ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

१० महिना नपुग्दै कोशीमा पाँचौं सरकार, दलहरूले थाले दाबी

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

काठमाडौँ, २० असोज ।

संविधानको धारा १६८ (३) अनुसार कोशीको मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ।

अब बन्ने सरकार सोही धाराको उपधारा ५ अन्तर्गत बन्नेछ। जसमा मुख्यमन्त्री दाबी गर्नका लागि संसदीय दलको नेता चाहिन्न। प्रदेशसभाका जुनसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन्।

कार्कीको राजीनामासँगै गठबन्धन दलका नेताहरू मुख्यमन्त्रीमा दाबी गर्न थालिसके।

शनिबार नै प्रदेशसभा बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरिसकेका छन्।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेसले यसअघि दुई पटक सरकार बनाउँदा पनि विश्वासको मत नपाएको भन्दै अब माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्ने तर्क अघि सारेका छन्।

उनले माओवादीसँगै गठबन्धन गरेर मध्यावधि निर्वाचनबाट देशलाई पर धकेल्नका लागि राप्रपाका नेताहरू पनि संवादमा रहेको पनि बताएका छन्।

उता, यसअघि दुई पटक पदमुक्त भएका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। गठबन्धनका शीर्ष नेताहरूले निर्णय लिने भन्दै उनले यसअघि मुख्यमन्त्री भएको बेलामा काम गर्न नपाएको गुनासो पनि गरे।

कोशीमा बन्न लागेको यो पाचौं सरकार हो। यो सरकार बनेसँगै यहाँ सरकार बन्नसक्ने संविधानका सबै धाराहरूको प्रयोग भइसक्नेछ। गतवर्ष पुस १७ गतेबाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकाल १० महिला पूरा नहुँदै पाँचौपटक गठन हुन लागेको हो।

पहिलो पटक एमाले, माओवादी, राप्रपा र जसपासहितको सहभागितामा हिक्मत कार्कीकै नेतृत्वमा पहिलो सरकार गठन भएको थियो।  तर, असार १५ मा कार्की नेतृत्वको सरकार ढल्यो। राष्ट्रपतिको निर्वाचनमा केन्द्रमा सत्ता गठबनधन फेरिएसँगै कोशी सरकार ढलेको थियो।

पहिलो र चौथो सरकारको नेतृत्व कार्कीले गरे भने दोस्रो र तेस्रो सरकारको नेतत्व थापाले गरेका थिए। अहिलेको प्रदेशसभामा रहेका ९३ सदस्यीय सांसदमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ।

कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?