ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

दाङमा विश्व अल्जाईमर एवं ज्येष्ठ नागरिक दिवस मनाइयो

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

दाङ, ४ असोज ।

दाङमा ३० औँ विश्व अल्जाईमर दिवस एवम् ज्येष्ठ नागरिक दिवस मनाइएको छ । घोराही उपमहानगरपालिका –१५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले ज्येष्ठ नागरिकहरुका सवालमा आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् । ज्येष्ठ नागरिकको सम्मानमा पालिका गम्भीरतापूर्वक लागि परेको स्मरण गराउँदै उनले जसले समाज र राष्ट्रलाई यो ठाउँमा ल्याउन भूमिका खेलेको बताइन् । उनीहरुको सम्मान राज्यले गर्न जरुरी रहेको औँल्याइन् ।

सो अवसरमा ज्येष्ठ नागरिक जिल्ला संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पाण्डेयले युवाले ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण, ज्येष्ठ नागरिकले युवालाई हेर्ने दृष्टिकोण र ज्येष्ठ नागरिक र युवा बिचको अन्तर घटाउने विषय प्रमुख कारक रहेको हुँदा यस बारेमा हरेक परिवारमा चर्चा हुनुपर्ने बताए । देशप्रति माया जगाउने, माटो चिन्ने युवा बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

सेवा केन्द्रका संस्थापक सचिव पद्मप्रसाद शर्माले घोराहीको १९ वटै वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र गठन भएको बताए । ज्येष्ठ नागरिकलाई उत्साह थप्न, उनीहरुको मनोविज्ञानलाई सम्बोधन गर्न यो अभियान अघि बढेको र यसले ज्येष्ठ नागरिक, अन्तरपुस्ताको वकालत, समिति गठनका बारेमा सुसूचित गर्ने काम गरेको बताए ।

ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले घरपरिवारमा उत्पन्न हुने समस्या निवारणका लागि ज्येष्ठ नागरिकलाई गर्ने व्यवहार सकारात्मक बनाउन जरुरी रहेको बताए । उनीहरुको दुखसुखमा सँगसँगै हिड्न सकेमा समस्या निवारण गर्न सहज हुने विश्वास उनको छ । उमेर ढल्किदै जाँदा अल्जाईमरको असर सबैलाई पर्ने हुँदा स्वाभाविक रुपमा लिएर घरपरिवार, समुदायले सकारात्मक रुपमा लिनुपर्ने गिरीको सुझाव थियो ।

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र १४ का अध्यक्ष चित्रकान्त आचार्यले दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकहरुका लागि निकै उपलब्धी मुलक थलो बनेको बताए । यसले आफहरुलाई सक्रिय बनाएको, समाजमा आफ्नो उपस्थिति हुँदा अरुका लागि हौसला मिल्ने गरेको अनुभव सुनाए ।

कार्यक्रममा अल्जाईमर र ज्येष्ठ नागरिकको बारेमा चर्चा गरिएको थियो । बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात बिर्सिने रोग लाग्ने गरेको तथ्यांकले देखाएको छ । यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन् । बुढ्यौलीमा आउने यो रोगबाट बच्न युवा उमेरमै स्वास्थ्यमा ध्यान दिन निकै आवश्यक रहेको सहभागीको भनाई थियो ।

ज्येष्ठ नागरिक जिल्ला संघ, दाङका अध्यक्ष डा भोलानाथ योगीको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही १५ का संयोजक नारायणप्रसाद श्रेष्ठको स्वागत एवम् विषय प्रवेशबाटबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका उपाध्यक्ष दधिराम खनालले गरेकाथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?