ट्रेंडिंग:

>> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल
सम्पादकीय

श्रमिकको नयाँ तलबमान कहिले ?

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

नेपालका श्रमिकहरू अहिले आन्दोलनकै चरणमा छन । श्रमिकहरूले नेपाल सरकारसँग परिवर्तित सन्दर्भमा श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न माग गर्दै आएका छन । धेरै भयो श्रमिकहरूको नयाँ तलबमान कायम नभएको । त्यही भएर श्रमिकहरूले श्रमिकको न्यूनतम तलम २५ हजार रूपैंया तोक्न माग गर्दै श्रममन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाएका छन । श्रमिकसंग सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले ज्ञापनपत्र बुझाएका छन तर सरकार सुनेको नसुनेझै गरेको छ । श्रमिकहरूले बुझाएको ज्ञापनपत्रमा सरकारी कार्यालयका सहयोगीको मासिक पारिश्रमिक २६ हजार रूपैंया रहँदा निजी क्षेत्रमा काम गर्ने मजदुरको न्यूनतम १५ हजार रूपैैयाँमा काम गर्नुपरेको र महंगीका कारण यसले गुजारा नै नचल्ने भएका कारण सामान्य जीवनयापनका लागि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक २५ हजार रूपैंया तोक्न र प्रचलित कानूनले व्यवस्था गरेको समयावधी भित्र प्रकृया पुरा गरी व्यवहारिक कार्यान्वयनको पक्षलाई सुनिश्चित गर्न माग गरिएको छ ।

निश्चितरूपमा विद्यमान अवस्थामा दिइदै आएको पारिश्रमिकले श्रमजीवीको जीवनयापन गर्न गाह्रो परेको छ । नेपालको श्रम ऐन २०७४ मा व्यवस्था भए अनुरूप प्रत्येक दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमिकहरूको न्यूनतम पारीश्रमिक निर्धारण गरी समयमा नै लागू गर्ने उल्लेख छ तर श्रम ऐन अनुसार तलबमान कायम गर्ने सवालमा सरकार गंभीर बन्न सकिरहेको छैन । मजदुरहरूले श्रममन्त्री र प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा मजदुरको तलब बृद्धि नभएको अवस्थामा यसबाट औद्योगिक क्षेत्रको सुमधुर सम्बन्धमा पर्न जाने असर प्रति सम्बन्धित पक्ष नै जिम्मेवार रहनुपर्ने चेतावनी दिईएको छ । अहिले त्यसै त बैदेशिक रोजगार अव्यवस्थित वन्दै गएको छ । त्यसमाथि नेपालमा रोजगारीमा जोडिएका श्रमिकको समेत तलबमान पर्याप्त नहुँदा समस्या थपिएको छ ।

तथ्याँक अनुसार करिब ६० लाख नेपाली अहिले वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा गएका छन् । त्यहाँ उनीहरूले न्यूनतम तलवमा काम गर्न समेत बाध्य भएका छन । यो सन्दर्भमा अव नेपालमै केही गर्न सक्ने र नेपालमै रोजगारीका अवसर सिर्जना हुने संभावना बढ्दै गएको छ । तर श्रमिकहरूको मासिक न्यूनतल तलव करिव २५ हजार हाराहारीमा नतोकिएसम्म नेपालमै केही गरेर बस्ने अवस्था हुँदैन । अहिलेको तलवले श्रमिक मजदुरको हातमुख जोर्न समस्या परेको छ । यो अवस्थामा नेपालमै श्रमको सम्मान हुने वातावरण बनाउने हो भने नयाँ तलबमान कायम हुनैपर्दछ । तर, सरकार श्रमिकको मागप्रति मूकदर्शक बन्नु पीडादायक छ । नेपाली युवा स्वदेशमी रोजगारी गरेर श्रममा जोडिन चाहन्छन तर सरकार श्रमिकको पीडा सुनुवाई गर्न आनाकानी गर्नु र सम्वेदनशील नहुनु चिन्ताको बिषय हो । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने धेरै ठगिएका छन् ।

सीप नभएकाहरूले पूर्व सम्झौता अनुसार तलब पनि पाउदैनन् । सामान्य कुरा नजान्दा कतिपयले सजाय पाएका छन् । तसर्थ नेपाल सरकारले नेपालमै श्रमको सम्मान गर्ने वातावरण तयार गर्नु जरुरी छ । पछिल्लो श्रमिकहरूले उठाएको मागका बिषयमा सरकारको ध्यानाकर्षण हुनैपर्दछ । बैदेशिक रोजगारीको ग्यारेण्टी अझैपनि ढुक्क र सुरक्षित नभैरहेको अवस्थामा नेपालमै कामको अवसर श्रमिकको लागि यो भन्दा खुसी अरू केही हुँदैन । तर, त्यसका लागि कामको वातावरण तयार गर्नु जरुरी छ । अव सरकारले बिना हिचकिचाहट श्रमिकको नयाँ तलबमान निर्धारण गरोस् । अनिमात्र श्रमिकको मुहारमा परिवर्तन देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?