ट्रेंडिंग:

>> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु

शान्ति समाजको साधारण सभाः वातावरण असन्तुलन हुने कुनै कार्य नगर्न सरकारको ध्यानाकर्षण

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

बुटवल, ३ असोज ।

वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरी कुनैपनि कार्य नगर्न अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन बन्दै गैरहेको भन्दै उनीहरुले यसप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभामा बोल्ने वक्ताहरुले चुरे संरक्षण, संविधानको रक्षा र त्यसले दिएका ब्यवस्थाहरुको संरक्षण र कार्यान्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले संघीयताको बारेमा गलत भ्रम फैलाइएको भन्दै सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताइन् । उनले प्रदेश खारेजी नभइ थप बलियो बनाएर जनतासंग पहुँच बढाउनुपर्ने बताइन् । शान्ति समाजका हरेक गतिविधि नजिकबाट हेरिरहेको भन्दै उनले मानव अधिकारका क्षेत्रमा समाज अगुवा रहेको बताइन् ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय समितिका सभापति रामकृष्ण बरालले नयाँ अभियान थालनी गर्ने तयारीमा रहेको बताए । उनले युवालाई नेपालमै रोक्ने र रोजगारी सिर्जना गर्ने बातावरण सरकारले बनाउनुपर्ने बताए ।

केन्द्रीय पूर्व सभापति एवं सल्लाहकार उत्तम पुडासैनीले पृथ्वी बचाउने अभियानमा जुट्न अपिल गरे । उनले प्रकृतिको संरक्षणमा सबै हातेमालो गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

केन्द्रीय समितिका निवर्तमान सभापति एवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
साधारण सभामा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति खिमप्रसाद भट्टराइ (कृष्ण) ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी योजना समेत सार्वजनिक गरेकाच थिए ।

कार्यक्रममा समाजका वरिष्ठ उपसभापति कृष्ण रावल, केन्द्रीय उपसभापति राजेन्द्र पौडेल , राससका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाइ, प्याब्सन लुम्बिनी अध्यक्ष एवं समाजका पूर्व सभापति लालहरि पाण्डे, लेखक ऋषि आजाद, नेपाल पत्रकार महासंघ लुम्बिनी महासचिब विक्रम खड्का, पत्रकार महासंघ जिल्ला सभापति रामराज पोखरेल, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी अध्यक्ष तेजकुमार पाठक, शान्ति समाज केन्द्रीय सचिब मिना ढकाल, काठमाडौ शाखा सभापति भगवान पुडासैनी, इन्सेक प्रतिनिधि रिमा बिसी, मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे लगायतले बोल्दै समाजका सबै प्रकारका संघसंस्थासंग हातेमालो गरेर अभियान चलाउनुपर्ने बताए । साधारणसभामा कोषाध्यक्ष लिलाधर लुइटेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?