ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस

मुटुको शल्यक्रिया गरेका ओलम्पियन बैकुण्ठ मानन्धरलाई एकेडेमीबाट मासिक ४ हजार रुपैयाका दरले दुई वर्षको सहयोग रकम प्रदान गरिने ।
१० बैशाख २०८१, सोमबार
१० बैशाख २०८१, सोमबार

बुटवल, १० बैशाख । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस राष्ट्रिय खुल्ला प्रतियोगिता हुने भएको छ । युवा खेलाडीहरुलाई लक्षित गरि प्रतियोगिता गर्न लागेको सोमबार बुटवलमा पत्रकार सम्मेलन एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले बताए । ‘विद्यालयस्तरका खेलाडीहरुलाई प्रोत्साहन गर्ने र खेलाडी उत्पादनमा सहयोग गर्ने गरि कार्यक्रम गर्न लागेको हौ ।’—उनले भने । जेठ ३ गते स्वर्गिय मदन भण्डारीको ३१ औ स्मृति दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको उनले बताए । हाफ म्याराथन २१ किलोमिटर (खुल्ला पुरुष), दौड १० किलोमिटर कलेज स्तरीय पुरुष, ५ किलोमिटर विद्यालयस्तर छात्र तथा ३ किलोमिटर दौड छात्रा र १ सय मिटर दौड छात्रछात्रा हुने छ । जेष्ठ नागरिकहरुलाई लक्षित गरि वाकाथन समेत हुने उनले बताए । ‘बालकदेखि वृद्धसम्म जोड्ने गरि खेलकुदलाई जोड्ने गरि कार्यक्रम अघि बढाएका छौ ।’—उनले भने ।

प्रतियोगिताको टप १५ खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । यसैगरि मुटुको शल्यक्रिया गरेका ओलम्पिक बैकुण्ठ मानन्धरलाई दुई वर्षका लागि मासिक ४ हजार रुपैयाका दरले एकेडेमीबाट जेठ ३ गते सहयोग रकम प्रदान गरिने उनले बताए ।

देशका राजनीतिक नेताको नामबाट हुने प्रतियोगिता रोक्ने शिक्षामन्त्रीको भनाई प्रति असहमती राख्दै अध्यक्ष आचार्यले राजनितिक सुझबुझ बिना निर्णय भएको दाबी गरे । देशका अधिकास विकास निर्माणका काम देशमा बलिदानी दिएका नेताहरुको स्मरणमा हुने गरेको उनले तर्क दिए । राजनितिक नेताहरुको नाममा खेलकुद गतिविधि र समाजमा जोडिनु उत्कृष्ट कार्य भएको उनले बताए ।

प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेले दोस्रो पटक म्याराथन गर्न लागेको बताए । प्रतियोगिताको खुला पुरुष हाफ म्याराथनको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ७५ हजारसहित तृतिय ५० हजार, चौथौ ३० हजार, पाचौ २० हजार, छैटौ १० हजार रुपैया पुरस्कार राशी रहेको छ । यसैगरि कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा प्रथम, द्धितिय, तृतिय गरि क्रमश छैटौसम्म ३५, २५, १५, १०, ७ र ५ हजार रुपैया पुरस्कार रहेको छ । यसैगरि विद्यालय छात्रमा प्रथम देखि छैटौसम्म क्रमश २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार रहेको छ । छात्रा ३ किलोमिटर दौडको भने प्रथमदेखी छैटौसम्म क्रमश १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैया पुरस्कार रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ४० लाख रुपैया खर्च हुने आयोजकको अनुमान छ ।

एकेडेमीका सदस्य सचिव बिनोद आचार्यले भारतको ब्याडमिन्टन २१ एकेडेमीसंग सहकार्यमा नेपालको मदनभण्डारी एकेडेमी विकासका कार्यक्रम अघि बढाएको बताए । धेरै ट्यालेन्ट युवाहरु नेपालमा रहेको र उनिहरुलाई सहि बाटो दिने काममा आफुहरु अग्रसर रहेको उनले बताए । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेलकुदमा गरेका गतिविधिको ९ मिनेटको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?