ट्रेंडिंग:

>> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार बैशाख १७ र १८ गते बन्द >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै

नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

बुटवल, ३ बैशाख । जिल्लाको तिनाउ गाउँपालिका–२, नुवाकोटमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको मूर्ति अनावरण गरिएको छ । नेपाली सेनाले अंग्रेजमाथि विजयी हासिल गरेको ऐतिहासिक स्थल नुवाकोटमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको मूर्ति अनावरण गरिएको हो ।

एक समारोहका बिच मध्यपश्चिम हेड क्वाटरका पृतनापति उपरथि सुनिल श्रेष्ठ, श्री नं. २२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि ललित बहादुर कुवँर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, श्री सैनिक ब्याटल स्कुलका शिक्षाधिकृत सहायक रथि कृष्ण जिसी, साईन रेसुङा बैकका सिईओ प्रकाश पौडेल तथा बुटवल उपमहानगर र तिनाउ गाउपालिकाकाका जनप्रतिनिधिहरुको सहभागीतामा मूर्ति अनावरण गरिएको हो ।

बुटवलको जितगढी र पाल्पाको नुवाकोटलाई जोडेर सामरिक र पर्यटकीय गन्तव्यका रुपमा विकास हुने गरि पूर्वाधार विकासमा भैरहेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बताए । नुवाकोटमा प्रतिमा र पार्क निर्माण यहाको ईतिहासबारे अध्ययन अवलोकन गर्ने स्थलका रुपमा विकास गर्नुपर्ने उनले बताए ।

युद्धमा प्रयोग भएको यो मार्ग नुन बोक्ने बाटो समेत भएको भन्दै ऐतिहासिक मार्ग निमार्णपछि अहिले महत्वपूर्ण काम भएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । युद्धमा नेतृत्व गरेका उजिरसिह थापाको योगदान स्वरुप मूर्ति राख्न सफल भएको उनले बताए । यस क्षेत्रको विकासबाट स्थानीय बासिन्दाको जीवनस्तर माथि उठ्न सहयोग मिल्ने उनले बताए ।

कार्यक्रममा श्री गरुड दल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपानेले नेपाली सेनाले जनहितको कार्य गर्ने नीति अनुसार प्रदेश र स्थानिय सरकारको सहकार्यमा गढी, किल्ला तथा पदमार्ग संरक्षण र संवद्धन गर्ने निति अनुसार काम गर्दै आएको बताए । तिनाउ गाउँपालिका, नेपाली सेना र साईन रेसुंगा बैंकको सहकार्यमा करीब १५ लाख रुपैया लागतमा उजिरसिह थापाको पुर्णकदको मुर्ति स्थापना सम्पन्न गर्न सफल भएको उनले बताए । यसअघि जितगढी –नुवाकोट सिढि मार्ग निमार्ण समेत गरेको थियो । अग्रेज सेनालाई पराजित गरेको बुटवलको जितगढी किल्ला र नुवाकोट गढीसंगै लुम्बिनी प्रदेशका अन्य धेरै सामरिक महत्व भएका स्थलको संरक्षणमा पूर्व पृतनापति उपरथि याम प्रसाद ढकालको परिकल्पना रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?