ट्रेंडिंग:

>> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु

आईसीसी टी-२० छनोट : निर्णायक खेलमा आज नेपाल र यूएई भिड्दै

१७ कार्तिक २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार

काठमाडौँ, १७ कात्तिक ।

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई भिड्दैछन्।

माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल खेल्न लागेका हुन्।

यो खेलको विजेताले छनोटको फाइनलमा स्थान बनाउनका लागि आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपाल आजको खेलमा यूएईलाई हराउँदै घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारको बदला लिन चाहन्छ।

उता यूएई भने सिरिजको फाइनल खेलको प्रर्दशनलाई निरन्तरता दिन चाहन्छ।

आजको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले आक्रामक अलराउण्डर दिपेन्द्र सिंह ऐरिलाई मैदान उतार्ने सम्भावना बलियो छ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका दीपेन्द्रको बायाँ खुट्टाको घुँडामा चोट बोकेपछि उनले समूह चरणका सबै खेल गुमाएका थिए। दिपेन्द्र घाइते हुँदा उनको स्थान विवेक यादवले लिएका थिए।

बिहिबार ओमानविरुद्धको खेलअघि अभ्यासमा उत्रिएका दिपेन्द्र आजको खेलमा मैदान उत्रने सम्भावना छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेता बनेको हो।

यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।

आजै माथिल्लो मूलपानी मैदानमा भएको समूह बीको अन्तिम खेलमा हङकङलाई २२ रनले हराउँदै यूएई समूह विजेता बनेको हो।

ओमानले भने समूह चरणमा मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो।

आजै हुने अर्को सेमिफाइनलमा ओमान र बहराइन भिड्नेछन्। समुह चरणको अन्तिम खेलमा कुवेतसँग ४ विकेटले पराजित भएको बहराइन नेटरनरेटमा अघि रहँदै सेमिफाइनल खेल्न लागेको हो।

हेड टु हेड 
नेपाल र युएईबीच पछिल्लो टी–२० आईका पाँच भेटमा नेपालमाथि युएई हाबी बन्दै आएको छ। पछिल्लो समय घरेलु मैदानमा भएको हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजको समूह चरणमा नेपालले युएईलाई २ खेलमा हराएको थियो। फाइनलमा भने नेपाल यूएईसँग ४ विकेटले पराजित भएको थियो।

समूह चरणमा नेपालले युएईलाई ७ र ५ विकेटले पाखा लगाएको थियो।

त्यसअघि सन् २०२२ मा भएको आईसीसी टी–२० विश्वकप छनोट ए मा युएईले नेपाललाई ६८ रनले हराएको थियो।

त्यसअघि सन् २०२२ को फेबु्रअरीमा भएको टी–२० आइ सिरिजमा यूएईले नेपाललाई २५ रनले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np