ट्रेंडिंग:

>> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
सम्पादकीय

मानव बेचबिखनको कहालीलाग्दो अवस्था

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आईतवार मनाईएको छ । नेपालमा मानव बेचबिखनको अवस्था भयावह छ । यो दिवसकै सन्दर्भमा मानव बेचबिखन नियन्त्रण गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्नुपर्ने चुनौति छ । नेपालबाट अहिलेपनि मानव तस्करहरूले नेपाली सोझासिधा जनतालाई विश्वका विभिन्न मुलुकमा रोजगारीका नाममा विक्री गरिरहेका छन ।

यो भयावह अवस्था रोकिने भन्दा पनि झनै बढ्ने अवस्थामा छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनैपनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ । यो अवस्था भनेको नेपालको लागि भयावह नै छ । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको विभिन्न समयमा गरिएका अनुसन्धान र घटनाक्रमले देखाएका छन । अहिलेपनि गरिबी, बेरोजगारी, अशिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । विकासशील राष्ट्रहरूमा मानव बेचबिखन घट्दै गएपनि दक्षिण एसिया लगायतका मुलुकमा यो अवस्था गंभीर चुनौतिको रूपमा देखिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको बेचबिखन र ओसारपसार एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत हुन थालेको छ । मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ ।

नेपालमा बर्षौदेखि मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न सयौं गोष्ठी भएका छन । पाँचतारे होटलमा अन्तरक्रिया र छलफल भएका छन । त्यसका लागि राज्यको करोडौं रूपियाँ खर्च भएको छ । तर, त्यो खर्च बालुवामा पानी भएको छ । अर्थात जति गोष्ठी र छलफल गरेपनि मानव बेचबिखनको अवस्थामा सुधार आएको छैन । बरू झनै बढेको अवस्था छ । अर्कोतर्फ महिलामात्र होइन अहिले पुरूषपनि बेचबिखनको जोखिममा पर्दै गएका छन । यो चिन्ताजनक अवस्था हो । खासगरि वैदेशिक रोजगार दलालको प्रलोभनमा परेर भारतको विभिन्न बाटो हुँदै तेश्रो मुलुक पु¥याउने क्रम रोकिएको छैन । कैयौं नेपाली चेलीबेटीको उद्धार गरिएको कुरा सुन्नमा आउने गरेको छ ।

सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन कडाई गर्दै आएको छ तर दलालहरूले बिकल्पमा अन्य धेरै सीमानाकाको प्रयोग गरेर तेस्रो मुलुकसम्मको पहुँच बढाएका छन् । कतिपय महिला भने खाडी मुलुकको प्रलोभनमा भारतीय कोठीमा पुग्ने गरेको कहालीलाग्दो चित्र छ । मानव बेचविखन सहित अन्य गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा निकाय र अन्य संघ संस्थाले निगरानी जारी राखे पनि दलालको चतु¥याइँ त्यो भन्दा धेरै माथि देखिन्छ, जुन चिन्ताजनक कुरा हो । मानव बेचबिखन नियन्त्रण तत्काल संभव छैन । यो समस्या नियन्त्रणमा सामूहिक प्रयासको आवश्यकता छ । नेपालको ९० प्रतिशत मानव बेचबिखनको समस्या नेपाल भारत सिमासंग जोडिएकोले नेपाल र भारतसंगको सहकार्यमा यो समस्या नियन्त्रणमा जोड दिनु जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np