ट्रेंडिंग:

>> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

काठमाडौं, ३० साउन ।

सामसङले उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक गरेको छ ।

काठमाडौंको सोल्टी होटलमा विशेष कार्यक्रमको आयोजना गरी सामसङका सहउपाध्यक्ष सुङजुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ की प्रियँका रानी जोशीले संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो ।

अनावरणका क्रममा नयाँ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ का विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, इमर्सिभ भ्यूइङ्‍ग, सेल्फी र आईपीएक्स८ रेटिङलाई फेसन रन–वेमा मोडलहरुले प्रदर्शित गरेका थिए ।

कम्पनीका अनुसार चार वर्ष अघि सामसङले फोल्डेबल स्मार्टफोन अन्तर्गत क्रान्तिकारी उपकरणहरुको सुरुवात गरेको थियो । सामसङले निरन्तर रुपमा ग्यालेक्सी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा मल्टिटास्किंगहरु गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरुको उच्चतम आवश्यकताहरुलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्थरमा पुर्याउने स्थापितले बताए ।

दुवै ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५लाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको कम्पनीले बताएको छ । मेन स्क्रिन शक डिस्पर्सन तहका साथ जडान गरिएको छ ।

ग्यालेक्सी जेड फ्लिप५ : सम्झौता विना स्व–अभिव्यक्त गर्ने अल्टिमेट पकेटेबल उपकरण

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो ८ प्लस २५६ जीबीमा मात्र उपलब्ध छ । यसको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी जेड फोल्ड५ः वाइड स्क्रीनयुक्त अल्टिमेट प्रडक्टीभीटी भएको पावरहाउस

वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड५ कालो र निलो गरी २ प्रकारका आकर्षक रङ्गहरुमा पाइनका साथै १२ जीबी मेमोरी सहितका २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड५ १२ प्लस २५६ जीबीको मूल्य २ लाख २६ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड५ १२ प्लस ५१२ जीबीको मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यी मोडलहरुको प्रि–अर्डर २२ साउनदेखि नै सुरु भइसकेको छ । यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकहरुले २५ हजार रुपैयाँसम्मको फाइदा हुने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन् ।

यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रति महिना ७ हजार रुपैयाँसम्मको न्यूनतम ईएमआई तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देशभरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ ।

यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरुको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । सामसङ्गले आफ्ना ग्राहकहरुका लागि एक पटकको ब्रेकेज इन्स्योरेन्स र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षको लागि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?