ट्रेंडिंग:

>> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी

लौह महिला मंगलादेवी सिंह

११ भाद्र २०७८, शुक्रबार
११ भाद्र २०७८, शुक्रबार

नेपाल महिला संघको स्थापना २००४ सालमा भएको थियो । नेपाली कांगे्रस पार्टीको स्थापना २००३ सालमा भएको हो । कांगे्रस पार्टीको भातृसंस्थाको रुपमा पहिलो स्थापना हुने संस्था नेपाल महिला संघ हो । जसको जग बसालेकी थिइन् मंगलादेबी सिंहले । नेपाल महिला संघको स्थापना गरेकी सिंहको आज २५ औं स्मृति दिवस परेको छ । नेपाल महिला संघको स्थापना गर्ने हिम्मत गर्दा हाम्रो देशमा राणा शासन थियो । जुनबेला महिलालाई भोट राख्न दिइन्नथ्यो र बिध्यालय जान पनि प्रतिबन्ध थियो । त्यो समयमा महिलाहरुको जमघट गराएर महिला संघ स्थापना गर्नु भनेको बडो कठीन बिषय थियो । र पनि उनले महिला संघको स्थापना गरेर आफु संस्थापक अध्यक्ष बनेकी थिइन् ।

नेपाल महिला संघका संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २५ औं स्मृति दिवसमा आज उनको योगदानको स्मरण गर्दै उनको पार्टी नेपाली कांग्रेस र उनी संस्थापक रहेको नेपाल महिला संघले लुम्बिनी प्रदेशमा बृक्षारोपण, सभा, सम्मेलन, सेमिनार, गोष्ठी आदि गरेर मनाउन लागेको छ । १९८१ सालमा काठमाडौंमा जन्मिएकी मंगलादेवीको २०५३ साल भदौ १० गते आजकै दिन निधन भएको थियो । १९९७ सालको असारमा लौहपुरुष गणेशमान सिंहसंग उनको विवाह भएको थियो । गणेशमान मात्र हैन, मंगला देबी पनि लौह महिला नै थिइन् । १९९७ सालकै कार्तिक महिनामा गणेशमान सिंहलाई जन्मकैद भएपछि मंगलादेवी जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन् । उनले २००४ साउन २४ गते आफ्नै अध्यक्षतामा महिला भेला गराई नेपाल महिला संघको स्थापना गरेकी थिइन् ।

२००५ सालमा पद्द्म शमशेरको शासनप्रति असन्तुष्टी जनाउँदै उनी महिलाको जुलुस लिएर राणाहरुको दरबार पुगेकी थिइन् । यसरी महिला अधिकारका लागि राणाहरुको बिरोधमा उत्रिएकी मंगलादेवीको योगदानलाई २००७ सालको क्रान्तिको उपलब्धीका रुपमा मान्न सकिन्छ र राणा शासनको अन्त्य गर्न उनको महत्वपूर्ण भुमिका रहेको इतिहासले जगजाहेर गराएको छ । २०२५ सालपछि ८ बर्ष प्रवासमा रहेकी थिइन् ।

महिलाले आफ्नो पहिचान र अधिकारको खोजी गर्न पाउनु नैसर्गिक अधिकार हो । आफ्नो अधिकारसंगै गांसिएको मौलिकताको खोजी गर्ने अधिकारको सदुपयोग गर्न पाउनु अर्को महत्वपूर्ण पक्ष हो । नेपाली महिलाले पनि आफ्नो नामका अगाडि वीर वीरङ्गाना र विदुषी बिशेषण अङ्कित गराउन सफलता प्राप्त गरेको प्रसङ्ग महिला आन्दोलनबाट भएको इतिहासमा गौरवमय अध्यायको रुपमा अङ्कित रहेको छ । महिला आन्दोलनको इतिहासले राष्ट्र, राष्ट्रियता र सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमा पुराएको योगदान महत्वपूर्ण मानिन्छ । खहरेको भेलमा एकैछिन् उर्लिएर सुक्नुभन्दा बिशाल सागरमा आफुलाई समाहित गर्नुको सार्थकता, औचित्य एवं महत्व बेग्लै बन्दो रहेछ । आशाका मधुरदीप जलाउँदै सम्भावनाका कठिन यात्रामा अगाडी हिँड्न तथा दमन र कुचेष्टाको जन्जिरलाई चुँडाल्दै अनन्त अधिकार र स्वतन्त्र विचार पोख्न कसैको आदेश लिइरहनु पर्दैन भन्ने अनुकरणीय उदाहरण बन्न सफल भएको छ नेपालको महिला आन्दोलन । स्वतन्त्रता र समानता कुनै पनि मुलुकको उन्मुक्त यौवन जस्तै हो र यसलाई विसङ्गगतिको पाङ्ग्रा बनाएर गुडाउने हो भने कहिल्यै उम्कन नसक्ने दलदलमा भासिन्छ ।

नेपालको इतिहासमा महिलाको हक अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी थिइन्् । बर्तमान सम्विधानले महिलालाई जुन अधिकार दिएको छ यो महिला आन्दोलनकै उपलब्धि हो भनेर बुझ्न जरुरी छ । मंगलादेवी सिंहले महिलाले भोट राख्न पाउनु पर्छ र पढ्न पाउनु पर्छ भनेर माग राखी लडेको कारणले नै नेपाली महिलाले यो सबै अधिकार पाउन सफल भएका थिए । आज मंगलादेवी सिंहलाई सम्झिदै गर्दा उनले भोगेका धेरै कुराको स्मरण गर्नुपर्ने हुन्छ । सती प्रथाबाट भर्खर भर्खर उन्मुक्ति पाएका नेपाली महिला माथिका बिभेद हटाउन मंगलादेवी सिंहले जुन प्रयत्न गरिन् त्यो सम्पूर्ण नेपाली महिलाले स्मरण गर्नुपर्ने हुन्छ ।

नेपालको इतिहासमा महिला मुक्तिका निम्ति लडेका यस्ता महिलाहरुलाई इतिहासले कहिले बिर्सिने छैन । जुन सतीप्रथा हटाउन लडेकी योगमाया न्यौपाने, महिला अधिकारका निम्ति लडेका मंगलादेवी सिंह, सहाना प्रधान, दिव्यादेवी कोइराला, नोना कोइराला, शैलजा आचार्य लगायत रहेका छन् । आजको दिन मंगलादेवी सिंहलाई सम्झीदै गर्दा दिवंगत महिला नेतृहरुलाई सम्झिने काम गरेका छौं । पछिल्लो समय मुलुकको परिवर्तका निम्ति योगदान दिएका महिला नेतृहरु कैंयौं छन । भोलिका दिनमा उनीहरुको इतिहास अबश्य लेखिने छ । मुलुक गणतन्त्रसम्म आइपुग्न थुपै्र महिला नेतृहरुले बलिदान दिएका छन्, कैंयौँ लापत्ता छन् भने कति त घाइते अबस्थामा बाँचेका छन् । उनीहरुलाई सम्पूर्ण महिलाले सम्मान र सहयोग गर्नुपर्छ ।

नेपाललाई स्वाधीन, समुन्नत र पूर्ण लोकतान्त्रिक बनाउँदै लोकतान्त्रिक राज्य ब्यबस्था एवं मुल्य र पद्यति स्थापनाका लागि श्रद्धेय मंगलादेवी सिंहले २००४ साल साउन २४ गते स्थापना गर्नुभएको महिला संघ नेपाली कांगे्रसको सबैभन्दा जेठो भगिनी संस्था भएर पार्टीलाई बलियो बनाउन मुख्य भुमिका खेल्दै आएको छ । यस संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मुल आदर्श मान्दै प्रतिकुल र जटिल परिवेशमा पनि अनेकौं उतार चढाव र संघर्ष झेल्दै आएको छ । नेपाली महिलाका आशा, आस्था र विश्वासलाई मूर्त रुप दिन हामी अझ क्रियाशील र सक्रिय हुनुपर्छ । संघले लोकतन्त्र प्राप्तिका लागि खेलेको गौरवमय संघर्षको इतिहास सम्झिँदै फेरि अझ सशक्त भुमिका खेल्नुपर्ने देखिन्छ ।

महिलाको नेतृत्व, प्रतिनिधित्व र प्रतिष्ठाको सवालमा महिलामैत्री भएन भने पार्टीभित्र पनि दबाब दिने समुहको रुपमा कार्य गर्नुपर्छ । नेपाली समाजमा देखा परेका विकृति र विसंगति एवं श्रृंखलाबद्ध ढंगले बालिका तथा महिलामाथि भएको बलात्कार र यस्तै घटना विरुद्ध सामाजिक अभियानका अभियन्ता बन्नुपर्छ । राज्यले महिलाप्रति विभेदपूर्ण नीति अवलम्बन गर्यो भने प्रतिरक्षात्मक रुपमा संघर्ष बनेर उभिनुपर्छ ।

मंगलादेवी सिंहले स्थापना गरेको महिला संघले विगतदेखि नै निरन्तर रुपमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको बहुआयामिक हक हितको संरक्षण र सम्वद्र्धन गर्दै आएको छ । संघले लोकतान्त्रिक गणतन्त्र तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील, स्वतन्त्र र समतामुलक समाज सृजना गर्ने उद्देश्यकासाथ निकै योगदान दिएको छ । समान सहभागिता र निर्णायक भुमिका हरेक निकायमा महिलाको समानुपातिक एवं समावेशी प्रतिनिधित्व अझै हुन सकेको छैन । विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि महिला पुरुषबीच ठूलो विभेद तथा असमानताको खाडल छ । यहाँका सामाजिक आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक लगायतका क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच न्युन छ ।

नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी ५१.५ प्रतिशत हिस्सा ओगटेका महिला राज्यका हरेक पक्षमा पिछडिएका छन् । लैङ्गिक असमानताका कारण साधन स्रोत र अवसर आदिमा उनीहरुको पहुँच छैन । त्यसैले महिलाको मुद्धा लैङ्गिक समानता होइन, समता हो । यतिखेरको अवस्थामा शिक्षा, स्वास्थ्य, रोजगार आदिको क्षेत्रमा पुरुषको तुलनामा महिला पछाडि नै छन् । महिलाको आर्थिक स्थिति पनि राम्रो छैन । त्यसैले उनीहरुको सबलीकरण र सशक्तिकरण गर्दै आत्मनिर्भर हुने खालका कार्यक्रम देशभरि सञ्चालन गर्न जोड दिनुपर्छ ।

आफुलाई आत्मनिर्भर बनाउन र आत्मबिश्वास बढाउन अनि समग्र देशको विकास गर्नका लागि शिक्षाको आवश्यकता पर्छ । भनिन्छ एक महिला शिक्षित भएमा सिङ्गो परिवार नै शिक्षित हुन्छ । तर, महिलाको साक्षरता प्रतिशत ६५.९ प्रतिशत मात्र छ । त्यसैले महिलाको साक्षरतामा वृद्धि गर्दै गरिब, असहाय र विपन्न वर्गका महिलाका लागि राज्यले उच्च शिक्षासम्म निःशुल्क प्रदान गर्नुपर्छ । इतिहासमा मंगलादेबीले चालेको महिला सशक्तिकरण अभियानलाई सफल पार्न अझै पनि निरन्तर संघर्षमा लागीरहनु आवश्यक छ । अनिमात्र महिलाका साथै सम्पूर्ण देशको बिकास हुन्छ । महिला अधिकारका लागि आन्दोलनको पहिलो मसाल उचाल्ने अग्रणी नेतृ मंगला देबी सिंहप्रति हार्दिक श्रद्धा सुमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?