्रेंडिंग:

>> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो

गैंडाकोटलाई खेलकूद हवको रुपमा विकास गरिंदै

१९ कार्तिक २०८०, आईतवार
१९ कार्तिक २०८०, आईतवार

नवलपुर, १९ कात्तिक ।

खेलकुद क्षेत्रको बिकास बिना समाज र राष्ट्रको विकास असम्भव भन्ने मूल उद्देश्यका साथ नवलपरासी पुर्वको गैंडाकोट नगरपालिकालाई खेलकुद क्षेत्रको हवका रुपमा विकास गरिंदै लगिएको छ ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकामा खेलकूुदका धेरै सम्भावानाहरु रहेका र यसको विकाससंगै राष्ट्रको विकास र यस क्षेत्रको सामाजिक आर्थिक विकास हुुने भएकाले खेलकुदको हवका रुपमा गैंडाकोटलाई अघि बढाईएको गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताए ।

गैंडाकोट क्षेत्रका केही युवाहरुले शुरुमा गैंडाकोट खेलकुद विकास समिति गठन गरेर गैंडाकोटलाई खेलकुदको क्षेत्रमा अघि बढाउने संकल्पका साथ बृहत्तर गैंडकोटमा खेलकुदको सम्भावना, चुुनौती संँगसँगै विकास र खेलकुदलाई एकै साथ अघि बढाउने गरी यहाँका हरेक नागरिकहरु स्वतस्फूर्त रुपमा कुुनै न कुुनै खेलमा आवद्ध भै अघि बढेका गैंडाकोट खेलकुुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्कीले बताए ।

गैंडाकोट नगर क्षेत्र भित्रका हरेक विद्यालयका बालबालिकादेखि हरेक उमेरका मानिसहरुका लागि खेलकुद अनिवार्य हुनुपर्छ भन्ने भावनाले गैंडाकोट खेलकुद विकास समितिले गैंडकोट नगरपालिकाको वडा नं. ४ र ८ लाई मिलाएर करीब तीन बिगाहा जग्गामा गैंडाकोट नगरस्तरीय कभर्ड हल निर्माण शुुरु गरेसंगै खेलकुदको हवका रुपमा गैंडाकोटलाई अघि बढाइर्एको खेलकुद विकास समितिका अध्यक्ष कार्कीले बताएका छन् ।

करिब दश करोड खर्च गरी निर्माण थालिएको कभर्ड हल जिल्लाकै नमुना कभर्ड हलका रुपमा विकास गरिने उद्देश्यका साथ भवन निर्माण अघि बढेको र अहिले सम्म दुई करोड बराबरको काम भैसकेको अध्यक्ष कार्कीको भनाइ छ ।

यो कभर्ड हल निर्माण सम्पन्न भएपछि खेलकुदका सबै खेलहरु यहाँ संचालन गर्न सहज हुुने भएकाले पनि अहिले यसको निर्माणमा गैंडाकोट नगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्दै आईरहेका छन् । एक निर्बाचन एक खेल ग्राम भन्ने सरकारको नारा भएकाले पनि यो खेलग्रामलाई संघीय सरकारले चासोका साथ हेरको र सहयोग गर्ने प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद डा. शशाङ्क कोइरालाले बताए ।

अहिले यहाँ नगर भित्रका हरेक खेलहरु संचालन हुुने र यसलाई खेलकुदको हवका रुपमा नै विकास गरिंदै लगिएको र आगामी बर्षभित्र सबै निर्माण कार्य सक्ने गरी बजेटको ब्यवस्था भएमा गैंडाकोटले खेलकुदको क्षेत्रमा फड्को मार्ने समितिका अध्यक्ष कार्कीको भनाई छ ।

अहिले पनि फुटबल, भलिबलदेखि खेलकुदका सबै खेलहरु खेलाईने र बुढापाकादेखि बच्चा सम्मका सबै उमेरका मानिसहरुलाई खेलप्रति जागरुक र उत्साहित बनाउने र खेलकूदले नै मानिस स्वस्थ हुुन्छ भन्ने भावना जगाउने जस्ता कामहरु पनि भैरहेको खेलकुद विकास समितिका सदस्य प्रकाश पौडेलले बताए ।

गैंडाकोटको विकासमा खेलकुदले ठूलो प्रभाब पार्ने भएकाले पनि यसलाई खेलकुदको हवका रुपमा विकास गर्न सकियो भने मात्र पनि गैंडाकोटको समग्र विकास सम्भव हुुने नगरप्रमुुख मदनभक्त अधिकारीको भनाई छ ।

खेलकुुदको हवका रुपमा विकास गर्दै अघि बढ्ने सोचका साथ यहाँको खेल मैदान निर्माण देखि कभर्ड हल निर्माण लगायत खेल क्षेत्रका सबै किसिमका कार्यहरु सहित अघि बढिएको खेलकुद विकास समितिका अध्यक्ष कार्कीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np