ट्रेंडिंग:

>> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित

एमाले लुम्बिनी अधिवेशन : नेतृत्व चयनका लागि आज बिहान ८ बजेबाट मतदान हुंदै

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

बुटवल, १९ भदौ । पटक पटक समय सार्दै मतदान धकेलिएको नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बिहान ८ बजेबाट मतदान हुने निश्चित भएको छ । २ दिनका लागि निर्धारित अधिवेशन सहमति जुटाउने नाममा लम्बिएर चौथो दिनमा आइपुग्दा प्रतिनिधिहरु रुष्ट हुन थालेका छन् ।
सोमबार सांझदेखि शुरु गर्ने भनिएको मतदान अन्तिम समयमा स्थगित भएपछि आज बिहानबाट शुरु गरिने भएको छ । अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलको पक्षमा निकै राम्रो माहोल देखिएपछि अर्को पक्षले प्रशासनलाई भनेर रातिको समयमा चुनाव नगर्न दबाब दिएर स्थगित गराएको कंडेल पक्षका प्रतिनिधिको दावी छ ।
यद्यपि निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले रातिको समयमा मतदान गराउंदा राम्रो सन्देश नजाने भएकाले सोमबार रातिका लागि तय भएको मतदान अन्तिम समयमा आएर स्थगित गर्नुपरेको बताए । सर्वसम्मतको प्रयास असफल भएपछि अध्यक्षका उम्मेदवारहरु राधाकृष्ण कंडेल र हरिप्रसाद रिजालले पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा जान लागेका छन् । ‘आज बिहान ८ बजेभित्र मतदान शुरु गराउंछौं–निर्वाचन समिति प्रमुख भण्डारीले भने ।
एमालेको २०५ सदस्यीय प्रदेश कमिटी अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरि रिजाल उम्मेदवार छन् । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल ९अनुप०, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन् । सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् ।
उपसचिव पुरुष तर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु ९चौधरी० छन् । त्यस्तै उपसचिव महिला तर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन् ।

उम्मेदवारी दिएकामध्ये कँडेल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र सहसचिव पुरुषमा दुर्गाबहादुर चौधरी र महिलामा लिला राना मगर रहेका छन् । त्यस्तै रिजाल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका विश्वराज बराल, उपसचिव पुरुष तर्फ रोल्पाका पूर्ण बुढामगर र महिला तर्पm बाँकेकी बसन्ती अधिकारी छन् । सचिव दुवै प्यानलको समर्थनमा निर्विरोध भएका हुन् ।

पदाधिकारमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा प्यानल बाहिरबाट बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन् । त्यस्तै उपसचिव पुरुषमा रुकुम पूर्वका उपेन्द्रलाल कामी र महिला उपसचिवमा बाँकेकी आरती पौडेलले प्यानल बाहिरबाट उम्मेदवारी दिएका छन् ।

२ सय जना सदस्यका लागि ३ सय ५ जनाले उम्मेदवारी दिएका छन् ।
२ सय जना सदस्यका लागि ३ सय ५ जनाले उम्मेदवारी दिएका छन् । १६ र १७ गतेका लागि तोकिएको अधिवेशन दुई दिनसम्म लम्बिएपछि प्रतिनिधिहरु रुष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?