ट्रेंडिंग:

>> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’

सरकारले नसुनेपछि किसान आक्रोशित, आन्दोलन थप चर्काउने घोषणा

२८ मंसिर २०७९, बुधबार
२८ मंसिर २०७९, बुधबार

बुटवल, २८ मंसिर ।

सरकारले धानको समर्थन मूल्य तोकेपनि किसानको धान किन्नमा आलटाल गर्नुका साथै मल सहज सहज आपूर्तिका लागि आन्दोलनरत अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेकपा एमाले निटक अखिल नेपाल किसान महासंघ र नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिको संयोजकत्वमा रुपन्देहीमा आन्दोलनका कार्यक्रम थप चर्काउने निर्णय भएको हो ।

बुधवार बुटवलमा भएको संयुक्त भेलाबाट गत मंसिर २० गते जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रको विषयमा भए गरेका प्रगतिको विषयमा बिहीवार जिल्ला प्रशासन कार्यालयमा धार्ना सहितको कार्यक्रम तय गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश संयोजक तथा पुर्व मन्त्री आरती पौडेलले जानकारी दिइन् । बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्व मन्त्री पौडेलले किसानको समस्या समाधानको लागि सरकार उदासिन भएका कारण आन्दोलनका थप कार्यक्रम चर्काउने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा मंसिर २९ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर पहिले प्रदान गरिएको ज्ञापन पत्रको विषयमा थप ध्यानाकर्षण गराउने र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । करिव ३ देखि ४ सय किसानहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने पुर्व मन्त्री पौडेलको भनाई रहेको छ ।

यस्तै नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका संयोजक बेग बहादुर कुँवरका अनुसार गत मंसिर २५ गते धानको समर्थन मूल्य अनुसार धान खरिद गर्नको लागि दबाब स्वरुप प्रदेशको खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीमा तालाबन्दी गरिएकोमा किसानको मागलाई कुल्चिदै कम्पनीले ताला तोडेको छ । उनले किसानको मागप्रति बेबास्ता गरेको भन्दै यसको विरोध स्वरुप थप आन्दोलनका कार्यक्रम चर्काउने बताए । उनले सरकारले नै तोकेको मूल्यमा किसानको धान खरिद गर्न माग सहित खाद्य व्यवस्था तथा आपूर्ति कम्पनी प्रदेश कार्यालय भैरहवमा गरिएको तालाबन्दीलाई कम्पनी प्रशासनले सोही दिन नै तोडेर कार्य सञ्चालन गरेकोप्रति आपत्ति सहित घोर निन्दा र भत्र्सना गर्ने बताए । उनले किसानको मागप्रति सरकार नै उदासिन भएको कारण अव किसान आन्दोलनको तयारी समेत गरिएको बताए ।

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश महासचिव महेन्द्र गिरीका अनुसार संयुक्त बैठक पश्चात विभिन्न १३ बुँदे माग समेत प्रस्तुत गरिएको छ । जस अनुसार मलको आपूर्ति सहज बनाउनको लागि सहकारी भन्दा पनि किसान समूह मार्फत वितरणको व्यवस्थापन मिलाउन माग गरिएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्न सरकारसंग माग गरिएको छ ।

यस्तै बाली विमा अनिवार्य तथा सहुलियत गर्न माग सहित उत्पादित वस्तुको बजारीकरणको ग्यारेन्टी सरकारबाट हुनुपर्ने माग समेत गरिएको छ । यस्तै किसान कार्ड किसान परिचय पत्रको व्यवस्थापन, अनिवार्य माटो परीक्षण ल्याव व्यवस्थाको माग, सहज रुपमा सहुलियत दरमा बीऊ उपलब्ध गराईनुपर्ने माग समेत किसान संगठनहरुले गरेका छन् ।

यस्तै स्थानीय स्तरमा यन्त्रीकरण मार्फत उत्पादन वृद्धिको माग गरिएको छ भने गत २५ गते खाद्य व्यवस्था, व्यापार आपूर्ति कम्पनीमा लगाईएको ताला तोडेर काम सञ्चालन भएको प्रति निन्दा गरिएको छ । मल वितरण समेत सहजताका लागि सरकारसंग माग गरिएको हो ।

अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पन्थीले किसानको आवाज दबाउने काम भएको भन्दै अव किसानहरुले निष्कर्षको आन्दोलनको तयारी गरेको बताए । यसको लागि सरकारलाई तयार रहन चेतावनी दिदै उनले पालिकागत रुपमा किसान जागरण सहितका आन्दोलनका कार्यक्रम अव सुरुवात हुने बताएका थिए । स्थानीय तहले विनियोजन गर्ने बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्न माग सहित दबाबको कार्यक्रम समेत गरिने अध्यक्ष पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?