ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

भन्सारले भेट्टाएन लक्ष्यको अर्बौं राजस्व !

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

भैरहवा, ५ चैत । भैरहवा भन्सार कार्यालयले राजस्व संकलनमा लिएको लक्ष्य भेट्टाउन नै मुस्कील देखिएको छ । २०८१ साल साउन महिना नयाँ आर्थिक वर्ष सुरुवात भएपछि भन्सार राजस्वको लक्ष्य भन्दा संकलन कम रहेको छ । भन्सारमा आयात कम हुँदा भन्सार कार्यालयले लक्ष्य भेट्याउन नसकेको हो । साउन महिनामा ८ अरब २९ करोडको लक्ष्य लिएकोमा ६ अरब ४९ करोड राजस्व संकलन भएको छ । यो जम्मा ७८.३० प्रतिशत भएको भन्सार कार्यालयले जनाएको छ ।

त्यसैगरी भदौ महिनामा भन्सार कार्यालयले १० अरब २६ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा जम्मा ६ अर्ब ८६ करोड जम्मा ६६.८९ प्रतिशत राजस्व संकलन भएको छ । असोज महिनामा १२ अरब ३३ करोड भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य लिएकोमा ९ अरब ०.४ करोड, ७३.३२ प्रतिशत संकलन भएको छ । कार्तिक महिनामा १० अरब ६८ करोड लक्ष्य लिएकोमा जम्मा ४ अरब ४९ करोड जम्मा ४२.०९ प्रतिशत राजस्व संकलन भएको तथ्यांक रहेको छ ।
मंसिर महिनामा १० अरब ८७ करोड लक्ष्य लिएकोमा ६ अरब ०.६ करोड राजस्व संकलन भएको छ । यो जम्मा ५५.७७ प्रतिशत हो । पुस महिनामा भन्सार कार्यालयले १० अर्ब ६८ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा ६ अरब १९ करोड जम्मा ५७.९४ प्रतिशत राजस्व संकलन भएको पाइएको छ । माघ महिनामा १० अरब ४८ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा ६ अरब ४० करोड, जम्मा ६१.०७ प्रतिशत राजस्व संकलन भएको छ । त्यसैगरी फागुन महिनामा १० अरब ९९ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६ अरब ७९ करोड राजस्व संकलन भएको छ । यो जम्मा ६१ प्रतिशत हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले गत वर्षको तथ्यांक विश्लेषण गर्दा यस वर्षमा आयातित माल वस्तुको परिणामहरू त्यसबाट प्राप्त हुने राजस्व सबै बिश्लेषण गर्दा नाकाबाट आयात हुने सामान घटेका कारण लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताए । यस नाकाबाट जाँच पास हुने विशेष बस्तुहरू मोटरसाइकलहरू, जिपहरू, कारहरू, भ्यानहरू, मार्बलहरू, टायल्सहरू, डिजेल पेट्रोल लगायतका सामानको आयात घटेकाले राजस्व संकलन घटेको गौतमले बताए ।

आयात आषातितरूपले बढ्न नसकेको कारणले नै घटेको अवस्था छ केही चोरी तस्करीका कारण पनि भन्सार राजस्व घटेको छ । गौतम भन्छन्, “समग्रमा जाँच पास भएर जाने सामानहरू चोरी पैठारी भएर जाने प्रकृतिका छैनन । विशेषगरी कार, जीप, भ्यान, मार्वल टायल्स, पेट्रोल, डिजेल चोरी पैठारी भएर जाँदैनन । कम मात्रामा सामान आएकाले राजस्व संकलन नै कम भएको हो ।” भन्सार कार्यालयले लक्ष्य बमोजिम राजस्व संकलनका लागि सीमा नाकामा कडाई गर्ने, निरन्तर गस्ती गर्ने, आन्तरिक कामहरू गर्ने र भन्सार जाँच पासलाई सरलीकरण गर्ने शिघ्र सेवा दिने लगायतका काम गरेको गौतमले बताए । आगामीदिनमा लक्ष्य अनुसार राजस्व संकलन हुने कार्यालयको अपेक्षा रहेको उनको भनाइ थियो ।
भन्सार एजेन्ट महासंघका वरिष्ठ उपाध्यक्ष प्राचिन थैवले भन्सारमा लक्ष्य अनुसार राजस्व संकलन नहुनु कोरोना पिरियडपछि आर्थिक मन्दीका कारण यो अवस्था सम्म आएको बताउँछन् । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु पन्थीले भन्सार कार्यालय, उद्योगी ब्यावसायी र भन्सार एजेन्ट संघ बीच समन्वय गरी सरकारले लिएका नीति नियम अनुसार राजस्व बुझाउन सहकार्य हुने बताउँछन् ।
भन्सारमा १२ सय ५३ र उप शीर्षक ९७ भाग भएकाले जाँच तथा सफ्टवेरका काममा समेत एजेन्टले उद्योगी, ब्यवसायीहरूलाई सहजीकरण गर्ने पन्थीको भनाई छ ।

राष्ट्रिय भन्सार एजेन्ट परिषद रूपन्देहीका अध्यक्ष सुर्य नारायण अर्यालले राज्यले लिएको नीतिमा राजस्व बृद्धि गर्ने, राजस्व उठ्ने र राजस्व नउठ्नेमा मुख्यतयाः तीनवटा कुराले भूमिका खेल्ने बताउँछन् । पहिलो राज्यको नीतिले, दोस्रो उद्यागीको मनोबल र उपभोक्ताको उपभोग्य तरिकाले निर्धारण गर्ने अर्यालले बताउँछन् । हामीसंग उपभोक्ता ब्यावसायी र राज्यको नीति एकै तरिकाले राज्यको नीति एकै तरिकाले लक्ष्य प्राप्तीका लागि बढी समन्वय गरेमा प्रभाव पर्न सक्ने अर्यालको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउने पिँढी देश बाहिर भएको अर्याल बताउँछन् । बाहिरबाट रेमिट्यान्स आएपनि लक्जरियसमा मात्रै बढी खर्च भएको छ भन्सार उठेपनि अर्थतन्त्रलाई टेवा नदिने अध्यक्ष अर्यालले बताए । युवा पलायन रोक्नुपर्यो अहिले ब्यवसायी असुरक्षित महसुस गरेको अवस्था छ र पनि सबै स्वच्छ ब्यवसायी छैनन् अर्यालले भने, गलत मनसायले ब्यापार गर्ने गरेका छन् । त्रिपक्षीय सहयोग भएमा बल्ल अर्थतन्त्र सहि ठाउँमा आउँछ अर्यालले भने ।

भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी नरेन्द्र चौधरीले फागुन महिनामा लक्ष्यको ६१ प्रतिशत भन्सारले लक्ष्य हासिल गरेको बताउँछन् । भन्सार कार्यालयबाट सामानहरूको कम आयात हुँदा लक्ष्य पुर्याउन नसकिएको चौधरीले बताए । भैरहवा भन्सार कार्यालयमा टप टेन राजश्व संकलन हुने सामानहरू गाडी, मोटरसाइकल, पेट्रोल, टायल, मार्बल, एलपी ग्याँस, डेलिभरी भ्यान, इलेक्ट्रीक भ्यान लगायतका सामग्रीहरूबाट राजश्वमा योगदान हुने गरेको बताए । त्यसैगरी भैरहवा भन्सार कार्यालयमा ४०÷४५ जना भन्सार एजेन्ट भएको बताउँदै चौधरीले ब्यापारीले सहजकिरणका लागि भन्सार एजेन्ट मार्फत सामान आयात गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?