ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

गजलकार पाण्डेयको ‘म प्रेम खोजिरहेछु’

४ पुष २०७७, शनिबार
४ पुष २०७७, शनिबार

गजलकार पुरुषोत्तम पाण्डेयको गजल सङ्ग्रह ‘म प्रेम खोजिरहेछु’ कृतिको साङ्गीतिक प्रस्तुतिसहित आज बुटवलमा लोकार्पण भएको छ ।

कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको लोकार्पण कार्यक्रममा गजल सङ्ग्रहभित्र रहेका केही गजलहरू साङ्गीतिक रूपमा गाएर गायक बालकृष्ण पाण्डे, रमेश कौशल, रुपा रौतार र घनश्याम घिमिरेले उपस्थित दर्शकको मन जितेका थिए । त्यसैगरी वाद्यवादनमा रमेश रेश्मी र यम पुन मगरले साथ दिनुभएको थियो भने साङ्गीतिक गजल गायनको संयोजन गायक तथा सङ्गीतकार विजय सापकोटाले गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले बुटवलको सन्दर्भमा साङ्गीतिक रूपमा गजल सङ्ग्रहको लोकार्पण गरिएको यो पहिलो कार्यक्रम रहेको बताए ।

कार्यक्रममा दीप बोर्डिङ हाई स्कुलका प्राचार्य टीकाराम न्यौपाने, मणिमुकुन्द मा.वि÷कलेजका प्राचार्य टुकबहादुर क्षेत्री, सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारीका अध्यक्ष कृष्णप्रसाद पाण्डे, प्रतिष्ठानका केन्द्रीय महासचिव ऋषि आजाद, सत्यवती वडा नं. १ का वडा अध्यक्ष भीमलाल पाण्डे, सरिता श्रीस लगायतले संसारको परिवर्तन, प्रगति र उन्नतिका लागि प्रेम अपरिहार्य रहेको भन्दै सबैको मन जोड्नलाई कृतिले महत्वपूर्ण भूमिका खेलको भन्दै कृतिको सफलताका लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्राज्ञ बूँद रानाले प्रेममय संसारको खोजी गर्ने अभिलाषा कृतिमा मुखरित भएको बताउनुभयो भने प्रमुख अतिथि प्रा.डा हिरण्यलाल ज्ञवालीले कृतिले सामाजिक जनजीवन र मानवीय अनुभूतिलाई गेयात्मक शैली मार्फत् प्रेमको खोजी गर्ने महान् अभिलाषा प्रकट गरेको बताए ।

कार्यक्रममा साहित्यकार रमेश समर्थनले कृतिको सबल र कमजोरी पक्षलाई औँल्याउँदै कृति समग्रमा उष्कृष्ट रहेको र निरन्तरको लगाव भएमा साहित्यको क्षेत्रमा स्रष्टाको उज्ज्वल भविष्य रहेको बताए ।

लुम्बिनी वाङ्मय प्रतिष्ठानकी सदस्य चित्रकार सुमित्रा राना, लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीकी उपाध्यक्ष बिजु पछाई, प्रतिष्ठानका सचिव कृष्ण घिमिरे गाउँलेले लगायतले प्रकाशन कृतिका बिषयमा बोलेका थिए ।

कृतिकार पुरुषोत्तम पाण्डेयले कृतिको रचना गर्भ प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?