ट्रेंडिंग:

>> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार भोलि र पर्सी बन्द रहने >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक

खुसीको खोजी…

१४ कार्तिक २०७८, आईतवार
१४ कार्तिक २०७८, आईतवार

घरलाई जीवन्त र प्रफुल्लित बनाउने सवालमा निकै ठूलो भूमिका निर्वाह गरिरहेकी यूकेजीमा अध्ययन गर्ने एउटी फूलजस्तै नानी । उनको नाम खुसी हो । पहिलेभन्दा अलि मोटाएकी पनि रहिछिन् । कलिलो उमेरकी नानू मोटाएपछि झन सुन्दर लाग्यो । हिजोआज झन कति राम्री भा’की है हाम्री खुसी रु भन्दै माया गरेर बोलाउदा उनको प्रतिक्रिया थियो – ‘मैले अचेल फेसवासले मुख धुन्छु त्यसैले !!!’ खुसी मोटाएको सम्बन्धमा उनको मम्मी अस्मिताको प्रतिक्रिया थियो – ‘स्कूल जान नपरेपछि खुसी त कति मोटाउछ कति १’ मैले हसिमजाक गर्दै खुसीलाई ‘तिम्रो स्कूल त दशैंपछि पनि खुल्दैन भन्छन् त रु’ भन्दा खुसी खुसीले उफ्रिएर कराउदै थिइन् – ‘त्यो स्कुल कहिल्यै खुल्दै नखुले पनि म त कति खुसी हुन्छु कति १’ त्यसपछि भने म अवाक भए । उनीसँग बाँकी जिज्ञाशा राख्न मन लागेन । उनले यसो भन्नुका कतिपय कारणको बारेमा म आफै भुक्तभोगी भएको कारण पनि उनीसँग तिनै कारणहरुको बारेमा सोधिरहन मन लागेन । कुरा यत्ति जानकारी भयो कि मेरो आफन्त नातेदारको परिवारमा भएकी ती सुन्दर पुतलीजस्तै नानी खुसीको खुसी अपहरण गर्ने सवालमा अरु विद्यालयले झै उनको विद्यालयले पनि अहम् भूमिका निर्वाह गरेको रहेछ ।

यो कथा खुसी र उनको विद्यालयको कथा मात्र नभइ प्रारम्भिक तहमा अध्ययन गर्ने अधिकांश बालबालिका र विद्यालयको कथा हो । संस्थागत विद्यालयमा यो कथा झन बढि चर्को रुपमा देखिन्छ । खुसीजस्ता बालबालिकाहरुको खुसी अपहरण गर्ने सवालमा विद्यालय, शिक्षक र अभिभावक सबैको उत्तिकै सहकार्य र योगदान छ भन्ने कुरामा पनि कुनै सन्देह छ जस्तो लाग्दैन । अभिभावक चाहन्छ, आफ्नो सानो नानीले विद्यालय गएको छोटो समयमै अक्षर र अङ्कहरु चिन्न सकोस् । कितावहरु नरोकिएर पढ्न सकोस् । अभिभावकको यही अपेक्षा पूरा गर्नका लागि कतिपय विद्यालयहरुले सोही अनुरुपको निर्देशन शिक्षकहरुलाई दिइन्छ र शिक्षकहरुले सोही अनुरुप सहजीकरण गरिरहेका हुन्छन् । अक्षर चिनाउनु र पढ्न सिकाउनु नराम्रो भनेको होइन । तथापि त्यो सबै काम बालबालिकाको खुसी र समुन्नतिका लागि गर्ने हो । उसमा भएको खुसी लुटेर पढाउनु र शिक्षा दिनु भनेको के साँच्चि त्यो शिक्षा हो त रु के शिक्षा खुसीका लागि अध्ययन गर्ने होइन र रु मैले खुसीलाई भेटेपछि र उनको प्रतिक्रिया सुनेपछि मभित्र उल्लिखित प्रश्नहरुले फेरि घर गरेर मलाई नै अप्ठ्यारोमा पारिरहेका छन् ।

जुन मुलुकमा लोकतन्त्र, सुशासन र मानवअधिकार कमजोर हुन्छ, त्यो देशमा बाहुबलका हिसावले कमजोर भएका बालबालिका, महिला र बृद्धबृद्धाको अवस्था उनीहरुमैत्री हुन सकिरहेको हुदैन । लोकतन्त्रलाई मनपरी तन्त्रको रुपका बुझ्ने काम भएको हुन्छ । बालबालिकाको सवालमा उनीहरुको रुचि, क्षमता र प्रतिभाको पहिचान गरी तदनुरुप नै उनीहरुमा विद्यमान रुचि, क्षमता र प्रतिभालाई प्रष्फुटन गर्न र गराउनका लागि उपयुक्त वातावरणको सिर्जना गर्नु भनेको विद्यालय, शिक्षक र अभिभावकको कर्तव्य हो । तथापि हाम्रोमा त्यो सुविधा छैन । भन्दा लोकतन्त्र भनेपनि सत्तामा सवारहरुले जनताको भावना अनुसार काम नगरेजस्तै विद्यालयभित्र पनि कुरा बालमैत्रीका गरिए पनि बालबालिकाको आवश्यकता अनुसार व्यवहार भएको पाइदैन । कतैकतै बालमैत्रीका नाममा बालबालिकालाई सामान्य सहजीकरण र रेखदेख समेत नगरी उनीहरुलाई छाडा हुने र जे मन लाग्यो त्यही गर्न दिने गरिएको पनि पाइन्छ । हाम्रो लोकतन्त्र र बालमैत्री स्कूलको अवधारणा भनेको त्यो पनि होइन । बालमैत्री स्कूलको अवधारणालाई कार्यान्वयन गर्नका लागि त विद्यालय र शिक्षक पेशा र बालबालिकाप्रति अझ बढी समर्पित र अझ बढी जिम्मेवार हुनुपर्दछ जसरी लोकतन्त्रको संस्थागत विकासका लागि राजनेताहरु नमूना भएर मुुलुक र नागरिकका लागि खटिएका हुन्छन् ।

गत असोजमा झरी परेको बेला जाजरकोटको बारेकोट क्षेत्रमा रहेको बीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साको कक्षाकोठा भत्किएर बालविकासका केही विद्यार्थीहरु सख्त घाइते हुन्छन् । यसबाट यो पङक्तिकारलाई बुझ्न कठिन भएन कि त्यो विद्यालयको सबैभन्दा कमजोर पूर्बाधारमा बालबिकासका नानीहरुलाई राखिएको रहेछ । यस्तो अरु विद्यालयमा पनि गरिन्छ । अझ यतिसम्म पनि गरिन्छ कि तल्लो तहमा भएका राम्रा र सक्षम शिक्षकहरु त माथिल्लो कक्षामा अध्यापन गर्न थाल्छन् र कमजोर भनिएकाहरुलाई तल्लो कक्षामा जिम्मा दिइन्छ । हाम्रो चिन्तन र सरकारकै नजरमा पनि तल्लो कक्षा भनेको तल्लो किसिमको प्राथमिकता दिने कक्षा हो । जव कि त्यो हुदै होइन बरु यो धर्तिमा भर्खर पाइला टेकेका बालबालिकाहरुलाई सही मार्गनिर्देशन गरेर असल मानिस बनाउने हो भने सबैभन्दा असल शिक्षकहरु तल्लो कक्षामा हुनु आवश्यक छ । उनीहरु यत्ति असल होउन् कि घरबाट बाबाआमा छोडेर भर्खर विद्यालय आएका बालबालिकाहरुलाई विद्यालयमा भएका शिक्षकहरु पनि घरमै भएका बाबाआमा जस्तै लागून । सायद त्यस्तै शिक्षकहरु भएको भए सानी नानी खुसीमा आफू अध्ययन गर्ने विद्यालय सधैंका लागि बन्द हओस् भन्ने भावना जाग्दैनथ्यो होला ।

हामी हाम्रो सरकार हुदै विद्यालयहरुसम्म पुग्दा हामी जति हुनुपर्ने हो त्यत्ति विद्यार्थीमैत्री हुन नसकिरहेको अवस्था छ । झन् साना कक्षाका विद्यार्थीहरु तुलनात्मक किसिमले अन्यायमा पर्नु हाम्रो जस्तो मुलुकका विद्यालयहरुमा अस्वाभाविक पटक्कै होइन । दशैंको समयमा क्यानडामा बसोवास गर्दै आएका मेरो भतिजा नाता पर्ने रबि बाबुसँग दशैंपछि मेरो घरमा आएपछि भेटघाट र भलाकुसारी भएको थियो । मेरो जिज्ञाशामा उनले भनिरहेका थिए, ‘क्यानडामा जाडो याममा हिउ पर्छ र चीसो पनि त्यत्तिकै हुन्छ तर विद्यालयहरु बन्द हुदैनन् । यसको मतलव विद्यालयहरु पनि बातानुकूलित बनाइएका हुन्छन् । तर त्यहाँका विद्यालयहरु गर्मीमा दुई महिना जति बिदा हुन्छन् । यसकारण कि बालबालिकाहरु आफ्ना अभिभावकहरुसँग आफूले अध्ययन गरिरहेको विद्यालय भन्दा अरु कुनै राम्रो स्थानमा घुम्न गएर रमाउन् र धेरै कुरा सिकेर आउन् । साथै त्यहाँ साना कक्षाका विद्यार्थीहरुलाई घरमा पढ्न वा काम गर्नका लागि खासै केही दिइदैन । कक्षा ८ पछि मात्रै अलि बढि काम दिने गरिन्छ ।’ उनले भनेको कुरा सम्झेर डाहा लागेर आयो । किनभने हाम्रो देशको सन्दर्भमा यो पङ्क्तिकारले सोचेको पनि त्यही थियो जुन कुरा क्यानडामा प्रयोग भइरहेको छ ।

जिन पियाजेको विकासात्मक मनोविज्ञानका अनुसार पनि सानो उमेरका बालबालिकाहरुलाई सिकाइका निम्ति सहजीकरण गर्दा भन्ने वा सुनिने भन्दा पनि देखिने वा गरिने कुराका आधारमा सिकाइ कार्य सम्पादन गरिनु पर्दछ । प्रश्न तथा जिज्ञाशा शिक्षकले बालबालिकालाई होइन कि बालबालिकाले शिक्षकलाई सोध्ने गरी वातावरणको सिर्जना गरिनुपर्दछ । सकेसम्म उनीहरुका धेरै इन्द्रीयहरुको सक्रियता र भोगाइको माध्यमबाट सिकाइ हुनेगरी शिक्षण सिकाइको ढाँचा बनाइ कार्यान्वयन गरिनुपर्दछ । सिकाइको क्रममा उनीहरुसँग विद्यमान खुसीमा खुसी थप्दै त्यो खुसी अनन्तसम्म कायम रहने गरी सिकाइको तरिका अपनाउनु पर्दछ । सिकाइको क्रममा खुसी पनि कहिल्यै नसुक्ने मुल ९जरुवा० को पानी जस्तै हुन सक्यो भने त्यो खुसीले सिकाइलाई समेत सँगसँगै अघि लैजान बालबालिकालाई प्रेरित गर्दछ । मानिसको जीवनको अधिकतम् लक्ष्य नै खुसी हुनु हो भने सिकाइलाई पनि खुसी सँगसँगै र खुसीलाई पनि सिकाइ सँगसँगै सहयात्रीको रुपमा लिन सक्नुपर्दछ । अनि मात्र सम्भव छ, खुसीका लागि शिक्षा र शिक्षाका लागि खुसी । अन्यथा शिक्षा र खुसी नदीका दुई किनारा हुने हुन् र यिनीहरुको बीचमा भेटघाट र भलाकुसारी नै हुने होइन भने त्यस्तो शिक्षा पो किन चाहियो र?

केही दिन अघि मात्र बर्दियाको एउटा माध्यमिक विद्यालयमा प्रवेश गर्ने अवसर मिल्यो । एकजना चिरपरिचित म्यामलाई देखें त्यहाँ र सोही अनुरुप हाम्रो भलाकुसारी चिरपरिचित जस्तैगरी सुरु भयो । तथापि उहाँको नाम भने बिर्सेछु । यत्ति परिचित वातावरणमा कुरा गरियो कि अब बीचमा नाम सोध्न पनि उपयुक्त लागेन मलाई । म्यामले आफैले मेरो असजिलोलाई फुकाउदै ‘सरले नाम बिर्सिनु भएजस्तो छ, मेरो नाम सीता गैरे’ भन्नुभयो । त्यसपछि भने स्मृतिको लहरो फैलिदै गयो । उहाँको पतिको नाम मैले नै भनिदिएपछि सीता म्याम अलि बढी खुसी हुनुभयो । त्यसपछि मैले भने पनि – ‘म्याम हजूरसँग पहिले बारम्बार भेट भएको हो । बीचमा केही वर्ष नै भेट नभएपछि भुलेछु म्याम । माफ गर्नुहोला । आज सुरुमै भेट हुँदा, मैले के छ हालखवर सीता म्याम रु भनेर नामैबाट सम्बोधन गरी भलाकुसारी गर्न पाएको भए हार्दिकता झन् कति गहिरोे हुन्थ्यो होला है म्याम रु’ प्रतिक्रियामा सीता म्यामले भन्नु भयो, ‘ हो त नि, मन झनै खुसी हुन्थ्यो होला । सरले बिर्सिनु भएको रहेनछ भनेर हजूरप्रतिको सम्मान झन् अस्भावाविक तरिकाले आकासिन्थ्यो होला । यसको मतलव हार्दिकता र सम्मान घट्यो भन्न खोजेको भने होइन ।’

सीता म्यामले यो पङ्क्तिकारबाट अपेक्षा गरेको व्यवहार हरेक बालबालिकाहरुले पनि शिक्षकबाट अपेक्षा गरिरहेका हुन्छन् । जस्तै ः शिक्षकले आफ्नो पहिलो नामबाटै सम्बोधन गरेर मायालु किसिमले बोलाओस्, आफ्नो मुखाकृति र व्यवहारको समेत अध्ययन गरेर व्यक्तिगत हिसावले समेत सुखदुःखमा साथ देओस्, सफलतामा स्याबासी र असफलतामा सान्त्वना देओस्, आफ्नो घरायसी अवस्था र घरपरिवारका सदस्यहरुको बारेमा समेत चासो र परिचय भएको कुरा अवगत गराओस् आदि आदि । अतः विद्यालयलाई बालमैत्री बनाउनका लागि पहिलो सुरुवात शिक्षकले गर्नुपर्दछ भन्ने लाग्छ मलाई । जसरी ममताकी खानीरुपि आमालाई आफ्नो सन्ततिलाई कसरी माया गर्नुपर्दछ भन्ने कुरा कसैले सिकाउनु पर्दैन त्यसैगरी हाम्रा शिक्षकहरुलाई पनि शिक्षण सिकाइको क्रममा बालबालिकालाई कसरी माया गर्नुपर्दछ भन्ने कुरा सिकाउनु परेन र त्यो माया ह्रदयको स्पन्दनबाट छचल्कियो भने बालमैत्री विद्यालयले सम्पादन गर्नुपर्ने आधा काम त्यसैपनि सम्पन्न हुन्छ भन्ने लाग्छ । त्यसपछि त खुसीका लागि खुसीजस्ता विद्यार्थीहरुले विद्यालय नजाँदा खुसी हुने होइन कि खुसी हुनका लागि विद्यालय जान उत्प्रेरित हुनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?