ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

तिलोत्तमा व्यापार संघले बनायो ३ वर्षे कार्ययोजना

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

तिलोत्तमा ।

आगामी ३ वर्षका लागि कार्ययोजना निर्माण गर्दै तिलोत्तमा व्यापार संघको दुई दिने कार्यशाला गोष्ठी पाल्पामा सम्पन्न भएको छ ।

कार्यशालाले व्यापकरुपमा सदस्यता विस्तार गर्ने र ३ हजार सदस्य बनाउने, उद्योगी व्यवसायी सदस्यहरुको समस्या बुझ्ने र समाधानका निम्ती घर दैलो गर्ने, संघमा आवद्ध सदस्यहरुको १ लाख बराबरको दुर्घटना विमा गरिदिने, उद्योगी व्यवसायी सदस्यहरुका लागि स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै व्यवसायीहरुलाई नेतृत्व विकास, व्यवसायी मुखी तालिम गोष्ठी गराई दक्ष बनाउने,. तिलोत्तमा महोत्सव २०८१ भव्य रुपमा सम्पन्न गर्ने, छिमेकी समकक्षी संघ संस्था संग भगिनी सम्बन्ध कायम गर्ने, ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा कार्यलाई नगरपालिका संग सहकार्य गरी अगाडि बढाउने, सचिवालय भवन निर्माण गर्न जग्गा प्राप्तीका लागि सबै पक्ष संग छलफल एवं संवाद गरी प्राप्त जग्गामा सचिवालय भवन बनाउने निर्णय पनि कार्यशालाले गरेको छ ।

उद्योगी व्यवसायी सदस्यहरुलाई परिचय पत्र वितरण गन, वस्तुगत समितिहरुलाई पूर्णता दिई व्यापक परिचालन गर्ने, अस्पताल संग सहकार्य गरी उपचारमा छुटको व्यवस्था मिलाउने, विगतमा गर्दै आएका कार्यक्रमहरुलाई आवश्यकता अनुसार निरन्तरता दिने, बैंक तथा वित्तिय संस्था संग उद्योगी व्यवसायी सदस्यहरुलाई वित्तिय सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गर्ने, महिला उद्यमीहरुका लागि तालिम गोष्ठी गर्ने लगायतका योजना पनि कार्यशालाले तय गरेको छ । कार्यशालाले बनाएका योजना कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यशालामा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले सहजीकरण गरेका थिए । कार्यशाला समापनका अवसरमा संघका संस्थापक अध्यक्ष जेपी कंडेल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल, महासचिव चेतनारायण विश्वकर्मा, कार्यक्रम संयोजक ताराप्रसाद नेपाललगायतले कार्ययोजनालाई कार्यान्वयन गरी संघलाई सुद्धृढ व्यावसायिक संस्थाको रुपमा विकास गर्नुपर्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np