ट्रेंडिंग:

>> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित

नेपालगञ्जमा कर्फ्युलाई खुकुलो बनाउँदै हटाउने सर्वपक्षीय बैठकको सुझाव

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

बुटवल,१७ असोज । नेपालगञ्जमा सर्वपक्षीय बैठकले कर्फ्युलाई क्रमशः खुकुलो बनाउँदै हटाउन सुरक्षा समितिलाई अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सामाजिक सञ्जालमा सद्भाव विरोधी गतिविधि गर्नेलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकले सद्भाव भड्किन नदिन सबैले आ आफ्नो ठाउँबाट प्रतिबद्धता गर्दै सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ । बैठकमा सांसद डा। धवलशमशेर राणा, प्रदेश सांसद कृष्णा केसी नमूना, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा उपस्थित थिए।

नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यू लगाइएको छ। बुधबार दिनभरि नै नेपालगञ्ज शान्त रहेको छ । ठूलो संख्यामा परिचालित प्रहरीले अत्यावश्यक काममा हिँडेकोबाहेकलाई हिँड्न दिएको छैन । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले अत्यावश्यक काममा हिँडेका व्यक्तिलाई सोधपुछ गरेर जान दिइएको बताए ।

नेपालगञ्जका सडकमा प्रहरीको उपस्थिति मात्रै देखिन्छ । सडक सुनसान छन् । फाटफुट निस्केकालाई फिर्ता पठाइएको छ । जरुरी काममा हिँडेकालाई जान दिइएको छ । प्रहरीले सोधपुछ गरेर सहजीकरण गरेका छन् । नेपालगञ्ज नाकामा अहिले कोही पनि फसेका छैनन् । भारतबाट बिहान आइपुगेका सबैलाई सम्बन्धित ठाउँतिर पठाइएको छ । नाकाबाट ट्यांकर, फलफूल बोकेका गाडी भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?