ट्रेंडिंग:

>> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार

किसान आन्दोलन ओझेलमा परेको किसान अगुवाको भनाई

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

दाङ, १५ जेठ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले मुलुकको व्यवस्था परिवर्तनका लागि गरिएको राजनीतिक किसान आन्दोलनका कारण किसान आन्दोलन ओझेलमा परेको बताएका छन् ।

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई आज घोराहीमा सम्बोधन गर्दै ढकालले देशमा कृषि क्षेत्रको सम्भावना रहेकाले कृषि क्षेत्रमा लाग्न हौसला दिने, प्रोत्साहन गर्ने लगायतका कार्यक्रम सरकारले गम्भीरताका साथ ल्याउन आवश्यक रहेको बताए ।

अहिले पनि ६५ प्रतिशत नागरिक विभिन्न कृषि पेशामा लागिरहँदा नेपालको कृषि क्षेत्र अपेक्षा गरिए अनुसार फस्टाउन नसक्नुका पछाडि किसानका मुद्दा सरकारको नजरमा पर्न नसक्नु प्रमुख कारण रहेको उनले बताए । विगत ७ दशकयता किसान महासंघले उठाउँदै आएको आवाजका कारण किसानका कतिपय मुद्दा सम्बोधन भएपनि पछिल्लो समय अनुदानका नाममा भएको बेथितिले वास्तविक किसान मारमा परेको बताए ।

वास्तविक किसानको पहिचान गरी कृषि क्षेत्रको उत्थान गर्ने गरी सरकारले लगानी गर्न सकेमा लगानी खेर नजाने उनको भनाई थियो । अब किसान महासंघका माध्यमबाट गाउँ बस्ती टोलमा किसानका कुरा सुन्न र अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने गरी योजना बनाएर अघि बढ्नुपर्ने बेला आएको बताए ।

यसैगरी, नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् जिल्ला ईन्चार्ज नरुलाल चौधरीले हिजो अधिकारका लागि गरिएको आन्दोलनको व्यवहार परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए । उनले कृषि उत्पादनलाई वैकल्पिक उपायका माध्यमबाट प्रयोगमा ल्याउन किसानहरु अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै निर्वाहमुखी कृषिबाट माथि उठेर व्यवसायमुखी, आधुनिकिककरण गर्ने बाटोमा अग्रसर हुन किसानहरुलाई आग्रह गरे ।

सम्भावनाहहरुलाई अवसरका रुपमा लिएर व्यवहारमा उतार्न सकेमा किसानले दुख पाउनु नपर्ने सुझाव दिँदै उनले कृषकले उत्पादन गरेका बस्तुको बजारीकरणका विकल्पहरुका बारेमा पनि सोँच्ने बेला आएको बताए ।

किसान महासंघका उपाध्यक्ष खड्कबहादुर खड्काले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि किसान आन्दोलन सफल बनाउनुको विकल्प नरहेको बताए । उत्पादन शक्ति र उत्पादन आधार बिचको खाडल पुर्न कृषि क्रान्ति जरुरी रहेको औँल्याउँदै किसान आन्दोलनमा गुम्रा थारुको योगदान अतुलनीय रहेको बताए ।

यसैगरी, नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य अमर श्रेष्ठले महासंघलाई तल्लो तहका किसानका घरमा लैजाने अभियान चलाउन किसान नेतालाई अपिल गरे । उनले किसानलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले कागजमा लेखिएका सबै प्रकारका अधिकार व्यवहारमा लागू हुन नसक्दा समस्या समाधान हुन नसकेको बताए । आयातमा रोक लगाउन नसक्दा नेपाली किसान पीडामा रहेको हुँदा आयात प्रतिस्थापन गर्ने मुद्दा अबको प्राथमिकतामा रहेको उनको भनाई थियो ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव बाबुराम थापाले अखिल नेपाल किसान महासंघका कुरा आम किसानका बिचमा पुर्याउन जरुरी रहेको बताए । प्रदेशका १ सय ९ वटै वडाका हरेक टोलमा किसान महासंघ पुग्न आवश्यक रहेको बताउँदै महासंघका कुरा राख्ने र किसानका समस्या सम्बोधनका लागि हस्तक्षेपकारी भूमिका र पहल गर्न जरुरी रहेको औँल्याए ।

अधिवेशनको उदघाटन सत्रमा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपमहासचिव सरिता भुसाल, अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटी सदस्य टेकबहादुर बोगटी, नेकपा एमाले दाङका अध्यक्ष हुुकुमबहादुर बस्नेत लगायतले भनाइ राखेका थिए । किसान महासंघका प्रदेश अध्यक्ष आरती पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । मंगलबारसम्म चल्ने प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जसका लागि अहिले बन्द सत्रको तयारी शुरु भएको छ । नयाँ नेतृत्व चयन गर्दै दाङ घोषणा पत्र जारी गर्ने र किसानहरुका विद्यमान समस्या समाधानका लागि प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउने किसान महासंघको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?