ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

सात पटकको म्याद थपले पनि भएन कालोपत्रे

५ आश्विन २०८०, शुक्रबार
५ आश्विन २०८०, शुक्रबार

गुल्मी, ५ असोज । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको एउटा सडकको कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र अवस्थामा परेकोे छ । सदरमुकाम तम्घासदेखि खाम्सेपानी–नयाँगाउ–नादी–सूर्यटारी सडक अन्तर्गत बीच भागमा रहेको करिब ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम आठ वर्षदेखि अलपत्र बनेको हो । सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले सो सडकको सात पटकसम्म निर्माण सम्पन्न गर्नका लागि म्याद थप गरेपनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तु हुँदै अहिले उक्त सडक निर्माणको काम सडक पुर्वाधार विकास कार्यालय गुल्मीले हेर्दै आएको छ । सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्र हुन बाँकि छ ।

निर्माण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप गर्दै जाने तर काम कहिल्यै पनि पुरा नगर्ने परिपाटीले गर्दा सडक निर्माणको काम समयमा हुन नसकेको हो । सडक निर्माणको जिम्मा पाएको लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो । म्याद थप गरेपनि अहिलेसम्म बाँकि सडक कालोपत्रे गर्ने काम अझै शुरु हुन सकेको छैन ।

२०७१ साल असार ३१ गते सम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालिले ७ करोड १९ लाख ८७ हजार रूपैया लागतमा निर्माणको जिम्मा लिएको थियो । कार्यालयसँग कामको सम्झौता गरे पनि निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरिदिँदा त्यस क्षेत्रका नागरिकले ठूलो समस्या खेप्दै आईरहेका छन । रेसुङ्गा नगरपालिकासँग जोडिएको मुख्य नाकाको सडक वर्षैदेखि अलपत्र हुँदा नगरपालिकाले समेत गंभिर रूपमा ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले सडक निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई पटक पटक भेटेर ताकेता गर्दा समेत खासै चासो नदेखाएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । उनले निर्माण व्यवसायीसँग भेटेर कुरा गर्दा अगाडि मुखले गर्छु भनेर ठिक्क पार्ने तर काम नगर्ने बानिले आफुहरूले पनि हैरानी खेप्नु परेको गुनासो गरे । नगर प्रमुख पन्थीले कामको जिम्मा लिएर समयमा काम सम्पन्न नगर्ने र काम अलपत्र पारेर नागरिकलाई सास्तीदिने त्यस्ता व्यवसायीलाई सम्बन्धित कार्यालयले कालोसूचिमा राखेर कार्वाही प्रकृया अघि बढाउनु पर्ने बताएका छन ।

सडक कालोपत्रे नहुँदा त्यस क्षेत्रका नागरिकले महँगो भाडा तिरेर सदरमुकाम आउनु पर्ने बाध्यता छ । सडकको कालोपत्रे गर्नका लागि नाली र ग्राभेल गर्ने काम समेत सम्पन्न भैसकेको थियो । तर लामो समयसम्म काम नहुँदा सडकको ग्राभेल समेत पानीले बगाएर खाल्डा परिसकेको छ । जसका कारण बर्षादमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न नागरिकहरू बाध्य बनेका छन ।

सडक पुर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले निर्माण व्यवसायीको लापर्वाहीका कारण समयमा काम नगर्दा लामो समयदेखि सडक निर्माण अलपत्र अबस्थामा रहेको बताए । उनले निर्माण व्यवसायीलाई पटक पटक ताकेता गर्दा पनि समयमा काम हुन नसकेको जनाकारी दिए । कार्यालयवाट ताकेता गर्दाको समयमा काम शुरु गरे जस्तो गर्ने र म्याद थपेपछि सम्पर्कमा नै आउन नखोज्ने बताए । उनले निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न नसकेपछि कार्यालयले पटकपटक बैंक ग्यारेन्टी तान्नका लागि पत्र समेत काटेको बताए । यसपटक पनि काम सम्पन्न नगरेको खण्डमा ठेक्का सम्झौता तोड्ने कार्यालयले बताएको छ । लामो समयदेखि सडक निर्माणको काम अलपत्र परेपछि त्यस क्षेत्रका नागरिकहरू आक्रोषित बनेका छन । समयमै सडक निर्माण नहुँदा उक्त सडकबाट तम्घासहुँदै, धुर्कोट र मदाने गाउँपालिका जाने नागरिकहरू थप समस्यामा पर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?