ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

विद्यालयमा छात्रालाई टिकाउन ‘छोरी बीमा’

१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

बुटवल, १२ साउन ।

बाँकेको जानकी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न छोरी बीमा कार्यक्रमको सुरुवात गरेको छ । यसबाट मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सहयोग पुग्ने बिश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष कल्याण कोष कार्यक्रम अन्तर्गत छोरी बीमा कार्यक्रम ल्याइएको हो । यो कार्यक्रम अन्तर्गत गत बर्ष साउन १ गतेपछि जन्मेका छोरीहरुको बीमा सुरु गरिएको छ । गत आर्थिक वर्ष २०७९–८० मा २०० जना छोरीको बीमा गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाङ्गीले जानकारी दिए ।

डाङ्गीले भने, ‘यो कार्यक्रम बालबिवाह न्यूनीकरण र विद्यालयमा छात्रालाई टिकाइ राख्न समेत उपयुक्त देखिएको छ ।’ गाउँपालिकाका अनुसार गत बर्ष साउन १ गतेपछि जन्मिएका छोरीको एक लाख रुपियाँको बीमा गरिएको छ । बीमाबापत बार्षिक पाँच हजार रुपियाँका दरले २० बर्षसम्मको प्रिमियम रकम गाउँपालिकाले जम्मा गर्नेछ ।

बाल विवाह न्यूनीकरणका लागि यो कार्यक्रम ल्याइएका कारण २० बर्ष नपुग्दैं विवाह गरेमा बीमाबापतको रकम सम्वद्ध बालिकाले पाउन नसक्ने र रकम पालिकामै फिर्ता हुने ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

यसबाट विहेबारी २० बर्षपछि हुने भएकाले आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षा हुने विश्वासका साथ कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।

अध्यक्ष खाँले भने, ‘मधेसी र मुस्लिम समुदायमा कम उमेरमै विवाह गर्ने प्रचलन रहेकाले त्यसलाई रोक्न दीर्घकालिन रुपमा लाभदायक हुन्छ ।’ छोरी बीमा कार्यक्रमपछि भ्रुण हत्या रोकिने र आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा पनि टेवा पुग्ने पालिकाले जनाएको छ ।

यसबर्ष गाउँपालिकाले छोरीबीमा कार्यक्रमका लागि २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । छोरी जन्मिएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता भएलगत्तै वडा कार्यालयमार्फत पालिकाबाट छोरीहरुको बीमा गर्ने गरिएको छ । छोरी बीमा कार्यक्रम सुरु भएपछि वडाका टोलवस्तीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np