ट्रेंडिंग:

>> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज

सुकुम्बासी सङ्घीयता

२४ आश्विन २०७७, शनिबार
२४ आश्विन २०७७, शनिबार

इतिहास भन्छ– महाराजधिराजले ‘विकासको मूल फुटाउन’ देशलाई भौगोलिक र प्रशासनिक क्षेत्रहरूमा विभाजन गरेका थिए ।

विकास क्षेत्रका नाममा । अञ्चल र जिल्लाका नाममा । नगर र गाउँ पञ्चायतका नाममा ।

त्यो विभाजनको पृष्ठभूमिमा विकेन्द्रीकरणको सिद्घान्त रहेको भनिए पनि सत्ता र शक्ति केवल काठमाण्डौमा नै थियो ।

सार्वभौमसत्ता नै महाराजधिराजमा थियो । महाराजधिराजको कृपाबिना विकेन्द्रीकरणको स्वाद चाख्न पाउँदैनथे सुदूरका गाउँहरूले ।

त्यसबेला ‘विकासको मूल’ नारायणीहिटी दरबारबाट फुट्थ्यो ।

दार्शनिक हेगेलले इतिहास र इतिहास बनाउने व्यक्तित्वहरू दोहरिन्छन् भनेका छन् । निश्चय पनि इतिहास दोहरिन्छ । हाम्रोमा पनि इतिहास दोहरियो ।

इतिहास दोहरिएपछि के भयो ? नेपालको संविधान २०७२ अनुसार मुलुकलाई सातवटा प्रदेशमा विभाजन गरियो । यो विभाजनको सैद्घान्तिक पृष्ठभूमिमा सङ्घीयता रहेको छ । यो सङ्घीयताको परिकल्पना संविधानसभाको हो । जुन सभाको प्रादुर्भाव तत्कालीन माओवादीको ‘जनयुद्घ’ को प्रवेगको भरमा भएको हो । ‘गाडा चढेर अमेरिका पुग्न सकिन्न’ भन्ने ठहरावको सिद्घान्तमा उभिएर भएको होइन ।

सङ्घीयतालाई परिवर्तनको सिद्घान्त मानियो । नेपाल निर्माणका लागि प्रस्थानविन्दु मानियो । मानियो–सङ्घीयताले हजारौं वर्षदेखि सीमान्तकृतहरूलाई पहिचान दिन्छ । सम्मान दिन्छ । रोजगारी दिन्छ । शासन सत्तामा सामेल गराउँछ । कर्तव्य पूरा गर्न लगाउँछ र अधिकारको प्रयोग गर्न दिन्छ । बोल्न दिन्छ । आवाज सुनिन्छ । पहिचान र सामथ्र्यका आधारमा प्रदेशहरू अस्तित्ववान हुन्छन् । सयौँ वर्षदेखि अन्तिम किनारमा उपेक्षित भएर उभिएकाहरू पनि मूलधारमा आउँछन् ।

साक्षी किनाराका देखी जान्ने सुनी जान्नेहरू भन्दछन्– तर त्यस्तो केही देखिएन । युग युगदेखि जो सत्तामा थिए, ती नै सत्तारुढ भए । माथि सम्राट मानसिकता नै कायम रह्यो । तल दास मानसिकता ! दासहरूले जनताका प्रतिनिधिहरूको आत्मसम्मान, अधिकार, चाहना सबै सम्राटको पाउमा सुम्पिदिए । सम्राटका अघि हात जोडेर प्रार्थनारत् भए । सम्राटले ‘तथास्तु’ भन्दियो । बस् प्रदेशको छिनोफानो भइगयो !

अनेक उथलपुथल बेहोरी आएको यो मुलुक सङ्घीयतालाई नकार्नसक्ने अवस्थाबाट भने धेरै अघि बढिसकेको छ । तर सतहमा जस्तो दृश्य देखिएको छ, सक्कली सङ्घीयताको परिकल्पना त्यो कदापि थिएन । ‘जनयुद्घ’ले यस्तै अनपेक्षित दृश्यहरूका लागि त्यो बलिदानीपूर्ण प्रवेग लिएको थिएन ।

दृश्यमा सहभागी पात्रहरूलाई छोडौँ । लज्जास्पद दृश्यका साक्षी किनारामा रहेकाहरूको अनुहार हेरौँ । सङ्घीयताको घाम तिनको अनुहारमा झुल्किने छाँटछन्द छैन । समृद्घिको यात्रा कुर्चीबाट तल झर्दैन । भोका पेटमा पटुकी बाँधेका दिदीबहिनीहरू बालबच्चा बोकेर रुँदै सीमा काटिरहेका छन् । देशका खम्बा भनिने युवाहरू पोकापकुन्तरा बोकेर रुँदै मुगलान झरिरहेछन् ।

दुखियाहरूलाई सङ्घीयताले मलम दिन सकेन । सङ्घीयता के तिनका लागि होइन ?

साक्षी किनारामा रहेकाहरूले हैन कि, हैन कि जस्तो मान्न थालिसके । किनभने दलालहरूको ‘कारोवार’ भइरहेछ सङ्घीयता । भइरहेछ हनुमानहरूको ‘चाकरी’ । भ्रष्टहरूको लागि भइरहेछ शकुनिको पासा । भइरहेछ अमुक नेताको भोट बैंक । यस अघि सुकुम्बासी बस्तीहरू क्रान्तिकारी नेताहरूको ‘भोट बैंक’ हुने गथ्र्यो । अब सङ्घीयता नै नेताहरूको ‘भोट बैंक’ भइरहेछ । ‘भोट बैंक’ बचाउन नेतृत्वले नै सङ्घीयतालाई ‘सुकुम्बासी’ बनाउने षड्यन्त्र गरिरहेछन् ।

सुकुम्बासी र सङ्घीयता । सङ्घीयता अर्थात् सुकुम्बासी ! कस्तो दुखिया विम्व !

कार्ल माक्र्स कम्युनिष्टहरूका गुरु हुन् । ‘लुई बोनापार्टको अठारौँ ब्रुमेयर’ मा इतिहास र सेलिब्रेटीहरूको पुनरावृत्तिको बारेमा दार्शनिक हेगेलको विचारमाथि टिप्पणी गर्दै उनले भनेका छन्– “हो, हेगेलले भनेजस्तै इतिहास दोहरिन्छ । तर हेगेलले त्यसमा थप्न बिर्सेका छन्– पहिलोपटक त्रासदीका रूपमा, दोस्रोचोटि प्रहसनका रूपमा ।”

हाम्रो इतिहास र हाम्रा राजनीतिक सेलिब्रेटीहरू कुन रूपमा दोहरिएका हुन् ? के यो एक त्रासदी हो ? कि यो प्रहसन हो ?
दुई तिहाइ मतका साथ सत्तारूढ कमरेडहरूलाई थाहा होला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np