ट्रेंडिंग:

>> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
सम्पादकीय

बाघ र मानवबीचको द्वन्द्व कसरी घटाउने ?

१४ श्रावण २०८०, आईतवार
१४ श्रावण २०८०, आईतवार

विश्व बाघ दिवस शनिवार ‘बाघ संरक्षणमा साझा चासो, बाघ र मानववीचको द्वन्द्व घटाऔं’ भन्ने नाराका साथ मनाइएको छ । नेपालमा पछिल्लोसमय बाघको संख्यामा भारी बृद्धि भएको छ । यो खुसीको कुरा हो तर बाघको संख्या यही रूपमा बढ्ने हो भने यसबाट मानवका लागि खतरा देखिएकोले संरक्षणमा चुनौति पनि थपिएको छ । नेपालमा पछिल्लो वर्षहरूमा बाघको संख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षणमा नेपालले उच्चतम सफलता हासिल गरेको छ तर बाघ बढेसंगै बाघ र मानववीच द्वन्द्व बढ्ने अवस्था देखिएकोले अवका दिनमा बाघ संरक्षण चुनौति पनि हो भन्दा अतयुक्ति हुँदैन ।

सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाउनुभएको थियो । सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२३ मा त्यो संख्या बढाएर करिव तीनसय हाराहारीमा बनाउने लक्ष्य अनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका थिए । बाघ गणना हुने हो भने नेपालले रुसको सेन्टपटिर्सवर्गमा गरेको प्रतिवद्धता पूरा भैसकेको छ । अव नेपालले जसरी बाघको संख्या बृद्धिमा ठूलो भूमिका निर्वाह गरेको छ, आगामी दिनमा संरक्षणमा अर्को चुनौति पनि थपिएकोले बाघ संरक्षणको योजना कसरी अघि बढाउने हो भन्नेतर्फ बहस गर्ने बेला भएको छ । एकातिर बाघको संख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दाहरू पीडित हुनेको संख्या पनि वृद्धि भइरहेको छ । बाघकै कारण बर्षेनी दर्जनौं नेपालीले मृत्युबरण गर्नुपरिरहेको छ । एकातिर बाघको संख्या बढ्दै गएको छ त्यो खुसीको कुरा हो तर अर्कोतर्फ बाघले मानवीय क्षति गर्दैछ ।

अतः आगामी दिनमा बाघको संरक्षणसंगै बाघको सुरक्षित बासस्थानको व्यवस्थापन गर्नुपर्ने खाँचो देखिएको छ । अर्कोतर्फ जोखिमपूर्ण क्षेत्रको पहिचान गरी स्थानीय बासिन्दाको जीविकोपार्जन, र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको खाँचो छ । अब बाघको संख्या बढाउने हो र त्यसले गर्ने मानवीय आक्रमणलाई घटाउने हो भने बाघको बासस्थान निकुञ्जभन्दा बाहिर रहेको वन क्षेत्रलाई पनि विकसित गर्नुपर्ने देखिएको छ । विश्व बाघ दिवसको अवसरमा सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने पूर्वनिर्धारित योजना सफल भएको छ । बाघ संरक्षण योजनामा विदेशी दातृ निकायहरूले निरन्तर सहयोग गर्दै आएका छन । पछिल्लोसमय प्राकृतिक प्रकोपका कारणले दुर्लभ जनावरहरू पनि संकटमा रहेको रिपोर्टहरू आइरहेका छन् । नेपालमा बाघको संख्या बढेपनि विश्वमा भने बाघ जोगाउन चुनौति देखिएको छ । जेहोस् शनिवार विश्व बाघ दिवस मनाइएको छ । बाघ दिवसको अवसरमा बाघ संरक्षणको कुुरा उठ्दा बाघबाट मावनमाथि भैरहेको चुनौति कसरी घटाउने भन्ने बिषयमा पनि कुरा उठ्नुपथ्र्यो । तर, त्यस बिषयमा खासै चर्चा हुन सकेको छैन । भोलीका दिनमा संरक्षणमात्र होइन त्यसको अर्को पाटो मानव क्षतिको बिषयमा पनि बहस आरम्भ गर्न ढिलाई गर्नु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np