ट्रेंडिंग:

>> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो >> पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपियाँ घट्यो
बुटवलको पर्यटन प्रर्वद्धघन सम्बन्धी कार्यशाला गोष्ठी

पर्यटनबाटै बुटवलको आर्थिक समृद्धि

२६ पुष २०८०, बिहीबार
२६ पुष २०८०, बिहीबार

बुटवल, २६ पुस । ऐतिहासिक, धार्मिक, सामरिक, पर्यटकिय क्षेत्रहरुको विकास र प्रचारप्रसारबाट बुटवलको आार्थिक समृद्धि गर्न सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । लुम्बिनी प्रदेश सरकार पर्यटन विकास परिषदको प्रवर्द्धन र मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको आयोजनामा विहिबार भएको बुटवलको पर्यटन प्रवर्द्घन सम्बन्धी कार्यशाला गोष्ठीको समुद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा उद्यानका संस्थापक अध्यक्ष भोज प्रसाद श्रेष्ठले पर्यटनबाट नै आर्थिक समृद्धि सम्भव रहेको बताए । धेरै पर्यटन प्रवर्द्धनको विषयमा गोष्ठीहरु भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको उनले औल्याए । राजनितिक ईमानदारीता अभाव हुदा आम नागरिकमा नैरश्यता छाएको दाबी गर्दै उनले राजनिति पछिल्लोसमय बदनाम भएको बताए । अहिले हामी बटौली के हो? बुटवल के हो? तिनाउ नदीको महत्व, यसको ऐतिहासिक पक्ष र दुर्गामी महत्त्व खोज्ने? गौतम बुद्घको क्रिडास्थलका रुपमा सैनामैना, देवदहका विषयमा भएका खोज, जितगढीको बारेमा खोज, जितगढी र पुरातत्वको सम्बन्ध, जितगढी, पुरातत्त्व विभागसंग नगरपालिकाको भुमिका कस्तो हुने? सिद्धबाबा क्षेत्र, यसको महत्व के हो? जस्ता विषयमा खोज र अनुसन्धान अगाडी बढाउने गरि योजना बनाउन जरुरी रहेको उनले बताए । अहिलेसम्म भएका गोष्ठीबाट उठेका कुरालाई थप कार्यान्वयनमा ल्याउन जिम्मेवारी लिने कुरा पनि महत्वपूर्ण छ। आधुनिक विकासको गतिलाई तिव्रता दिन जरुरी रहेको उनले बताए । लुम्बिनी प्रदेशको राजधानी सार्ने काम जोजसबाट भए अब त्यो च्याप्टर सक्नुपर्ने सुझाव दिदै अब राजनितिक दलहरु चुनावी नारामा नलाग्न आग्रह गरे । रुपन्देहीलाई आर्थिक, सास्कृतिक केन्द्रका रुपमा विकास गर्ने सम्भावना रहेको उनले बताए । परिवर्तन र विकास अनिवार्य भएको भन्दै यसलाई रोक्न नसकिने उनले दाबी गरे ।

कार्यक्रममा उद्यानका अध्यक्ष माधव नेपालले बुटवलमा रहेका पर्यटकिय क्षेत्रहरुलाई ब्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा योगदान मिल्ने गरि लिपिवद्घ तरिकाबाट ठोस योजना बनाउने लक्ष्य सहित कार्यक्रम गरिएको बताए । भक्तपुर र पाटन जस्तो पारी बुटवलजस्तो सम्पदालाई संरक्षण र प्रचारप्रसारमा अघि बढ्न नसकेको गुनासो गरे । पर्यटन प्याकेजको योजना, सरकारबाट कमिकमजोरी भए औल्याउने, ब्यवसयको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । पर्यटनमा फल फल्न लामोसमय लाग्ने भन्दै यो फल लागेपछि भने पुस्तौसम्मलाई पुग्ने उनले दाबी गरे ।
कार्यक्रममा बुटवलको पर्यटनको पाटालाई ४ वटा विषयमा विभाजन गरि समुहगत छलफल गरि निचोड निकालिएको थियो । ऐतिहासिक धार्मिक तथा सास्कृतिक पर्यटन विषयमा दल बहादुर गुरुङको टिम, पर्यापर्यटनको विषयमा युवराज कंडेल, साहसिक पर्यटनमा मेहन्द्र थापा, तथा खाना पयर्टनको विषयमा सेफ राजेन्द्र पौडेलले आआफनो प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय उद्यान महासंघका केन्द्रिय अध्यक्ष खेम लुईटेल, बुटवल उपमहानगरपालिकाका शाखा अधिकृत गुणाखर खनाल, लुम्बिनी पर्यटन परिषदका अधिकृत बालकृष्ण गैरे, पर्यटन परिषद कार्यालयका गिता आचार्य, नाटा रुपन्देहीका महासचिव अन्जन श्रेष्ठ, उद्यानका महासचिव युवराज घिमिरे, सहजकर्ता बरुण ज्ञवालीले उजिर संस्कृति विकास गरि यहाका थारु, नेवारी, ब्राहमण, मधेसी समुदाय र संस्कृतिलाई प्रवद्र्धन गर्ने, मनोरन्जनका लागि सास्कृतिक कार्यक्रमलाई जोड दिने गरि कार्यक्रम ल्याउनुपर्ने बताए ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?