ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
पर्यटन

‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल

१३ आश्विन २०८०, शनिबार ०५:४०
१३ आश्विन २०८०, शनिबार ०५:४०

गुल्मी, १३ असोज । नेपाल वायुसेवा निगमले गुल्मीमा उडानको तालीकामा परिवर्तन गरेको छ । वायुसेवा निगमले यस अघि साताको दुई पटक मंगलबार र शुक्रबार उडान गर्दै आएकोमा अबदेखि बुधबार र शुक्रबार उडान गर्ने जनाएको छ ।

रेसुङ्गा बिमानस्थलबाट मंगलबारको दिनमा काठमाडौं आवत जावत गर्ने यात्रुहरूको संख्यामा कमी आएपछि वायुसेवा निगमले मंगलबारको तालिकालाई हटाएर बुधबार सारेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।

नेपाल वायुसेवा निगमले यस अघि सातको दुईपटक मंगलवबार र बुधवार उडान गर्दै आएकोमा नागरिक उड्ययन प्राधिकरणले बुधबार र शुक्रबार गरि दुई पटक उडान गर्ने अनुमति दिएको छ । यसअघि नेपाल वायुसेवा निगमले मंगलबार रेसुङ्गा बिमानस्थलबाट एक जना मात्र यात्रु लिएर काठमाण्डौ गएको थियो । गुल्मीमा मंगलबारको दिनमा धेरै मानिसहरू घरबाट लामो यात्रामा बाहिर ननिस्कने भएका कारण पनि स्थानीयको मनोभावना अनुसार मंगलबारको ठाउँमा निगमले बुधबार सारेको हो ।

मौसममा खराबी आएको भन्दै यस अघि रेसुङ्गा बिमानस्थलबाट पटक पटक उडान अबरुद्ध हुँदै आएको थियो । उडान भर्न बिमानस्थल पुगेका यात्रुहरू उडान रद्द भएपछि पुनः घर फर्कनु पर्ने बाध्यता थियो । गत असार महिनादेखि नियमित उडान शुरु गरेको वायुसेवा निगमले असोजको पहिलो सातासम्म आईपुग्दा मौसम खराबीका कारण आठ वटा उडान रद्द गर्नु परेको स्टेसन प्रमुख थापाले बताए । असोजको दोश्रो सातापछि गुल्मीमा मौसममा सुधार आएसँगै उडान नियमितता देखिएको छ ।

नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ताको बुधबार बिहान ६ : ३० बजे काठमाडौंबाट र बिहान ७ : ३० बजे रेसुङ्गाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार दुई सय ८० र रेसुङ्गाबाट काठमाडौंका लागि ७ हजार ८० रूपैयाँ भाडा निर्धारण गरेको छ । नेपाल वायुसेवा निगमले टिकट बुकिङ् खुला गरेपछि रेसुङ्गा नगरपालिकाले पनि प्रचार–प्रसार लगायत अन्य अत्यावस्यक कुरामा समन्वय गर्दै आएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । नागरिक उड्ययन प्राधिकरणको एयर ट्राफिक कन्ट्रोलर अस्मिता बस्नेतले प्रतिकुल मौसमका कारण यस अघि उडान रद्द हुने गरेको भएपनि अबदेखि मौसममा सुधार आएको भन्दै उडान नियमित हुने बताईन । गुल्मीमा धुले उडान भएको चार वर्षपछि मात्र व्यावसायीक उडान सुरु गरिएको हो । रेसुङ्गा बिमानस्थल सदरमुकाम तम्घासबाट ५ किलोमिटरको दुरीमा पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?