ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
लायन्स बुटवल स्टार्सको सातौ चार्टर नाईट सम्पन्न

लायन्स केही लिने भन्दा समाजलाई दिने अभियान हो : डिष्ट्रिक गभर्नर सैजु

२९ भाद्र २०८०, शुक्रबार
२९ भाद्र २०८०, शुक्रबार

बुटवल, २९ भदौ । ‘हामी सेवा गर्छौ ’ भन्ने मुलमन्त्रसहित स्थापना भएको लायन्सको बारेमा बुझने र बुझाउने काम सबै लायन्स सदस्यको जिम्मेवारी भएको लायन्स ईन्टरनेश्नल ३२५ पि का डिष्ट्रिक गभर्नर अर्जुनमान सैजुले बताएका छ । विश्व सामाजिक योगदानको ईतिहासमा गौरवपुर्ण काम गरेको संस्थामा आवद्ध हुदा मसिनो गरि बुझने र बुझाउने सदस्यहरुको जिम्मेवारी भएको उनले दाबी गरे । लायन्स क्लब अफ बुटवल स्टार्सको विहिबार भएको सातौ चार्टर नाईट कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक गभर्नर अर्जुनमान सैजुले लायन्स क्लबबाट नेपालमा समेत धेरै महत्वपूर्ण कामहरु गरेको बताए । आखाको उपचार भन्ने बित्तिकै लायन्सको नाम आउने भन्दै उनले सधै सामाजिक कार्यमा लायन्स अगाडी रहेको दाबी गरे । लायन्सको लक्ष्य प्राप्ती गर्न नया र रचनात्मक सदस्यहरु जोड्ने अभियानमा लाग्न सुझाव दिए ।

लायन्स ईन्टरनेश्नलमा १५ लाख नया सदस्य भित्राउने लक्ष्य रहेको भन्दै उनले सेवा भावना सार्थक बनाउन यसको आवश्यकता रहेको बताए । नया सदस्यहरु भित्रयाएर नया र रचनात्मक काम देखाउनुपर्ने उनले बताए । ‘प्रत्येक क्लब यो अभियानमा लाग्नुपर्छ ’—उनले भने । वर्षभरि नै गरिने नया र रचनात्मक काममा जोड दिन उनले सुझाव दिए । स्टार्सले गरेको कामको आधारमा सात वर्षको अवधिमा सधै वर्ष सर्वोत्कृष्ट क्लबका रुपमा रहेको उनले बताए । एकतामा विश्वास गर्ने लक्ष्यसहित अघि बढेको हुदा पनि स्टार्स सफल भएको उनले दाबी गरे । पछिल्लो ३ महिनामा अधिकास लायन्स क्लबहरु लक्ष्यअनुसार सेवामा अग्रसरता रहेको कार्यसम्पादन तथ्याकमा देखिएको उनले बताए । ‘यसमा सम्पुर्ण क्लबका सदस्यहरुको महत्वपूर्ण भुमिका रहेको छ ।’ —उनले भने । लायन्स क्लब केही लिने भन्दा समाजलाई दिने गरि अभियान भएको उनले बताए ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष आशिषकृष्ण श्रेष्ठले युवाहरुको टिमबाट स्थापना भएको स्टार्सको अलग पहिचान बनाउन सफल भएको बताए । सधै नया र समाज रुपान्तरणका कार्यमा आफुहरु एकतावद्ध भएर एउटै परिवारको रुपमा सदस्यहरु मिलेर काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा लायन्स इन्टरनेश्नल ३२५ पि का फष्ट भिडिजि पुरुषोत्तम भक्त प्रधानाङले नया सदस्य परिचय गराएका थिए । कार्यक्रममा एमडी माकेटिङ कोअर्डिनेटर अरुणप्रताप राणा, ईमिडेट पाष्ट प्रेसिडेन्ट नवराज न्यौपाने, सेकेन्ड भिडिजी बालाराम भट्टराई, डिष्ट्रिक सचिव बिनोद खरेल, कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, चिफ डिष्ट्रिक एडभाईजर निर्मल प्रसाद लाकौल, एलसीआईएफ कोअर्डिनेटर सन्दिप कशौधन, कार्यक्रम संयोजक तृतिय उपाध्यक्ष ढकेश्वर भट्टराई, सचिव किरण कुमार केसीले डिष्ट्रिकमा नै स्टार्सको काम गर्ने शैलीका कारण पहिचान बनेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए ।

कार्यक्रममा वर्ष २०२३/२०२४ का अध्यक्ष रिन्कु लिगलले लायन्सको मुल लक्ष्य विशेष पाच ग्लोबल कजहरुमा सेवा गर्दै आएको बताए । आफुहरु समेत यही मुलमन्त्रलाई आत्मसात गर्दै समुदायस्तरमा काम गरेको बताए । अवार्ड वितरण, नया क्लब र सदस्य परिचय तथा स्थापना गरि मनाईएको उनले बताए ।

वर्ष २०२२/२३ का अध्यक्ष विजय वर्नवालले आफनो कार्यकालमा सहयोग गर्ने क्लब पदाधिकारी, सदस्य तथा संघसंस्थाहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए ।

हामी सेवा गर्छौ भन्ने मुल लक्ष्य रहेको लायन्स ईन्टरनेश्नल २१० राष्ट्रमा र १४ लाख बढि सदस्यहरु आवद्घ छन। नेपालमा १५ डिष्ट्रिक रहेका छन। ३२५ पि मा ३६ सय भन्दा बढि सदस्यहरु छन। नेपालमा रहेका १५ वटा डिष्ट्रिकमा ४६ हजार सदस्यहरु छन । समुदायको आवश्यता पहिचान गरि विगत १ सय वर्षसम्म आखामा कार्यक्रम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np