ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

मकै जोगाउन रातभर बारीमै बास

२१ श्रावण २०७७, बुधबार
२१ श्रावण २०७७, बुधबार

मकैमा घोगा लाग्न थाले संगै सल्यानमा किसानहरुले जंगली जनावरहरुले पुर्याएको क्षति ब्यहोर्नुपरेको छ । बाँदर, बँदेल, दुम्सी लगाएतका जंगली जनावरहरुले विगतका वर्षमा जस्तै यस पालि पनि किसानले गरेको मकै खेतीमा क्षति पुर्याइरहेको किसानहरुले बताएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा बदेलको बथानले मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । नगरपालिकाका आधा दर्जन बढि वस्तीहरुमा बँदेलको बथानले पाक्नै लागेको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित हुन थालेका हुन ।

बदेलले बनगाड कुपिण्डे नगरपालिका ९ का गिठाचौर, स्वारा, शेरा र शारदा नगरपालिकाका ओखरेनी, ¥याले, अधेरी लगायतका गाउँहरुमा बदेलेको समुहले मकैबाली तहस नहस पार्न थालेपछि किसानहरु चिन्तित भएका हुन् । नजिकैका जंगलहरुबाट रातको समयमा आएर मकैबारी नष्ट पार्ने गरेको बनगाड कुपिण्डे ९ का अनिल बस्नेतले बताए । ’हामीलाई बदेलले बर्षेनी दुख दिदै आएका छ, सरोकारवाला निकायहरुमा जति कुरा राखेपनि सनुवाई हुदैन अव हामीले वसाई सर्नुबाहेकको विकल्प छैन,“ उनले पिडा पोख्दै भने । किसानहरु मकै जोगाउन रातभरी बारीमा जागा्रम वस्दै आएको वस्नेतको भनाई । ‘केहीदिन देखि हामी गाउँका सवै रातभरी वारीमै वस्छौ, थाल ठटाउने, होहल्ला गरेपनि बदेल वारीमा छिरेर मकै नष्ट गरेको थाहै हुदैन,“ वस्नेतले भने ।

नजिकैका जंगलहरुबाट आएको बदेलको बथानले पाक्नै लागेको मकैबाली नष्ट पारेपछि किसानहरु चिन्तित हुन थालेको पिडित कासीराम बोहराले जानकारी दिए । दिनभरी जंगलमा वस्ने र राती भएपछि बारीमा आएर मकै नष्ट पार्न थालेको बोहोराको भनाई छ । परिवारको बर्षभरी पेट पाल्ने मकै दुई दिनमा बँदेलले तहस नहस पारिसके पछी अव कसरी परिवारको गर्जो टार्ने भन्ने चिन्ता थपिएको उनले बताए । जिल्लाको पश्चिमी क्षेत्रमा वस्ती नजिक घना जंगल भएकोले पनि वर्षेनी स्थानीयहरु जंगली जनवारहरुबाट प्रभावित भइरहेका छन् । बदेलले हरेक बर्ष यस क्षेत्रका करिव ४ सय घरधुरीले लगाउनदै आएको अन्नबाली नष्ट पार्दै आएका छन् । पछिल्लो समय जिल्लामा चोरी शिकारी समेत रोकिएकोले जंगलमा बदेलको संख्यामा बृद्धि भएको बताइन्छ । र यसले पनि बर्षेनी बालीनालीको क्षतिमा बृद्धि हुदै गएको पिडित किसानहरुको भनाई छ ।

लकडाउनले बाहिर कमाउन पनि जान नसक्ने लगाएको बालीनाली समेत जंगली जनवारहरुले नष्ट पार्न थालेपछि कसरि परिवार पाल्ने भन्नेमा चिन्ता हुन थालेको किसानहरुले बताउन थालेका छन् । रातभरी बारीमा जागा्रम वस्दा पनि वँदेल बारीमा पसेर मकै नष्ट पार्न थालेको अर्का किसान रिम बहादुर बुढाथोकीले बताए । मकै बाली सखाप पारिसकेपछी बँदेलको बथानले धानबाली र गहुबाली समेत नष्ट गर्ने गरेको किसानहरु बताउँछन् । बदेलले बर्षेन दुख दिइरहेको कुरा स्थानीय सरकार, वन कार्यालय लगाएतका सम्वन्धित निकायलाई थाहा भएपनि कुनै चासो नदिएको स्थानीयहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?