ट्रेंडिंग:

>> बनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान
सम्पादकीय

सरकार– किसानलाई क्षतिपूर्ति देउ

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

विगत एक महिनाको बीचमा लम्पीस्किन रोगका कारण नेपालमा हजारौं पशुको मृत्यु भएको छ । सरकार लम्पीस्किन रोगका कारण यति धेरै संख्यामा पशुको मृत्यु हुँदापनि रोग नियन्त्रणमा अहिलेसम्म गंभीर देखिएको छैन । लम्पीस्किनको सङ्क्रमणबाट हजारौं पशु चौपायाको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।

पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वास प्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घट्नु र गर्भ तुहिनु सङ्क्रमणको मुख्य लक्षण रहेको पशु चिकित्सक बताउँछन् । यो रोग अहिले कुनै एक स्थान वा क्षेत्रभन्दा पनि देशैभरी फैलिएको छ । करिव एक महिनादेखि फैलिएको यो रोगका कारण ठूलो संख्यामा पशु चौपायाको मृत्यु हुँदापनि सरकारले रोग नियन्त्रणमा गंभीरता नदेखाउनु दुःखद हो । पशु चिकित्सकहरूको अध्ययनले लम्पीस्किन रोगको रोकथाम वा नियन्त्रणका लागि खोपको बिकल्प नभएको देखाएको छ । तर, सरकार खोपप्रति बेवास्ता गरिरहेको छ ।

विगत एक दुई महिनादेखि संक्रमणकै रूपमा फैलिएको यो रोगका कारण ठूलो क्षति हुँदापनि तत्काल खोपको प्रवन्ध गर्न नसक्नु सरकारको लापरवाही र बेवास्ता हो । पहाड र तराईका केही स्थानमा अझैपनि किसानले राँगा र गोरुको प्रयोग गरि खेती गर्दै आएका छन तर अहिले रोगका कारण खेती नै प्रभावित हुने अवस्था देखिएको छ । पशु चिकित्सकहरूले बजेट अभावका कारण खोप किन्न नसकेको बताउँदै आएका छन । केही जिल्लामा पशु सेवाका लागि आएको आकस्मिक कोषको रकम र दैनिक उपचार सेवाको रकमबाट लम्पीस्किन रोगको लागि नमूना परीक्षण र औषधि वितरण गरिएको छ । तर, त्यो पर्याप्त होइन ।

सरकारले नै यो रोगको बिरुद्ध तत्काल बजेट विनियोजन गरि खोपको व्यवस्था गरोस् । महामारी नियन्त्रणको प्रयास भएपनि गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाइँ प्रभावित भएको विषयमा सरकारको ध्यान गएको छैन । रोगका कारण दुध उत्पादक किसान समेत मर्कामा परेका छन् । यति धेरै संख्यामा पशु चौपायाको बिनास हुँदा पनि सरकारले समस्यामा परेका प्रभावित किसानलाई क्षतिपूर्ति वा राहतको कुरासम्म गरेको छैन । अति भएपछि पशु किसानहरूले चौपायाहरूको उचित क्षतिपूर्तिको ६ बूँदे माग राख्दै पशु सेवा विभाग परिसरमा धर्ना दिन बाध्य हुनुपरेको छ । पशु किसानहरूले रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गरेको बताएका छन ।

अब लम्पीस्किनबाट क्षति बेहोरेका पशुपालक किसानहरूलाई राहत दिनु जरुरी छ । विस्थापित हुन लागेका किसानहरूलाई पुनस्र्थापनाको कुरा उठाउनु आवश्यक छ । सरकारले पशु चौपाया गुमाएका किसानको कर्जा मिनाहा गर्तेतर्फ ध्यान देओस् । प्रत्येक पशु कार्यालयमा पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नेतर्फ सरकारको ध्यानाकर्षण होस् । किसानका घरसम्म प्राविधिकको व्यवस्था गरियो भने त्यो रोग नियन्त्रणमा सहयोगी हुनसक्छ । निश्चितरूपमा ग्रामिण क्षेत्रका किसानहरू यतिबेला निकै आहत भएका छन ।

सरकारले पशु् चौपायाको क्षतिलाई नजरअन्दाज गर्न खोजेको छ । ७० प्रतिशत भन्दा बढि पशु चौपायाहरू लम्पीस्किनको कारण मरिसकेको अवस्था छ । यो गंभीर बिषय हो । महामारी रोग नियन्त्रणका निम्ति किसानले भ्याक्सिनको माग गरेका छन । पशुपालक किसानहरू विस्थापित हुने अवस्था आएको छ । सरकारले अव गंभीर ढंगले सोचोस् । लम्पीस्किन रोगको महामारीबाट मरेका पशुहरूको वास्तविक विवरण संकलन गरेर पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?