ट्रेंडिंग:

>> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै

सिर्सेनीको ‘कफी कथा’

सिर्सेनीमा ३० घरधुरी मिलेर तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन । त्यहाँका कृषकहरूको प्रत्येक घरमा ५० देखि दुइ हजारसम्म कफीका बोटहरू छन । तीन वर्ष अघि रोपेका बोटहरूले फल दिन शुरु गरेका छन ।
२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

गुल्मी, २५ फागुन

परम्परागत खेती गर्दै आएका यहाँका कृषकको यतिबेला कफी खेती तर्फ आकर्षण बढेर गएको छ । जिल्लाको मदाने गाउँपालिका ३ अन्र्तगत सिर्सेनी, तोरेटाका कृषकहरूको बारी यतिबेला कफीले र हराभरा बनेको छ । त्यस क्षेत्रका कृषकहरूको रोजाई परम्परागत रूपमा मकै र कोदो खेतीलाई छाडेर कफी खेतीमा परेको छ । स्थानीय कृषकहरूलाई कफी खेतीका लागि अनुदान उपलब्ध गराउन शुरु गरेपछि कृषकहरू कफी खेतीमा आकर्षित बनेका हुन । मकै कोदो जस्ता परम्परागत खेती गर्दै आएका कृषकहरूका लागि कफी खेतीले थप आशा जगाएको छ । परम्परागत खेतीबाट बादर, बदेल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आईरहेको अबस्थामा कफी खेती त्यहाँका कृषकहरूकोे लागि सहयोगी बन्न थालेको छ ।

सिर्सेनीमा ३० घरधुरी मिलेर तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन । गत तीन वर्ष अघि गठन भएको उक्त संस्था मार्फत त्यहाँका प्रत्यक घरधुरीमा व्यवसायीक रूपमा कफी खेती शुरु गरिएको छ । त्यहाँका कृषकहरूको प्रत्यक घरमा ५० देखि दुइ हजारसम्म कफीका बोटहरू छन । तीन वर्ष अघि रोपेका बोटहरूले फल दिन शुरु गरेका छन । प्रत्यक वर्ष कृषकहरूले कफी लगाउने क्रम बढ्दो छ ।
सिर्सेनी टोरेटाका कृषक मेघलाल अर्याल त्यस क्षेत्रमा सबै भन्दा धेरै कफी लगाउने कृषक हुन । अर्यालको बारीमा यतिबेला दुइ हजार कफीका बोटहरू छन । चाँडै हुर्किएका कफीका बोटहरूले आम्दानी दिन शुरु गरेको उनले बताए । ‘विगतका मकै र कोदो रोप्दै आएका बारीहरू अहिले सबै कफीले ढपक्क ढाकेको छ’, उनले भने ‘दश रोपनी जग्गामा पुरै कफी लगाएको छु, मैले कफी लगाएपछि अरूलाई पनि हौसला मिलेको छ ।’ उनी जस्तै अर्का कृषक शसीधर अर्यालले पनि शुरुमा बिरुवा हुर्काउन समस्या परेपनि अन्य खेतीको तुलनामा कफी खेतीले आशा जगाएको बताए ।

प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीकी प्रमुख गंगा कुमारी पोख्रेलले व्यवसायीक कफी खेतीको विस्तारका लागि कार्यालयको तर्फबाट विरुवा, मल, सिंचाई, छहारीका लागि नेटजाली लगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको बताईन । त्यसका साथसाथै कृषकहरूलाई कफी पाठशाला मार्फत समय समयमा प्राबिधिक ज्ञान प्रदान गर्ने गरेको उनले जानकारी दिएकि छन ।
जिल्लामा कफी खेतीकमा कृषकहरूको आकर्षण बढे पनि समय समयमा कफीमा देखिने गरेको गवारो, ढुसि, डढुवा आदिका कारण कफीका बोटहरूमा क्षती पुग्ने गरेको कृषकहरूले गुनासो गर्दै आएका छन । समयमै यस्ता प्रकारका समस्याको समाधान गर्न सकेमा जिल्लामा व्यवसायीक रूपमा कफी खेती गर्ने कृषकहरूको संख्यामा उल्लेखनीय रूपमा बृद्धि हुने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण बहादुर खत्रीले बताए । कफी खेतीको अनुगमन गर्न सिर्सेनी पुगेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा पनि सिँगो गाउँमा कृषकहरूको कफीमा देखिएको उत्साहवाट दंग परे ।

कफी उत्पतिको जननी जिल्ला गुल्मीमा अहिले २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिदै आएको छ । जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा ३० मेट्रीक टन कफी उत्पादन भएको थियो । जस अन्र्तगत आठ टन ग्रिनविन मात्र तेश्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुषन्धान केन्द्र लगायतका कार्यालयदेखि स्थानीय तहले कफी खेतीको क्षेत्रमा काम गर्दै आईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?