ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
मासु व्यवसायी संघको अध्यक्षमा विशाल थापा

‘हजारौं किसान र व्यवसायीलाई धोका दिएर निजी कम्पनिलाई दिएको बधशालामा जान्नौंं’

६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार

बुटवल, ६ चैत ।  मासु व्यवसायी संघ रुपन्देहीको १३ औ साधारणसभा तथा ७ औं अधिवेशनबाट विशाल थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार बुटवलमा सम्पन्न अधिवेशनबाट थापा अध्यक्षमा,वरिष्ठ उपाध्यक्षमा विजय शाही, उपाध्यक्षहरुमा रशन बहादुर खत्री, सुनिता थापा क्षेत्री र गोपाल क्षेत्री सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।

त्यस्तैगरी महासचिवमा थानेश्वर सुवेदी, कोषाध्यक्षमा अहमद हुसेन, सचिवमा ऋषिराम राईभाट, सहकोषाध्यक्षमा देवतस् प्रसाद सापकोटा निर्वाचित भएका छन् । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा नरसिंह गिरी, दिपेन्द्र चौधरी, झविन्द्र बहादुर केसी, विष्णु खत्री र विष्णु थापा बिमा थापा, गन कुमारी राना, बिमला थापा,लक्ष्मण प्रसाद श्रेष्ठ,वेद प्रसाद काफ्ले,विष्णु बहादुर जिसी, थानेश्वर पाण्डे र सफि मोहम्मद भाटलगायत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता यमलाल खनालले बताए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले व्यवसायी र उपमहानगरबीच सहकार्य गरेर उपभोक्तालाई स्वच्छ मासु दिनुपर्ने बताए । अध्यक्ष चुरामणि घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका पशुपन्छी शाखा प्रमुख डा झविन्द्र बञ्जाडे, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक,रुपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष हरि बहादुर खत्री,उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी लगायतले मन्तव्य राखेका थिए ।

हजारौं किसान र व्यवसायीलाई धोका दिएर निजी कम्पनिलाई दिएको बधशालामा जान्नौंं :  अध्यक्ष थापा

संघका नवनिर्वाचित अध्यक्ष विशाल थापाले खसी बोका पालनमा लागेका हजारौं किसान र बुटवलमा वर्षौंदेखि व्यवसाय गरेका मासु व्यवसायीलाई धोका दिएर उपमहानगरपालिकाले निजी कम्पनीलाई टेण्डरका नाममा बधशाला सुम्पिएकाले आफूहरु यथास्थितिमा उक्त वधशालामा खसी बोका र कुखुरा बध गर्न नजाने स्पष्ट पारे । ‘हामीसंग सय पटक भन्दा बढी छलफल र संवाद गरी वधशाला चलाउन दिने करिब टुंगो लागेको बेला एकाएक टेण्डरका नाममा निजी कम्पनीलाई दिएपछि किसान र वर्षौंदेखि काम गरेका व्यवसायीमाथि धोका र अन्याय भएको महसुस गरेका छौं’–थापाले भने–‘लक्षित वर्ग हजारौं किसान र  सयौं व्यवसायीलाई पाखा लगाएर मासु सम्बन्धी अनुभव नै नभएको प्राइभेट कम्पनीलाई दिएपछि बधशाला स्थापनाको मर्म र उद्देश्यमाथि प्रहार भएपछि हामी जबरजस्ती निर्देशन दिएको भरमा त्यहां जान्नौं ।’ जनस्वास्थ्यको बहाना बनाएर उपमहानगरपालिकाको नेतृत्वले निश्चित व्यापारी पोस्ने उद्देश्य देखिएकाले बुटवलका व्यवसायीले अन्याय महसुस गरी बधशालालाई सहयोग गर्न तयार नभएको अध्यक्ष थापाले बताए ।
संघमा आवद्ध व्यवसायीले आफ्नै पहलमा छुट्टै वधशाला निर्माणको पहल पनि थालिसकेको र समग्र मासु व्यवसायलाई गुणस्तरीय बनाउन सहकारी संस्थामार्फत पनि व्यवसाय स्तरोन्नति गर्ने तयारीमा रहेको बताए । बधशाला सञ्चालनमा साझेदारी हुन पाइने आशामा विभिन्न सहकारीमा आवद्ध हजारौं महिलाहरु इन्भेस्टमेन्ट कम्पनी स्थापना गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा खसी बोका पालनमा डूलो रकम लगानी गरेका थिए । तर उपमहानगरले टेण्डरमार्फत अर्कैंलाई बधशाला चलाउन दिएपछि ती महिला किसानहरु र व्यवसायीहरु उपमहानगरसंग रुष्ट भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?