ट्रेंडिंग:

>> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत
सम्पादकीय

रोपाइँँ सकिनै लाग्यो, मल कहिले ?

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

असारको अन्तिम साता अर्थात आज असारको २५ गतेसम्म नेपालको करिब ५० प्रतिशत खेतमा रोपाइँ सकिएको छ । अबको चार पाँच दिनमा दुई तिहाई खेतमा रोपाइँ सकिदैछ । रोपाइँ सकिनै लाग्दा यो बर्षपनि किसानका लागि मल सहजरूपमा उपलब्ध हुन सकेन् ।

अहिलेपनि किसानहरू मलकै लागि लाईन लाग्नुपर्ने अवस्था छ । साझा सहकारीहरूमा किसानहरूले मलका लागि दैनिकजसो ताकेता गरिरहेका छन तर सरकारले मल उपलब्ध गराउन सकेको छैन् । प्रधानमन्त्री र कृषि मन्त्रीले यो बर्ष किसानलाई मलको समस्या नपर्ने बरु सरकारले समय अगावै मल पु¥याउने प्रतिवद्धता जनाएका थिए तर सरकारको दावी एकातिर छ, किसानको पीडा अर्कोतिर ।

रासायनिक मलको अभावमा धान उत्पादनमा भारी गिरावट आउन सक्ने देखिएको छ । असारको अन्तिमसम्म पनि किसानहरू रासायनिक मलकै लागि लाईन बस्नुपर्ने अवस्था छ । सरकार भाषणमा मल उपलब्ध गराउँदै गरेको दावी गर्छ । तर, दूर दराजका वास्तविक किसानको घरखेतसम्म अहिलेपनि मल पुगेकै छैन । अहिले अधिकांश जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । अघिल्लो वर्ष पनि युरिया र डाई मलको अभाव बेहोरेका किसानहरूले अहिलेपनि सहजरूपमा मल पाउन नसकेपछि मर्कामा परेका छन् ।

देशलाई आत्मनिर्भर बनाउन, आयात घटाउन र आत्मनिर्भरता बढाउन धानको निकै ठूलो योगदान रहँदै आएको छ । विगतमा पनि धानको उत्पादन बढ्दा देशको कूल आर्थिक बृद्धिमा निकै ठूलो सघाउ पुगेको थियो । अहिले रासायनिक मलको अभावका कारण उत्पादन घटने संभावना बढेको छ । यसले मुलुकको आर्थिक बृद्धिदरमा समस्या निम्त्याउने अवस्था छ । तसर्थ सरकारले सुन्छ भने किसानको समस्या बुझ्ने प्रयास होस् । त्यसै त बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गएको छ । त्यसकै कारण उत्पादनमा कमी आउने अवस्था छ । प्लटिङका कारण धानका बाला लाग्ने खेत बाँझैछन । ती घडेरीमा परिणत भैसकेका छन् ।

घडेरी वा साना साना प्लटमा खेती गर्ने कुरामा किसानको पनि ध्यान छैन् । त्यसमाथि रासायनिक मलको हाहाकारले उत्पादनमा भारी गिरावट आउने अवस्था छ । खेतीका लागि आवश्यक माटो, हावापानी, जग्गाको खण्डीकरण, कृषकको ज्ञान, क्षमता, स्रोतसाधन र उपलब्ध प्रविधिको पहुँच नहुँदा कृषि उत्पादनमा कमी आईरहेको कृषि विज्ञहरू बताउँछन् । कृषिको दिर्घकालीन रणनीति विशेष ध्यान नदिएर हचुवाको भरमा बनाउँदा त्यसैमाथि समस्या थोपरिएका छन ।
लुम्बिनी प्रदेश सरकारले समेत रासायनिक मलको व्यवस्थापन गर्ने जनाएको थियो । तर, डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार कृषकले मलको लागि हारगुहार गर्दा किन बहिरो भैरहेको छ ? पहिले कृषि उत्पादन बढाउन मल आवश्यक पर्ने र त्यसका लागि प्रदेश सरकारले मलको अभाव हुन नदिने प्रतिवद्धता जनाएकै हो । अव अहिले मल चाहिने बेला सरकार बेखबर छ ।

उता केन्द्र सरकार र यता प्रदेश सरकारको बेवास्ताले किसान मलका लागि अव कहाँ जाने ? सरकारले जवाफ दिनुपर्दछ । त्यसै त पछिल्लो समय वास्तविक किसानले अनुदान नपाएको अवस्था छ । समयमै मल दिन नसक्ने सरकारबाट किसानले के आशा गर्ने ? अझैपनि समय छ– सरकार किसानलाई मल देउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?