ट्रेंडिंग:

>> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन

चौधरी महिलाको सामुहिक साहस

१३ आश्विन २०७८, बुधबार
१३ आश्विन २०७८, बुधबार

बुद्ध जन्मस्थल लुम्बिनीको शान्तिदिप नजिक रहेको आमा क्याफेको साच्चै नै फरक चिनारी छ । चौधरी समुदायका १८ देखि ४२ वर्ष सम्मका महिलाहरुले शुरु गरेको व्यवसायले शान्ति खोज्दै लुम्बिनी पुग्ने जो सुकैलाई एकपटक सोच्न बाध्य बनाउँदछ
000
लुम्बिनी साँस्कृतिक नगरपालिकाको महिलबार गाँउकी सुनिता चौधरी कामचलाउ नेपाली बोल्छिन । दुई सन्तानकी आमा चौधरीको आफ्नै संस्कार अनुसार सानैमा विहे भएको थियो । सधै घरको काम गरेर दिन बिताउने चौधरीलाई आज भोली सामुहिक रुपमा शुरु गरेको व्यवशायमा भ्याइ नभ्याई छ ।

पछिल्लो एक वर्षयता उनी स्वरोजगार बन्न थालेकी छिन् । चौधरी समुदायमा हुर्किएकी सुनितालाई घर बहिर निस्किएर काम शुरु गर्न त्यति सहज थिएन । अहिले उनले गाँउका अरु महिलाहरुसँग हातेमालो गर्दै व्यवसायिक काम शुरु गरेकी छिन् ।
विश्व विकास बैंकको महिला सशक्तिकरण गर्ने उद्देश्य अनुसार लुम्बिनाको महिलवारलाई आफ्नो क्षेत्रको रुपमा रोजेसँगै सुनिताको दैनिकी फेरिएको हो । महिलाहरुको दैनिकी परिर्वतन गर्नुपर्छ भन्ने चेतनामुलक कार्यक्रममा सहभागिता भएसँगै सुनितामा परिर्वतन आएको हो ।

अहिले सुनितासँगै लुम्बिनी साँस्कृतिक नगरपालिका महिलवारका १६ जना महिलाहरुले लुम्बिनीको शन्तिदिप अगाडी ‘आमा क्याफे’ को नाम दिएर केही महिना अघि शुरुवात गरेका छन् । लुम्बिनीको दर्शन गर्न आउनेहरुलाई लक्षित गरेको क्याफेको शुरुवात गरिएको क्याफेकी संचालक लक्ष्मी चौधरीले बताईन । उनले गाँउका दिदीबहिनीहरुलाई घर बाहिरसम्म ल्याउन त्यति सजिलो त थिएन तर पनि आर्थिक रुपमा आफुहरुलाई परिर्वतन हुनुपर्ने ठानेर काम शुरु गरेको बताइन ।

उनी भन्छिन, हामीले घर परिवारलाई यो विषयमा बुझाएर व्यवसाय शुरु गरेका कारणले कसैलाई नि समस्या छैन । सबै जना आफनो समयमा आउँछन् आ आफनो काम गर्दछन् ।

लुम्बिनीको बीचमा रहेको महिलाहरुले मात्रै सञ्चालनमा रहेको क्याफे सुविधा सम्पन्न छ । एसी जडित सुविधा सम्पन्न क्याफे भित्र पस्दा आन्नदको महसुस हुन्छ । क्याफेमा एकै पटकमा करिव २० जनाले खाजा खान अटन सक्ने क्षमता छ ।

तिलोत्तमा नगरपालिकाबाट साथीहरुसँग लुम्बिनी घुम्न पुगेकी सावि विश्वकर्माले सोच भन्दा पनि राम्रो व्यवस्थापनका साथमा खाजा घर स्थापना भएको अनुभव सुनाईन । उनले त्यहाँ बसेर खाजा खादा अत्यन्त खुशी र सन्देश मिलेको बताईन । शान्त वातावरणमा महिला दिदीबहिनीहरुको व्यवस्थापन सम्मान गर्न लायक रहेको बताईन । उनले लुम्बिनी घुम्न जाने जो कोहि पनि आमा क्याफेमा पसेर उनिहरुलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिईन । उनीहरुको हौसला बढाउन सके गरिवीका कारण कुनै महिलाले ज्यान गुमाउन नपर्ने अवस्था सिजना हुने उनी बताउँछिन् ।

क्याफेमा रहेकी ज्योति चौधरीलाई कहिल्यै पनि आफुले यसरी व्यवसाय गर्छु भन्ने कल्पना पनि नभएको सुनाईन । तर अहिलेको अवस्थाले आफुलाई जीवनको सबै भन्दा बढी खुशी मिलेको बताउँछिन । उनी भन्छिन्, हामी बाहिर आउन त्यति सजिलो थिएन । घरकै काम गर्ने छोरा छोरीलाई स्यार गर्ने हाम्रो दैनिकी थियो तर हामी पनि बाहिर आएर काम गर्न सक्छौ भन्ने सावित गर्नु चुनौती थियो ।

४१ वर्षकी मुन्नीदेवी चौधरीलाई क्याफेमा काम गर्नु सपना जस्तै लागेको छ । उनलाई यो काम २० वर्षको उमेरबाट गर्न पाएको भए साच्चै आफनो जीवन आफनै शैलीमा चलाउन सक्ने थिए होला भन्ने लाग्छ । मुन्नीलाई उमेर बढेसँगै शुरु भएको व्यवसायले आत्मसम्मान बढेको महसुस भएको छ । १६ जना दिदी बहिनीहरुले बिहान र दिउँसो दुई समयमा क्याफेमा काम गर्नु हुन्छ । क्याफेमा भुटेको चाउचाउ, सुप हालेको चाउचाउ, नमकिन, बदाम मसला, घर बनाएको आलु चिप्स, विस्कुट, नौनी कुकिज, फ्राई गरेको आलु लगायतका खाजाको परिकार पाईन्छ ।

दैनिक एक सय जनाले क्याफेमा खाजा खाने गरेको क्याफेका प्रमुख लक्ष्मी चौधरीले बताईन । यहाँबाट दैनिक जसो करिव ५ हजार बराबरको व्यापार हुन थालेको छ । चौधरीका अनुसार सबै १६ जनाले कयाफे सञ्चालन पुर्व नै एक हप्ताको तालिम लिएको बताइन । यहाँ काम गर्ने १६ जनाको मासिक तलव ८ हजार तोकिएको छ । तलव भन्दा धेरै आम्दानी भएमा क्याफे मर्मतका लागि बचत गर्ने योजना तय भएको लक्ष्मीले बताई ।

लुम्बिनीको शान्ति दिप नजिक रहेको आमा क्याफे साच्चै नै लोभ लाग्दो छ । चौधरी समुदायका १८ देखि ४२ वर्ष सम्मका महिलाहरुले शुरु गरेको व्यवसायले त्यहाँ पुग्ने धेरैको ध्यान तानेको छ । चिटिक्क गुलावी रंगको कुर्ता सुरवालमा सजिएका मिठो बोली मुसुक्क मुस्कान सहितको स्वागतले लुम्बिनी घुम्न आउनेहरुलाई स्वागत गरिरहेका भेटिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np