ट्रेंडिंग:

>> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता)

पर्यटन प्रवद्र्धनका लागि काठमाडौँ–सल्यान साईकलमा यात्रा

१ कार्तिक २०८०, बुधबार
१ कार्तिक २०८०, बुधबार

सल्यान (बुटवलटुडे), १ कार्तिक । सल्यानका एक युवाले पर्यटन प्रवद्र्धनका लागि भन्दै काठमाण्डौँ देखि सल्यान सम्मको साईकल यात्रा पुरा गरेका छन् । सल्यानका निषेध दाहालले आफ्नो क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसारका लागि ५०९ किलोमिटर भन्दा बढी लामो साईकल यात्रा गरेका हुन् । गत बिहीबार काठमाण्डौँ स्थित पशुपतिनाथबाट यात्रा गरेर मंगलबार सल्यान आइपुगेका साईकल यात्री दाहाललाई छत्रेश्वरी गाउँपालिकाले सम्मान गरेको छ ।

गाउँपालिका कार्यालयमा दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरी गाउँपालिका सहित जिल्लाभित्र ऐतिहासिक महत्व बोकेका स्थलहरू रहेको भन्दै प्रचारप्रसारका लागि निषेध दाहालले गरेको प्रयासको प्रसंशा गरे । उनले छत्रेश्वरी गाउँपालिका पर्यटनको दृष्टीले एक उत्कृष्ट गन्तव्य भएको र पालिका भित्रका पर्यटकीय, धार्मीक, ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि काम गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगाएतले दाहाललाई स्वागत र सम्मान गर्दै हरेक युवाहरू असल र उदाहरणीय बन्नुपर्ने धारणा राखेका थिए । छत्रेश्वरी, ३ मूलखोला निवासी २४ वर्षिय दाहाल सेवा नै धर्म हो भन्ने सन्देश सहित सल्यानको खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, खड्गदेवी मन्दिर लगाएतका क्षेत्रको तस्वीर टाँस गरी साईकल यात्रा गरेका हुन् ।

यात्राको क्रममा विभिन्न स्थानमा धेरै व्यक्तिबाट आफुलाई सकारात्मक साथ सहयोग मिलेको भन्दै उनले सल्यानका पर्यटकीय क्षेत्रले धेरैलाई आकर्षण गर्न सक्ने बताए । ‘यात्राको क्रममा कुनै अफ्ठेरो भएन, खान, बस्न तथा साईकल मर्मतका लागि पनि विभिन्न ठाउँमा सहयोग प्राप्त भयो’, उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि साईकल यात्रालाई सबैले सकारात्मक रूपमा लिनुभएको छ ।’ दाहालले बुधबार विहान खैरावांगको दर्शन गर्ने तथा छायाँछेत्र, खड्गदेवी मन्दिर लगाएत जिल्लाका विभिन्न स्थानमा पनि पुग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np