ट्रेंडिंग:

>> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार भोलि र पर्सी बन्द रहने >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित)

समुदायमा सचेतनासंगै परियोजना अघि बढाउदै रोटरी डाउनटाउन

३ कार्तिक २०८०, शुक्रबार
३ कार्तिक २०८०, शुक्रबार

बुटवल, ३ कार्तिक । सामाजिक क्षेत्रमा योगदानसंगै विभिन्न परियोजना चलाउदा रोटरी क्लब अफ बुटवल डाउनटाउन समुदायमा बेग्लै पहिचान बनाउन सफल भएको छ । रोटरी ईन्टरनेश्नलको मुलमन्त्र अनुसार यस क्षेत्रमा परियोजना चलाउदा सफलता मिलेको क्लबका कार्यवाहक अध्यक्ष बाबुराम बन्जाडेले दाबी गरे । समुदायमा शिक्षा, स्वस्थ्य, सरसफाईमात्र नभई स्वरोजगार बनाउने र वातावरण जोगाउने अभियानमा समेत सफलता मिलको उनले बताए । अहिले योसंगै धेरै दीर्घकालिन परियोजना अघि बढाएको उनले बताए । शुक्रबार क्लबको तेस्रो बोर्ड बैठक, ९५७ औ नियमित मिटिङ एवं विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्लोसमय पर्यटन प्रवद्र्धन हुने गरि सेल्फी जोनको परियोजना अघि बढाएको बताए । सामुदायिक वन क्षेत्रमा पर्ने जग्गाको माग गरि निमार्ण थालिने परियोजना शुरुवातको चरणमा रहेको उनले बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिकको बिधान संशोधन, साधना महिला विद्यालयमा छात्रवृत्ति, नवदुर्गा मन्दिर समितिलाई डष्टबिन माग भएको पत्र जानकारी गराउदै क्लबका सचिव प्रकाश पौडेलले समाजका संघसंस्थाहरुसंग सहकार्य गर्दै अघि बढ्ने परम्परामा आफुहरु निरन्तरता दिदै आएको बताए । यसैगरि रोटरी संस्थाको पहिचान दिने गरि यहाका क्लबहरुका बिचमा रोटा क्वीज आयोजना गर्नेबारे तयारीमा रहेको उनले बताए । यसैगरि गतहप्तामात्र रैनादेबी छहराको विद्यालयका ४३ जना अतिविपन्न, गरिब विद्यार्थीहरुलाई स्कुल ड्रेस, शैक्षिक सामग्री लगायत वितरण उत्कृष्ट भएको उनले बताए । यसैगरि विद्यालयमा रोटरीको चार सुत्रिय कसीमा आधारित वक्तृत्व कला प्रतियोगिता तथा विद्यालय, सुरक्षा निकायहरुमा चार सुत्रिय कसीको ब्यानर हस्तान्तरण गरिएको जानकारी गराए ।

कार्यक्रममा क्लबका प्रोजेक्ट कोअर्डिनेटर राजेन्द्रप्रसाद ढकालले अधिकास परियोजनाहरु समसामयिक र सान्दर्भिक हुदा सफलता मिलेको बताए । क्लबको नया सेल्फि पोईन्ट निर्माणको काम राजनीतिक कारण रोकिएको जानकारी गराउदै छिटै समाधान भएर अघि बढ्ने बताए ।

यसपटक बुटवलमा हुने हुदा डिस्ट्रिक कन्फ्रेन्सलाइ भब्यरुपमा सफल बनाउने गरी लाग्न कन्फ्रेन्स रिजन ५ का सम्योजक जिवन अधिकारीले अनुरोध गर्दै ९ वटा जोन र १ सय ५४ वटा क्लबहरुमध्ये मापदण्ड पूरा गरेकाहरु क्लबहरुले डिस्ट्रीकको नया नेतृत्व चयन मा सहभागी हुने जानकारी गराए। कार्यक्रममा वडा नं ४ का वडाअध्यक्ष नरेश्वर पौडेलले क्लबमा आवद्ध भएर समाजमा आफनो पहिचान बेग्लै बनेको भन्दै वडा नं ६ र ४ को १५ हेक्टर क्षेत्रफलमा बन्ने सेल्फी जोन निर्माणको काममा सबैको सहकार्यमा सम्पन्न हुने गरि सहजिकरणलाई अघि बढाउने प्रतिवद्घता जनाए । रोटरीबाट गर्ने सामाजिक कार्यकै कारण पहिचान बनाएको उनले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष टंक पराजुली, नर बहादुर श्रीष, राजेन्द्र प्रसाद ढकाल, जीवन अधिकारी, प्रेसिडेन्ट ईलेक्ट शिव ज्ञवाली, भ्वाईस प्रेसिडेन्ट धर्म ज्ञवाली, रोट्याक्ट क्लब अफ सिनर्जी बुटवलका अध्यक्ष सुदिप ज्ञवालीले चाडपर्वमा स्वस्थ्य र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?