ट्रेंडिंग:

>> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै
सम्पादकीय

तटीय क्षेत्रको जोखिमतर्फ सावधानी

१० श्रावण २०८०, बुधबार
१० श्रावण २०८०, बुधबार

यो बर्षको भारी बर्षाका कारण बुटवलको तिनाउ नदीमा आएको बाढीले खतराको सतह पार गरेको धेरैपटक भैसकेको छ । मंगलवार विहानपनि त्यहीक्रम दोहोरिएको छ । अर्थात तिनाउ नदीमा आएको बाढीले खतराको सतह त पार गरेको छ नै, स्थानीय नदी तटीय क्षेत्रको बस्ती जोखिममा परेको छ । मंगलवार विहानमात्रै तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले तिनाउ नदीमा जलस्तरले खतराको सतह पार गरेकोले दाउरा खोज्ने तथा माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नदी किनारमा नजान अनुरोध गरेको छ । यो बर्ष तीनपटक तिनाउ नदीले खतराको सतह पार गरेको छ । कि पानी नै नआउने, आयो भने तिनाउ नदी किनारको बस्तीमा जोखिम निम्त्याउने गरि बाढी आउने अवस्था पटक पटक देखिएकोले अव यसको जोखिम न्यूनिकरणतर्फ ध्यान दिनेगरि दिर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । बुटवल उपमहानगरपालिकाकाले मंगलबार बिहानैदेखि नदी किनारमा विपदको टोली र नगर प्रहरी खटाएर सावधानी अपनाएको छ । नदी किनार क्षेत्रमा नगर प्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान समेत गरिएको छ ।

मौसम विज्ञान विभागले होचा स्थानमा हुनेहरूलाई सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ । त्यसैपनि नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । वर्षायाममा तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरो जानु हाम्रो देशको लागि नियमित आकस्मिकता बनिसकेको छ । यो वर्ष पनि बाढीपहिरोले नोक्सान गर्न थालिसकेको छ । निरन्तरको वर्षासँगै मुख्य नदी र जलाधार क्षेत्रमा पानीको बहाव बढेको छ । पश्चिम तराईका अधिकांश नदी तटीय बस्ती उच्च जोखिममा छन् । पहाडी बस्तीहरूमा गएको पहिरोले निरन्तर जनधनको क्षति भइरहेको छ । प्राकृतिक प्रकोपलाई रोक्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ । प्राकृतिक प्रकोपले निम्त्याउने कतिपय समस्या दीर्घकालीनरूपमा समाधान गर्न सकिने भए पनि सरकार तथा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन् ।

हरेक वर्ष दोहोरिने प्राकृतिक प्रकोपका समस्यालाई योजनाबद्ध तवरमा, दीर्घकालीन सोचका साथ क्रमिकरूपमा न्यूनीकरण गर्दै जानुपर्ने भएतापनि उक्त कार्यमा अपेक्षित प्रगति हुन नसकेको व्यवस्थापिका संसद्को विकास समितिले समेत निष्कर्ष निकालेको छ । बाढीपहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरूलाई पूर्वसचेत गराउन सावधानीका सूचकहरू (एसएमएस प्रणाली, वार्निङ साइरनलगायतका सूचकहरू) को व्यवस्था मिलाई प्रयोग गर्न, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धति अनुरूप आवश्यक पूर्वतयारी एवं पूर्व सावधानीसहितको कार्ययोजना तत्काल बनाउन, उद्धारलगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, स्काभेटर, बेलिब्रिज, खाद्यसामग्री, औषधि लगायतका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरू तयारी अवस्थामा राख्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।

प्राकृतिक प्रकोपवाट हुने क्षति न्यूनीकरणको लागि कुरा हैन काम गर्नु अपरिहार्य छ । यसका लागि फेरीपनि गाउँतहबाटै प्राकृतिक प्रकोप क्षति नियन्त्रणको योजना बनाउनु जरुरी छ । अहिले जसरी नदी तटीय क्षेत्रमा बाढीका कारण जोखिम बढेको छ, त्यसको दिर्घकालीन समाधानका लागि बर्षापछि हिउँदको समयमा जोखिम क्षेत्रलाई सुरक्षित बनाउन तटबन्ध लगायतका काममा सम्वन्धित निकायको ध्यान जानुपर्दछ । बर्षा आउँदा र जोखिम हुँदा सावधानीको कुरा गर्ने तर अरू बेला बिर्षने प्रवृत्तिमा सुधार गरि बर्षौदेखिको यो समस्या समाधानमा दिर्घकालीन योजनाको साथ काम होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?