ट्रेंडिंग:

>> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

देवचुलीको कुमसोतमा पर्यटकको वृद्धि

२४ आश्विन २०८०, बुधबार
२४ आश्विन २०८०, बुधबार

नवलपुर, २४ असोज ।

पुर्वी नवलपुरको कुनै समय विकट रहेको कुमसोत अहिले पर्यटकको गन्तव्य बन्दै गएको छ । नवलपरासी पुर्व नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।

देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजो आज दैनिक रुपमा भ्रमणमा पुग्ने बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढ्दो रहेको छ । पूर्व पश्चिम राजमार्गदेखि करिब ९ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ ।

राजमार्ग देखि नजिकको पहाडी क्षेत्रका रुपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भूभाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिणतर्फ नवलपुरको समथर भूभाग, राजमार्ग आसपासका घना बस्ती सहज रुपमा अवलोकन गर्न सकिने भएकाले पनि अहिले पर्यटकको आवगमनमा वृद्धि भएको देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले बताए ।

यसका साथै चितवनका भूभाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्य समेत सहज रुपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको उनले बताए । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ सडक, विद्युत, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्याएको देवचुली नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मिनबहादुर सोती मगरले बताए ।

विकासका विभिन्न पूर्वाधार निर्माणले यसको विकासमा सहयोग पुग्यो, राजमार्गको सहजता र क्रमशः सुविधाजनक होटलहरू खुल्न थालेपछि विस्तारै धेरै पर्यटकको रोजाइमा कुमसोत पर्न थालेको वडाअध्यक्ष सोतीको भनाई छ । आन्तरिक पर्यटकहरू गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्ने गरेका छन् । बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्य रुपमा आन्तरिक पर्यटक आउने गरेको वडाअध्यक्ष सोतीले बताए । नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नती गर्ने योजनाका साथ काम अघि बढाइएको छ ।

प्राकृतिक मनोरम स्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उनले बताए । कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा बुलिङटार र हुप्सेकोट पर्ने कीर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुन सक्ने भएकाले सोही अनुसारका कामहरू वडा तथा नगर स्तरबाट बढाउँदै लैजाने वडा अध्यक्ष सोतीले बताए । पालिका भित्रको प्रमुख पर्यटकीय स्थलका रुपमा देवचुली डाँडो पर्ने र यो सँगै जोडिएका कुमसोत र कीर्तिपुरमा समेत पर्यटनको प्रचुर सम्भावना भएकाले नगरस्तरबाट यस क्षेत्रमा थप पूर्वाधार विकास लगायतका काम अघि बढाउँदै लैजाने नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । कुमसोतलाई जिल्लाको पहाडी क्षेत्रको प्रवेशद्वारका रुपमा समेत लिइन्छ । यही स्थान हुँदै जिल्लाको पहाडी क्षेत्रमा पर्ने पालिकाहरू बौदीकाली गाउँपालिकाको केही वडाहरू पुग्न सकिन्छ । जिल्लाको तराई क्षेत्र र पहाडी क्षेत्रलाई जोड्ने स्थलको रुपमा समेत रहेको कुमसोतमा पर्यटकको आगमन बढ्दै आफूहरु उत्साहित बनेको वडा अध्यक्ष सोतीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np