ट्रेंडिंग:

>> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो

चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक

७ श्रावण २०८०, आईतवार
७ श्रावण २०८०, आईतवार

चितवन, ७ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो संख्या हालसम्मको सबैभन्दा बढी हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये दुई लाख पाँच हजार छ सय पाँच नेपाली, ५५ हजार आठ सय ७२ विदेशी र ३७ हजार नौ सय ३५ सार्क राष्ट्रका पर्यटक छन् । गत आर्थिक वर्षमा पर्यापर्यटनबाट रु. २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । आव २०७८्७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।यसैगरी आव २०७७/०७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६/०७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/०३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट रु एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो ।दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो ।पर्यटकको संख्याका हिसाबले गत आर्थिक वर्ष हालसम्मकै बढी हो । राजस्वको हिसाबले भने आव २०७५/०७६ मा सङ्कलन भएको रु २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले रु एक सय ५०, सार्क देशकाले रु एक हजार र अन्य देशकाले रु. दुई हजार राजस्व बुझाउने गर्दछन् । तिवारीले भने, ‘आर्थिक मन्दी र कोभिडका कारण विदेशी पर्यटक बाहिर ननिस्कनु र नेपाली पर्यटकको संख्या बढी हुनुले पर्यटकको संख्या बढी एवं राजस्व कम भएको हो ।’

विगतमा सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको संख्या बढ्न सकेको थिएन । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् ।

यद्यपि अन्यत्रको तुलनामा यो संख्या निकै न्यून हो ।हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् । भरतपुर महानगरपालिकाले पनि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?