ट्रेंडिंग:

>> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर
सम्पादकीय

कुरामै सीमित नहोस् प्रकोप नियन्त्रण

१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

अहिले नेपालका विभिन्न स्थानमा बर्षा भैरहेकोले बाढी, पहिरो र डुबानको समस्या देखिएको छ । पहाडमा पहिरो र तराईमा बाढी र डुबानको समस्याले स्थानीय जनजीवन प्रभावित भैरहेको छ । त्यसो त प्राकृतिक विपद् कहाँ र कति बेला जान्छ भन्न सकिन्न् । प्राकृतिक विपद्बाट जोगिन सावधानी अपनाउन सकियो भने क्षति हुनबाट रोक्न सकिन्छ । अहिले देशका विभिन्न स्थानमा गएको पहिरोका कारण पहाडी सडक अधिकांश बन्द अवस्थामा छन् । कालीगण्डकी करीडोर केही दिनदेखि अवरुद्ध छ । बुटवल पाल्पा सडक खण्डपनि असुरक्षित छ । सिद्धबाबा सुरुङ मार्गको अघिल्लो भाग पहिरोले क्षतिग्रस्त बनाएको छ । पहाडमा पहिरोको समस्या बर्षौंदेखि कहिल्यै समाधान नहुने रोग बनेको छ । यता तराईमा पनि यही समस्या छ । प्राकृतिक प्रकोपले बाढी र डुबानको समस्यामात्रै निम्त्याएको छैन, त्यो संगै जोडिएका अन्य धेरै बिषयले प्रभाव पारेको छ । भू–क्षय तराईमा अर्को गंभीर समस्याका रूपमा छ । खोई समाधान ? बर्षौ भैसक्यो नेपाल सरकार आफ्नो जमिन सुरक्षित गर्न सक्दैन । बाढी, पहिरो, आगलागी लगायतका विपद् जुन बेला जहाँ पनि हुन सक्छ । विशेषगरी बाढी र पहिरोका कारण हुन सक्ने जनधनको क्षतिलाई रोक्न सकिन्न । तर, सम्भावित जोखिमलाई भने रोक्न सकिन्छ । पहिलेदेखि नै पूर्वाधार निर्माणमा ध्यान दिने हो भने यो समस्या धेरै हदसम्म रोक्न सकिन्छ । नेपालमा बेला बेलामा ठूला पहिरो र बाढीले बितण्डा निम्त्याउँदा समाधानका लागि प्रयास नगरिएको होइन तर त्यो पर्याप्त भएन भन्ने कुरा हो ।

प्राकृतिक प्रकोपसंगै जोडिएको अर्को सम्बवेदनशील बिषय भूकम्प पनि हो । १९९० साल माघ २ मा गएको भूकम्प र २०७२ सालमा गएको विनाशकारी भूकम्पले जन–धनको ठूलो क्षति पुग्यो । भूकम्प जाँदा कमजोर संरचनाकै कारण नागरिकले ज्यान गुमाउन पुगे । बलियो संरचना भएको क्षेत्रमा भूकम्पले कम भन्दा कम क्षति ग–यो । बाढी पहिरोले जस्तै भूकम्पले पनि कमजोर भवन संरचना भत्केर ठूलो जन–धनको क्षति हुने गरेको इतिहास हामीले देखेकै छौं । भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र सुरक्षित भवन निर्माण गर्न नेपालको राष्ट्रिय भवन संहिता कार्यान्वयन गर्नुपर्ने जरुरी छ । राष्ट्रिय भवन संहिता परिपालना गरी भवनको नक्सा डिजाइन स्वीकृति वा नक्सापास गर्ने र सोही नक्सा बमोजिम गुणस्तरीय ढंगले भवन निर्माण गरी भवनसंहिता कार्यान्वयन गर्न गर्नुपर्छ । स्थानीय तहहरूले भवनसंहिता कार्यान्वयन गर्ने र संघ, प्रदेशले आवश्यक सहयोग, सहजीकरण, अनुगमन मूल्यांकन, नियमन गर्दै आएको छ । तर, प्रकोपबाट बच्न पालिकाहरूले भवनसंहिता लागू गरेपनि त्यसको कार्यान्वयनमा भने ढिलासुस्ती हुने गरेको पाइएको छ । यो बिषयमा पालिकाहरूको ध्यान जानु जरुरी छ । भोली भुकम्पजन्य प्रकोपको अवस्थामा क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिने ? तसर्थ प्राकृतिक प्रकोपजन्य बिषयमा पालिकाहरूले समेत खेलवाड गर्नुहुँदैन । स्थानीय तहमा अझैपनि राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । अहिले पनि मापदण्डविपरीतका घर तथा भवन निर्माण भइरहेका छन् ।

स्थानीय तहहरूमा प्राविधिक जनशक्तिको कमी, घरधनीमा जनचेतनाको अभाव, निर्माण कालिगढमा आवश्यक दक्षता नहुने, निर्माण सामग्री र निर्माण कार्यको गुणस्तर नियन्त्रणमा हुन नसक्दा भवन संहिताको कार्यान्वय फितलो बनेको छ । नेपालको पश्चिम क्षेत्रमा अझै भूकम्प जाने जोखिम कायमै रहेको छ । तसर्थ पश्चिम क्षेत्रका पालिकाहरूले भवन संहितामा विशेष जोड दिनु जरुरी छ । सत्य के हो भने पहिरो, बाढी र डुबान अनि भुकम्प कहिल्यै अन्त्य नहुने दिर्घकालीन समस्या हुन । यसबाट हुने क्षति कम गर्ने कुरा महत्वपूर्ण हो । तसर्थ बर्षा अगावै प्राकृतिक प्रकोपबाट बच्न तीनै तहका सरकारले गंभीरता देखाउनु जरुरी छ । बर्षौदेखिको यो समस्या कुरामै सीमित नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np