ट्रेंडिंग:

>> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

बुटवलः हिजो, आज र भोली

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

बुटवलले परिवर्तनको एउटा लामो कालखण्ड पार गरिसकेको छ । चुरेको काखमा तिनाउ नदीले सिंचित बुटवल प्राग ऐतिहासिक कालदेखि नै मानव बसोबास र चहलपहलको थलो रहेको कुरा बुटवल नजिकै दोभानमा पाईएको आदिमानव रामापिथेकसको एक करोड ४० लाख वर्ष पुरानो बंगाराको अवशेषबाट पनि पुष्टि हुन्छ । तिब्बतदेखि पाल्पासम्म कालीगण्डकी नदीले बनाएको खोंच अनि पाल्पादेखि तराईसम्म तिनाउ नदीले बनाएको खोंचको बाटोले भारतको गंगाको समथर भूभाग र तिब्बती पठार तथा चीनलाई जोड्ने भएकोले बुटवलले भारत र चीनलाई जोड्न सक्ने स्थान बनेको देखिन्छ । यहि स्थानमा हजारौ वर्षदेखि मानिसहरूको उपस्थिति रहेको विश्वास गर्न सकिन्छ । तिनाउ पश्चिमको बजारलाई बटौली भन्ने गरिन्छ । बुद्धावलीदेखि बुटावली हुँदै शब्द अपभ्रंश भएर बटौली बनेको तथा तिनाउ पूर्वको भाग शाक्यहरूको वस्ती शकालय हुदै खसालय अनि खस्यौली बनेको योगी नरहरिनाथ लगायतका विद्वानहरूको मत छ । कर्णाली प्रदेशको खस राज्यका राजाहरू बोधगया र लुम्बिनी तीर्थयात्रामा आउने क्रममा बसेको स्थान भएकोले खसालय हुँदै खस्यौली बनेको हुनसक्ने एकथरिको राय छ ।
बटौलीलाई कहिलेदेखि बुटवल भन्न थालियो भन्ने ठ्याक्कै कुनै प्रमाण भेटिदैन । वि.सं. १८७० बैशाख मा अमरसिंह थापाले पाल्पाबाट श्री ५ गीर्वाणयुद्ध विक्रम शाहलाई लेखेको अर्जिपत्रमा बुटवललाई ’बुटवली’ भनेर लेखिएको छ भने सोही समयको अर्जिपत्रमा बुटवललाई जिल्लै बुटौल भनेर लेखिएको छ । कर्णेल उजिरसिंह र नेपाल सरकार विचमा आदान प्रदान भएका पत्रहरूमा भने बुटवल नै लेखिएको छ । राणाकालमा बुटौल, बुटोल, बुटवल शब्दहरूले बुटवललाई जनाएको देखिन्छ । नेपालको इतिहास कोर्नें पश्चिमा इतिहासकारहरूले पनि विभिन्न समयमा फरक किसिमले बुटवललाई लेखेका छन् । नेपालको इतिहास कोर्ने पहिलो विदेशी व्यक्ति KIRK PATRICK ले इ.सं. १८११ मा लेखेको आफ्नो पुस्तक “AN ACCOUNT OF THE KINGDOM OF NEPAUL मा बुटवललाई Bootoul or Bootwal भनेर लेखेका छन् । नेपाल अंग्रेज युद्धको बेलामा अंग्रेज अधिकारीहरूले गरेका पत्राचारमा र त्यसपछि विदेशी लेखकहरूले लेखेका पुस्तकहरूमा BUTAUL, BUTAWAL, Betul, Butwal भनेर नै लेखेको पाइन्छ ।

बदलिँदो प्रशासनिक पहिचानः
लामो समयसम्म बुटवल एकीकृत पाल्पा राज्यको एउटा भूभागको रूपमा रहेको थियो । मणिमुकुन्द सेनको मृत्युपछि राज्य विभाजन हुँदा विनायक सेनले बुटवल राज्य पाए । उनले आफ्नो राज्यको नाम परिवर्तन गरि विनायकपुर नामाकरण समेत गरेका थिए । वि.स. १८६४ सम्मपनि बुटवललाई विनायकपुर् भन्ने गरिएको बुटवलस्थित श्री ७ नारायण मन्दिर अगाडीको श्री ५ गिर्वाणयुद्ध बिक्रम शाहको शिलालेखबाट थाहा हुन्छ । विनायक सेनपछि जसु सेन, दामोदर सेन, बलभद्र सेन र अम्बर सेन क्रमशः बुटबलमा राजा भएका देखिन्छन् । अम्बर सेनकोे शासन कालमा विभाजित पाल्पाका राजा त्रिलोकसेन निसन्तान भएको हुँदा यिनले सो राज्यलाई बुटबल राज्यमा मिलाएका थिए ।

अम्बर सेनपछि गन्धर्व सेन, पाल्पाका राजा भए । गन्धर्व सेनले आफ्नो छोरी कौशिल्यावतीको विवाह गोरखाका राजा नरभूपाल शाहसंग गरिदिएका थिए । उनैको कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.स. १८०९ मा मुकुन्दसेन द्वितीय र १८३९ मा महादत्त सेन पाल्पाका राजा बने । महादत्त सेन आध्यात्मिक भएकोले योगीहरूलाई सम्मान गर्थे । उनको समयमा प्रभु स्वामीनारायण भनिने निलकन्ठ वर्ति बुटवलमा रहेको उनको दरबारमा आएका थिए । महादत्त सेनपछि पृथ्वीपाल सेन पाल्पाका अन्तिम राजा रहे । सेनकालमा बुटवलको प्रशासनिक हैसियत अस्थिर रहेको देखिन्छ । पाल्पा राज्यको अस्तित्व रहँदासम्म बुटवल बजार रहेको कुनै प्रमाण भेटिदैन । बुटवल बजार नबनिसकेको भएपनि भारतका भूभागबाट पहाडका मुख्य राज्यहरूमा जाने, तिब्बत र मुक्तिनाथ जाने प्रमुख बिन्दु बुटवल भएको विलियम कर्कप्यात्रिकले सन् १८१३ मा प्रकाशित आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । पाल्पा राज्य नेपालमा एकीकरण भएपछी लामो समयसम्म बुटवलको स्वामित्वलाई लिएर नेपाल र अंग्रेजवीचमा विवाद भएको थियो । बुटवलको व्यापारिक र सामरिक महत्व बुझेकाले अंग्रेजले बुटवललाई आफ्नो कब्जामा राख्न अधिकतम प्रयास गरेको थियो । बुटवलमा अग्रेजले हार खाएको र मेची पूर्व र काली पश्चिमका भाग पाउने भएपछि अंग्रेजले बुटवल माथिको दावी छोडेको थियो । यो युद्धपछि बुटवलमा सेना बस्न थालेको र क्रमशः बजारका संरचनाहरू बन्दै गएको देखिन्छ ।

राणाकालमा बुटवलः
नेपाल अंग्रेज युद्धपछि ब्रिटिश सेनामा नेपालीहरू भर्ति हुन थाले । बुटवल हुँदै गोरखपुर पुग्ने लाहुरेहरूको लर्कोले पनि बुटवललाई चलायमान बनाउन थाल्यो । बुटवल हुँदै चौरीको पुच्छर, जडिबुटी, घ्यु, चामल भारत निर्यात हुने गरेको ब्रिटिश–अवधका दस्तावेजहरूमा पाइन्छ । राणाकालको शुरुवातदेखि नै बुटवलले शक्तिकेन्द्रको रूप लिदै गएको थियो । भारतमा सन् १८५७ मा भएको सिपाही विद्रोहको समयमा भागेर आउने चर्चित विद्रोही नेता, राजा तथा उनको परिवार र सिपाहीहरूलाई बुटवलले शरण दिएको थियो । उनीहरूमध्ये धेरैजना आममाफी पाएर भारत फर्किए, केहीलाई जंगबहादुर राणाले शरण दिएर नेपालको विभिन्न भागमा राखेका थिए । त्यतिबेला आएका केहि व्यक्तिहरू बुटवल छेउछाउ बस्न थालेका थिए ।

राणाकालमा प्रशासनिक इकाईलाई व्यवस्थित पार्ने क्रममा वीर शमशेरले आफ्नो प्रधानमन्त्रीत्व कालमा चौधरी प्रथा खारेज गरि तराईमा चारवटा गोश्वारा सिर्जना गरेका थिए । उक्त चारवटा गोश्वारांमध्ये बुटवललाई ’बुटोल टप्पा’ (पाल्ही, माझखण्ड, सिवराज, तौलिहवा) भनेर उल्लेख गरिएको थियो । वि.स २०१८ सम्म बुटवल जिल्ला भनेर पाल्ही, माझखण्ड, स्युराज खजहनी ईलाकालाई समावेश गरिएको थियो । दाउन्नेदेखि शिबराजसम्मको भूभाग बुटवल जिल्लाले समेटेको थियो । वि.स. १९४० को पूर्वार्धसम्म तिनाउ पश्चिमको क्षेत्रमा मौसमी बजार थियो । भारतबाट सामान लिएर आउने र पहाडबाट आफ्ना उत्पादन बेचेर सामान किन्न आउनेहरू हिउँदमा बुटवलमा जम्मा हुन्थे, केहि महिना चलेर बजार बन्द हुन्थ्यो । बि.स. १९४२÷४३ तिर पाल्पाका कमान्डर इन चिफ खडग समशेरले बुटवललाई स्थायी बजार बनाउने उद्देश्यले सेठ नारायण प्रसादलाई जिम्मा दिएपछि उनले व्यापारीहरू बोलाउने र स्थायी रूपमा राख्ने गर्न थाले । जसले गर्दा बटौली बजार स्थायी बन्न सक्यो । वि.स. १९५६ तिर बुटवल बजार चौतारा अड्डा स्थापना भयो । यसले बजारलाई व्यवस्थित बनाउने काम ग¥यो । १९८७ तिर तिनाउ पश्चिमको बुटवललाई तिनाउ पूर्व सार्नको लागि योजनाहरू शुरु गरियो, त्यसको लागि सडक निर्माण, झोलुंगे पुल निर्माण, खानेपानी आयोजना संचालन, टकघरको स्थापना जस्ता कामहरू भएका थिए ।

२००७ सालको परिवर्तनपछि बुटवल फैलिन शुरु गरेको थियो । वि.स. २०१६ सालमा बुटवल–खस्यौली नगरपालिकाबाट बुटवलले औपचारिक रूपमा नगरको हैसियत प्राप्त गरेको हो । २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था विघटन गरेपछि यसको नाम पनि फेरियो र बुटवल खस्यौली नगरपंचायत राखियो । त्यतिबेला यसको क्षेत्रफल पूर्वमा बेसक्याम्प, पश्चिममा जीतगढी, उत्तरमा चिडिया रामफेदी र दक्षिणमा जोगीकुटीसम्म फैलिएको थियो । पंचायतकालमा बुटवलले अंचल सदरमुकाम बन्ने अवसर पाएको थियो । २०४६ सालमा नगरपंचायत खारेज भयो र यसको नाम बुटवल नगरपालिका रहन गयो भने पश्चिममा यसको क्षेत्रफल तामनगरसम्म पुग्यो । वि.स. २०७१ सालमा छिमेकी सेमलार र मोतिपुर गाविसलाई गाभेर बुटवल उपमहानगरपालिका बनाईएको छ । अहिले यसको क्षेत्रफल १०१.६१ वर्ग किमी रहेको छ ( पहिले ७९.५३ वर्ग किमी थियो) ।

विकासे फड्कोः
बुटवल बजारले डेढ सय वर्षको बाणिज्य केन्द्रको यात्रा पूरा गरेको भएपनि अघिल्ला करिब ९० वर्ष बुटवलले विकासको महसुस गर्न पाएको थिएन । बजारको स्थापना र विस्तार, झोलुंगे पुलको निर्माण, डिस्पेन्सरी स्थापना, बुटवल–सुनौली कच्ची सडक, सिमित क्षेत्रमा खानेपानी वितरण, महावीर पुस्तकालय, बुटवल हाईस्कूल, परोपकार औषधालय, टक्सार स्थापना वि.स. २०२० अघिका विकासे उपलब्धिहरू हुन्न् । खस्यौलीतपÞर्m बजार सरेपछि पुरानो बटौली ओइलाउदै गएपनि बुटवल बजार समग्रमा पछि फर्कनु परेको छैन । सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गको निर्माणले बुटवललाई देशको अन्य भूभागसंग जोड्दै लग्यो, ब्यापार उद्योग र शिक्षाको केन्द्र बनेपछि आर्थिक सामाजिक रूपमा बुटवल देशको सबै क्षेत्रसंग जोडिदै गएको छ । देशकै प्रमुख शहर मध्येको एक बुटवलले लामो समय लुम्बिनी अंचलको सदरमुकाम बन्ने अवसर पाएको थियो भने देश संघीयतामा गएपछि केही समय प्रदेशको राजधानी बन्ने अवसर समेत पाएको थियो । वि.सं. २०२० दशकसम्म तिनाउ पश्चिममा सिमित बजारलाई तिनाउ वरपर फैलाउन र बुटवललाई देशकै ठूला नगरहरूको स्थानमा पु¥याउन १९८५ देखि यताका विकास निर्माण कार्य र शैक्षिक संस्थाहरूको स्थापनाले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यस्ता कार्यहरूमध्ये बटौली र खस्यौलीलाई जोड्ने झोलुंगे पुलको निर्माण, खस्यौली–सुनौली ग्राभेल सडक निर्माण, २०२० को दशकमा सिद्धार्थ राजमार्गको निर्माण तथा सुनौली बुटवल पोखरा यातायात संचालन, बुटवल बहुमुखी क्याम्पसको स्थापना, बुटवल टेक्निकल इन्स्टिच्युटको स्थापना, साप्ताहिक हाटबजार, घ्युफैक्ट्री, प्लाईउड फैक्ट्री र औद्योगिक क्षेत्रको स्थापना, पूर्व पश्चिम राजमार्ग निर्माण र संचालन संचालन अनि माओबादी द्वन्दको कारण पहाडदेखि तराईमा भएको उच्च बसाईसराईले बुटवललाई घना र विस्तारित बनाउन मुख्य भूमिका खेलेको देखिन्छ ।

राणाकालमा बुटवल व्यापारिक थलो मात्र रहेकोमा त्यसयता बसोबासको थलो समेत बनिरहेको छ । वि.स. २००७ पछी बुटवलको जनसंख्या तीव्र वृद्धि भैरहेको छ । बि.स. २०११ सालमा बुटवलमा ६१९ परिवार र जनसंख्या २८९७ रहेकोमा बि.स. २०७८ मा बुटवलमा ५०५५६ परिवारमा १९४३३५ मानिसहरू रहेका छन् र यहाँको जनसंख्या वृद्धिदर ३.२३ प्रतिशत छ, जुन राष्ट्रिय जनसंख्या वृद्धिदर भन्दा साढे तिन गुणा बढी हो । राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवलमा ७२ जातजातिको बसोबास रहेको छ, जसले बुटवललाई बहुसास्कृतिक नगर बनाएको छ । २०७८ को जनगणना अनुसार उमनपाका ६ वटा वार्डहरू अर्ध सहरी र १३ वटा वार्ड सहरी प्रकृतिका छन् । अव्यवस्थित शहरीकरण, कृषि भूमिको खण्डिकरण, प्राकृतिक विपत्ति– बाढी, पहिरोको जोखिम, पूर्वाधार निर्माणमा ढिलासुस्ती, पहाडी क्षेत्रमा जनसंख्या घट्ने र बजार सर्ने क्रमले बुटवलमाथिको निर्भरतामा कमी, रोजगारीका क्षेत्रमा भारतीयहरूको बढ्दो उपस्थिति, विदेश पलायन, प्रदुषण र छाडा चौपाया, सार्वजनिक जग्गा, नदी उकास जग्गामा अतिक्रमण, घट्दो हरियाली जस्ता कारणले बुटवलको विकासमा चुनौती दिइरहेका छन् । राजधानी सरेको पिरमा बुटवल केही मुर्झाएको देखिएको छ । तरपनि तिनाउ नदी, बुटवलको शिरको रूपमा रहेको चुरे पहाडमा रहेको वन तथा यहाँको ऐतिहासिक सम्पदा, यातायातको सहज पहुँच, पहाडी क्षेत्रको प्रस्थानविन्दु जस्ता कारण बुटवल पर्यटन, उद्योग र वाणिज्यको केन्द्र रहिरहन सक्छ । चुनौतीहरूलाई सामना गर्ने र दिगो विकासका योजनाहरू लागू गर्दै गएमा बुटवल व्यवस्थित शहर बन्ने कुरामा शंका गनु पर्दैन् । यसको भौगोलिक र जनसांख्यिक फैलावटलाई उचित ढंगले सम्बोधन गर्न सकेमा केहि वर्षमा बुटवल महानगर बन्नबाट कसैले रोक्न सक्दैन ।
(बुटवल टुडेद्वारा आयोजित ’बुटवल हिजो, आज र भोली’ विषयक अन्तरक्रियामा प्रस्तुत कार्यपत्रको सम्पादित अंश)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?