ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

ग्रेड वृद्धिको लागी गणितमा मात्र चार हजार बढी

१७ श्रावण २०७५, बिहीबार
१७ श्रावण २०७५, बिहीबार

साउन २३ गते बाट हुने ग्रेड वृद्धिको परिक्षामा रुपन्देहीमा ४ हजार बढीले गणित विषयमा ग्रेड वृद्धिको लागी फारम भरेका छन ।
एसईई परिक्षामा गणित बिषयमा प्राप्त भएको ग्रेड प्रति असन्तुष्टि जनाउदै अहिले सम्म ४ हजार ६८ जनाले फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले जनाएको छ । कार्यालयले भैरहवामा पत्रकारहरु सित कार्यालय बर्ष भरि गरेका कार्यहरुको समिक्षा कार्यक्रममा सो जानकारी गराएको हो । कार्यक्रममा कार्यालयका उप सचिव घनश्याम भुसालले रुपन्देहीमा परिक्षा दिएका जम्मा बिद्यार्थी संख्याको २५ प्रतिशत बढीले गणित बिषयमा मात्र ग्रेड वृद्धिको लागी फारम भरेको बताए । परिक्षा हुने अघिल्लो दिन साउन २२ गते सम्म परिक्षा ग्रेड वृद्धिको लागी फारम भर्न सक्ने भएको हुदा यो संख्या अझै बढ्न सक्ने उनले बताए ।
यस अघि सम्म जिल्ला सदरमुकाममा मात्र ग्रेड वृद्धिका परिक्षा हुने भए पनि यस बर्ष बुटवलमा पनि परिक्षा केन्द्र राखिएको भुसालले बताए । बुटवलमा ३ वटा र भैरहवामा ४ वटा गरि यस बर्ष ७ वटा परिक्षा केन्द्र तोकिएको उनले जानकारी गराए ।
यसै गरि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले आर्थिक बर्ष २०७४÷०७५ मा ९२ प्रतिशत रकम खर्च गरेको जनाएको छ । बिद्यालय क्षेत्र विकास कार्यक्रम अन्र्तगत प्राप्त भएको ३४ करोड ७८ लाख ४७ हजारको ९२ प्रतिशत अर्थात ३२ करोड ८ लाख ७९ हजार मात्र खर्च भएको इकाई प्रमुख दिवाकर भण्डारीले जानकारी दिए । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत ५९ लाख ७७ हजार प्राप्त भएकोमा कार्यालयले ५३ लाख ९६ हजार मात्र खर्च गर्न सकेको थियो भने अनौपचरिक शिक्षा कार्यक्रम अन्र्तगत ५४ लाख ८९ हजार पाएकोमा ४६ लाख ६८ हजार मात्र खर्च गर्न सकेको इकाई प्रमुख भण्डारीले बताए । असारको अन्तिममा मात्र अख्तियारी प्राप्त भएको र शुरु नै नभएको शिर्षकमा समेत बजेट आएको हुदा लक्ष्य अनुसारको बजेट खर्च नभएको उनले स्पष्ट पारे ।
रुपन्देहीका स्थानिय तहमा शिक्षा कार्यालयको अधिकारहरु सरि सकेको कारण आफुहरुको भूमिका के हुने भन्ने बिषयमा समन्वय इकाईका कर्मचारीहरुमा अन्यौलता देखिएको छ । अहिले रुपन्देहीमा परिक्षा नियन्त्रण, शिक्षकहरुको अभिलेखीकरण, तलबी प्रतिवेदन पारीत, पेन्सनको सिफारीस लगायतको बिषयमा मात्र आफुहरुले काम गरि रहेको इकाई प्रमुख भण्डारीले जानकारी दिए ।
कार्यलयले दिएको तथ्यांक अनुसार रुपन्देहीमा प्राविधिक धार भएका ११ बिद्यालय, नमूना बिद्यालय ६, एनेक्स कार्यक्रम सञ्चालन भएको १, संस्कृत माध्यमिक बिद्यालय १, गुरुकुल आश्रम ४, मदरसा १ सय १८ सामुदायिक सिकाई केन्द्र ४७, खुला बिद्यालयमा १ वटा आधारभूत र १ वटा माध्यमिक, तथा प्रौढ बिद्यालयमा १ वटा आधारभूत र १ वटा माध्यमिक रहेको छ । यसै गरि रुपन्देहीमा रहेका २ लाख ६३ हजार ३ सय ६ जना बिद्यार्थीहरुको लागी बिभिन्न तहमा गरि २ हजार ८ सय ७४ जना शिक्षकहरु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?