ट्रेंडिंग:

>> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार भोलि र पर्सी बन्द रहने >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै

पूर्वीय संस्कार सिकाउन संस्कृत शिक्षा अनिवार्य

४ चैत्र २०८०, आईतवार
४ चैत्र २०८०, आईतवार

शिक्षाको मुख्य उद्देश्य त्यो हो– जसले मानवलाई सभ्य, सुसंस्कृत अनि समुन्नत बनाउन सहयोग पु¥याउँछ । आत्मविश्वासी र स्वावलम्बी बनाउँछ तर शिक्षाको आधुनिकीकरण गर्ने नाममा हामीले आफ्नो मौलिकपन गुमाउँदै गयौं । हामी आफ्नो पूर्वीय संस्कार र संस्कृति बिर्सिएर अरूको देखासिकीमा रमाउन थाल्यौं । जसका कारण हामी कागजका फूलजस्ता भयौं । शिक्षा आँखाको ज्योति हो । यो बिना मानवको जीवन अन्धकारमय हुन्छ । मानव जीवनलाई सफल र समुन्नत बनाउनका लागि हाम्रा मौलिक संस्कार र संस्कृतिलाई शिक्षासंग जोड्नु अत्यन्तै आवश्यक देखिन्छ । औपचारिक शिक्षा प्रदान गर्ने मूल थलो विद्यालय हो । विद्यालय शिक्षाको पाठ्यक्रम, उक्त पाठ्यक्रमलाई विद्यार्थीसम्म पु¥याउने शिक्षकमा हुनुपर्ने संस्कार एवं विद्यालयको समग्र शैक्षिक वातावरणको प्रभाव विद्यार्थीहरूमा पक्कै पर्छ । हाम्रा प्राचीन मौलिक संस्कार एवं संस्कृति समेटिएका पाठ्यक्रम र पाठ्यपुस्तकहरू विद्यार्थीको झोलामा छैनन् । केवल अङ्ग्रेजी भाषामा लेखिएका वृहत् ठेलीहरू जबरदस्त बोक्न बाध्य बनाइएको छ । नीति, आदर्श र हाम्रा भव्य संस्कृतिका ग्रन्थहरू न त शिक्षकको दैनिक पाठयोजनामा परेका छन् न त विद्यार्थीहरूको घर परिवारमा पढाइएको छ । यस धर्तीमा जन्म दिने मातापिता, आफू जन्मिएको माटो र असल ज्ञान दिने गुरु संसारमा सबैभन्दा पूजनीय हुन्छन् भन्ने हाम्रो पुूर्वीय शिक्षालाई नयाँ पुस्ताका विद्यार्थीहरूमा पु¥याउन नसक्नु पक्कै पनि हाम्रो कमजोरी हो । बिहान प्रातः कालमा उठ्ने, मातापिताको चरण स्पर्श गरेर दिनको सुरुवात गर्ने, आफ्ना इष्टदेवको स्मरण गर्नेजस्ता कुराहरू पाठ्यक्रममा समेटिन नसक्नु हामी सबैको दुर्भाग्य हो । वाल्मीकि रामायणमा भनिएको पनि छ :

अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।

अर्थात्, हे ! लक्ष्मण ! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन । किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन् ।
विद्यालयको पाठ्यक्रमबाट संस्कृत विषयलाई अनिवार्य विषयका रूपमा समावेश नगरिनु बरु पाश्चात्य धर्म, दर्शन, संस्कृतिको अनुसरण गर्न प्रोत्साहित गर्नुले पनि भयावह अवस्था सिर्जना गरेको हो भन्न कुनै कन्जुस्याइँ गर्नुपर्दैन । हाम्रो प्राचीन भाषा संस्कृतलाई निकम्मा र हाम्रा मौलिक परम्पराहरू तुच्छ र औचित्यहिन छन् भन्ने दुष्प्रचार गर्ने प्रवृत्ति पनि यहाँको माटोको हितमा छैन । विदेशीहरूले हाम्रो भव्य संस्कृतिका विरुद्ध गरेका कुप्रचारहरू हाम्रा लागि अत्यन्तै मधुर लाग्नुले हाम्रो यात्रा क्रमशः अधोगतितर्फ उन्मुख भएको पुष्टि हुन्छ । असल गुरु र मित्रको ज्ञानले आफूमा भएका आधा अवगुण नष्ट हुन्छन्, त्यसैले शिक्षासँगै सङ्गतमा पनि ध्यान दिऊँ । असल शिक्षक र मित्रले असल व्यवहार, अनुशासन, नियत र सर्वहितको कार्यमा लाग्न उत्साहित गराउँदछन् । असल गुरु र असल मित्रले गलत ढङ्गका आचारविचारलाई हटाई राम्रो जीवन उपयोगी मार्गमा पाइला चाल्न सिकाउन तनमनले लागेका हुन्छन् । कुनैपनि देशलाई कमजोर बनाउँदै त्यसको अस्तित्व समाप्त पार्नु छ भने अणु र एटम बमको प्रयोग गर्नुपर्दैन । त्यहाँको भाषा र संस्कृतिमाथि प्रहार गरे पुग्छ । अहिले नेपाली संस्कृतिको जननी पूर्वीय संस्कृतिका विरुद्धमा जे भइरहेको छ; समय सापेक्षताका लागि होइन स्वार्थपूर्तिका लागि भइरहेको छ । संसार हाक्ने पूर्वीय दर्शनका हकदारलाई पश्चिमी दासहरूले पैसाकै आड भरोसामा हामीलाई पिडा दिइरहेका छन् । शासनसत्ता र कुत्सित राजनीतिको बुई चढेर हाम्रो आस्थामाथि प्रहार गरिएको छ ।

पूर्वीय सभ्यताको जननी संस्कृत भाषा, संस्कृति अनि साहित्यलाई हामीबाट खोसेर उनीहरूले आफ्नो बैभव बनाइरहेको सन्दर्भ निकै डरलाग्दो देखिन्छ । यहाँ हामीलाई उल्टै अंग्रजीको हाउगुजी देखाएर दास बनाइरहेछन् । यो कुरोको चिरफार हुन ढिलो भइसकेको छ । हामी त यति ठूलो भ्रममा छौं नि, अंग्रेजी जान्नु भनेको महाज्ञान जान्नु हो भने अंग्रेजी नजान्नु भनेको गँवार हुनु हो, केहि नजान्नु हो । हामीलाई यस्तो बेकारको भेडो बनाउनका लागि उनीहरूको ठूलो लगानी छ । व्यवस्थित लगानी छ । रहस्यको गहिरो राजनीति छ । माहोल यस्तो बनाइएको छ कि हामी अंग्रेजीको हाउगुजीले त्रस्त छौं र आफ्ना नानीबाबुलाई अंग्रेजीमात्रै जान्ने बनाउन ध्याउन्नमा दिनरात लागिपरेका छौँ । हाम्रा मौलिक पर्वहरू र संस्कृति भन्दा आयातित पर्व एवं सँस्कृतिको मोह गर्ने विद्यार्थी बनायौं । आखिर आफ्नोजति बिर्सिएर अरूकै पछि दौडन अभ्यस्त बनायौं ।
अहिलेको पाठ्यक्रमले विद्यार्थीहरूमा आध्यात्मिक चेतना प्रवाह गर्न सकेको देखिदैन । आध्यात्मिक चेतना प्रवाह गर्न नसकेकै कारण तथा भौतिक सुख सुबिधालाई सर्वस्व मान्न लगाईएका कारण पछिल्लो पुस्ताका युवाहरूमा विदेशमोह बढ्दै गएको देखिन्छ । कोहीपनि युवा स्वदेशमा बसेर यहीँको माटोलाई सिंगार्ने सोच नराख्नु, आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिको माया गर्नुको साटो अपब्याख्या गर्ने प्रवृतिले देशको राष्ट्रियता, स्वाधीनता नै खतरापूर्ण अवस्थामा पुगेको छ । हाम्रै माटोमा रहेका औषधीय गुणले युक्त विभिन्न प्रकारका जडीबुटीहरूको व्याख्या गरिएको आयुर्वेद , शरीर र मनलाई जोड्न सिकाउने योगशास्त्र, पूर्वीय आदर्श एवं भव्य परम्पराका साक्षीका रूपमा रहेका पौराणिक सन्दर्भहरू, विश्वले नै उत्कृष्ट दार्शनिक ग्रन्थका रूपमा स्वीकार गरेको श्रीमद्भागवत् गीताजस्ता सामग्रीहरूलाई विद्यालयको पाठ्यक्रममा समेट्न सकियो भनेमात्रै ऋषिमुनिहरूले स्थापना गरेको गुरुराष्ट्र नेपालले गुमाएको छविलाई पुनः स्थापित गर्न सक्छ, अन्यथा आफ्नोपन गुमाएको पराधीन र कमजोर राष्ट्रमै सीमित रहने पक्कै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?