ट्रेंडिंग:

>> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु

एमाले लुम्बिनीको अधिवेशन : अन्ततः नेतृत्व छान्न मतदान शुरु

सात प्रदेश मध्ये पहिलो अधिवेशनमै गुट बनाएर चुनावी प्रतिस्पर्धा भएपछि अन्य ६ प्रदेशमा हुने अधिवेशनमा पनि यसको प्रभाव र असर पर्ने देखिएको छ ।
१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

बुटवल,१९ भदौ । नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न अन्ततः मतदान शुरु भएको छ । बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भर्खरैबाट मतदान शुरु भएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

भदौ १६ र १७ गतेका लागि तय भएको अधिवेशन नेतृत्व चयनमा सहमति जुटाउन प्रयास गर्दा दुई दिन लम्बिएको थियो । उद्घाटन समारोह र बन्द सत्रमा पार्टीका शीर्ष नेताहरुले पार्टीभित्र गुट नरहेकाले सर्वसम्मत नेतृत्व चयन गरेर अन्य ६ वटा प्रदेशलाई एकताको सन्देश दिन आग्रह गरेपनि व्यवहारमा लागु भएन । प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरि प्रसाद रिजालले अडान नछाड्दा सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन हुने भएको हो ।

यसअघि सोमबार सांझदेखि शुरु गर्ने भनिएको मतदान अन्तिम समयमा राति १० बजे स्थगित भएको थियो । सर्वसम्मतको प्रयास असफल भएपछि अध्यक्षका उम्मेदवारहरु कंडेल र रिजालले पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा गएका हुन् । कंडेल एक वर्ष अघि प्रदेश संगठन कमिटीको अध्यक्ष मनोनित भएका थिए । उनले आफूले एक वर्ष मात्र काम गर्न पाएकाले एक कार्यकाल निर्वाचित अध्यक्ष भएर पार्टीलाई प्रदेशमा पहिलो पार्टी बनाउन उम्मेदवारी दिएको बताएका छन् । अर्का उम्मेदवार रिजाल प्रदेश सरकारका पुर्व मन्त्री र पार्टी केन्द्रीय सदस्य हुन् । उनलाई महासचिव शंकर पोखरेल निकटका प्रदेशका नेताहरु भूमिश्वर ढकाल,चेतनारायाण आचार्य,बलराम अधिकारी,शिवराज सुवेदी लगायतको जोडबलमा कंडेललाई रोक्न अघि सारेका हुन् । कंडेललाई उपाध्यक्ष विष्णु पौडेल, पुर्व मुख्यमन्त्री लिला गिरी, गोकर्ण विष्ट,बैजनाथ चौधरी,ठाकुर गैरे,बासुदेव घिमिरे लगायतका नेताहरुको समर्थन छ ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन् ।
श्रेष्ठ कंडेल र बराल रिजाल प्यानलका हुन् भने विश्वकर्मा र वली प्यानल बाहिरबाट उम्मेदवारी दिएका छन् । सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । आचार्य कंडेल र रिजाल दुबै प्यानलका उम्मेदवार थिए । तर उनको समर्थन कंडेल पक्षलाई देखिएको छ ।
उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु ९चौधरी० छन् । त्यस्तै उपसचिव महिला तर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन् । चौधरी र राना कंडेल प्यानलका हुन् भने बुढामगर र अधिकारी रिजाल प्यानलका हुन् । कामी र पौडेलले प्यानल बाहिरबाट उम्मेदवारी दिएका छन् ।
२ सय जना सदस्यका लागि ३ सय ५ जनाले उम्मेदवारी दिएका छन् ।
सात प्रदेश मध्ये पहिलो अधिवेशनमै पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल निकटका नेताहरुले गुट बनाएर चुनावी प्रतिस्पर्धा गरेपछि अन्य ६ प्रदेशमा हुने अधिवेशनमा पनि यसको प्रभाव र असर पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?