ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

स्कुलका ‘आदर्श भूइँमान्छे’

५ भाद्र २०७८, शनिबार
५ भाद्र २०७८, शनिबार

पाल्पाको रिब्दीकोट गाउँपालिका इजरडाडाबाट काम खोज्दै बुटवल हानिए ।

बुटवलको एक बिस्कुट फ्याक्ट्ीमा पहिलो जागिर पाए । केही महिना काम गर्दा मासिक तलब ३२५ रुपियाँ थियो ।

त्यसपछि दोस्रो जागिर शुरु भयो कान्ति माध्यमिक विद्यालय ।

जहाँ उनले मासिक तलब ४१० रुपियाँ पाउने भए । बिस्कुट उद्योगमाभन्दा उनको तलब बढी हुने भयो । थोरै भएपनि तलब बढी पाउने भएपछि उनमा तलबसँगै खुसी थपियो ।

तलब र खुसी थपिएका प्रेमबहादुर बगाले त्यो दिनदेखि कान्ति माविमा कार्यालय सहयोगीको रुपमा अनवरत रुपमा काम गरिरहेका छन् । सरल र इमान्दार कर्मचारीको छाप बनाएका बगाले उमेरले भने ५५ बर्ष पुगिसकेका छन् । उनले कान्ति माविमा कार्यालय सहयोगी भएर काम गर्न थालेको ३६ बर्ष पुगेको छ । यसबीचमा कान्तिमा पढ्ने विद्यार्थी र कान्ति माविले धेरै कोल्टे फेरिसक्यो तर बगाले भने फेरिएको कान्ति मावि र फेरिएका विद्यार्थी हेरेर खुसी मानिरहेका छन् । आफुले काम गर्ने विद्यालय र विद्यार्थीको प्रगति देख्दा खुुसी लाग्छ बगालले भने, आफ्ना सन्तान र आफ्नो कुलको प्रगति देख्दा नरमाउने यो संसारमा को होला र ?

कान्ति मावि, बुटवल क्षेत्रको मात्र नभई राष्ट्यि स्तरमै नाम कमाएको विद्यालयको सूचीमा दर्ता भइसकेको विद्यालय हो । विद्यार्थीको नतिजाको हिसाबले चर्चामा आउने गरेको यो विद्यालय आउने एक बर्षभित्रमा भौतिक रुपमा पनि नमूनाको रुपमा स्थापित हुने तर्खरमा छ । यसरी विद्यालयले प्रगति गरिरहँदा विद्यालयको प्रगतिमा कार्यालय सहयोगी प्रेमबहादुर बगालेको योगदान नजोडिएको पक्कै छैन् । तर बगाले भने विद्यालयमा आफुले त्यस्तो ठूलो योगदान नगरेको बताउँछन् । आफ्नो काम मात्रै पूरा गरेको छु उनले हाँस्दै भने, विद्यालयको प्रगतिमा त सानो जागिर खाने मैले के नै गरे र ? विद्यालयमा तपाईको पनि योगदान छ नि दाई भन्ने जिज्ञासामा उनले दिएको प्रतिक्रिया हो यो । अरुलाई सघाउने, सघाएपछि सहयोग पाइन्छ भन्ने बगालेको बुझाइ छ । सरल स्वभाव र कामप्रति इमान्दार रही काम गर्ने बगालेको आदर्श अरुका लागि पनि सिक्न लायक छ । त्यसैले त उनी कान्ति माविमा सबैका प्रेम दाइ भएका छन् । साना बच्चादेखि उनिभन्दा जेठा शिक्षकसम्मले उनलाई प्रेम दाइ भनेर बोलाउँछन् ।

कान्ति माविमा बगाले इमान्दार, पाका, ड्यूटी फूल र समयको पालना गर्ने कर्मचारीको हुन् । संस्थाको हित सोचेर काम गर्ने बगालेमा दायाँवायाँ गरी ठगीखाने बानी नै छैन् । विद्यालयबाट काम सकेपछि बाहिर निस्किदा उनले अनुमति लिएर मात्रै निस्कने गर्दछन् ।

कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बगाले विद्यालयको इमान्दार र वफादार कर्मचारी भएको बताए । त्यतिमात्र होइन अहिले कार्यरत कर्मचारीमध्ये विद्यालय स्रोतबाट पारिश्रमिक पाउने कर्मचारीमा उनी सबैभन्दा पुराना कर्मचारी भएको ज्ञवालीको भनाइ छ । उनमा विद्यालयले दिएको जिम्मेवारीका साथै पानी र बिजुली मर्मत सम्बन्धी सामान्य ज्ञान रहेको हुँदा अड्को पड्को समस्या पर्दा उनीबाटै काम चलाउने गरिएको ज्ञवालीले बताए । उनले विद्यालयको प्रगतिमा बगाले र बगालेजस्ता विद्यालयका कर्मचारीको पनि योगदान जोडिएको सम्झिए ।

पाल्पाको नारायण माध्यमिक विद्यालय, धुष्टुङमा कक्षा ७ सम्म पढेका बगालेले धेरै बर्षको अन्तरमा कक्षा ८ पूरा गरेका छन् । त्यो कक्षा उनले कान्ति माविमा संचालनमा रहेको खुल्ला विद्यालयबाट पूरा गरेका हुन् । उनको २ छोरी र १ छोरामध्ये छोरीहरुको विवाह भइसकेको छ भने छोरा बैदेशिक रोजगारीमा छन् । श्रीमती र छोरीको छोरी (नातिनी) सँग उनि बुटवल १३, जितगढी ताराटोलमा बस्दै आएका छन् ।

कान्ति माविमा जागिरको क्रममा तीनवटा प्रधानाध्यापकसँग उनले काम गर्ने अवसर पाइसकेका छन् । जागिर शुरु गर्दा कान्तिमा आनन्दप्रसाद श्रेष्ठ प्रधानाध्यापक थिए भने त्यसपछि हरिप्रसाद ढकाल र अहिले गोविन्दप्रसाद ज्ञवाली प्रधानाध्यापकको रुपमा छन् । प्रधानाध्यापक मात्रै नभएर शिक्षक, सहपाठी कर्मचारी र विद्यार्थीले माया गर्ने गरेको बगाले बताउँछन् ।

पुराना पुराना विद्यार्थीले बाटोमा भेट हुँदा सोध्ने, बोल्ने गर्दा खुसी लाग्ने बगालले सुनाए । विद्यालयले राम्रो प्रगति गर्दै गएको छ, पुरस्कार पनि जित्ने गरेको छ, पढाइ राम्रो छ अब त भवन पनि झन राम्रो बनिरहेको छ बगालले विद्यालयको राम्रो कुराको सूची बनाउँदै सुनाए । उनको मासिक तलब ४१० बाट बढेर ३६ बर्षको अन्तरमा २३ हजार ६ सय ८० पुगेको छ । तर उनि विद्यालयका अस्थायी कर्मचारी हुन् ।

लामो समयसम्म पनि सरकारी अस्थायी कर्मचारीको रुपमा काम गर्नुपरेकोमा भने बगालेको मन पोल्ने गरेको छ । म त अस्थायी कर्मचारी बगालेले भने, स्थायी भएको भए मनले अलि सन्तोष मान्ने थियो ।

कान्ति मावि र त्यस वरपरको विद्यालयको सम्झना सुनाउँदै बगालले भने, म विद्यालयमा जागिर गर्दा कक्षा ८, ९ र १० मा शेक्सन थियो तल्लो कक्षामा थिएन । अहिले सबै कक्षामा शेक्सनै शेक्सन छ । विद्यार्थी पनि कति छन् कति । नजिक रहेको बोडिङ स्कुलको बारेमा सुनाउँदै उनले श्री ५ कान्ति बोडिङ स्कुल, अरनिको बोडिङ स्कुल शोभा बोडिङ स्कुल नजिकका स्कुल थिए । अहिले त बोडिङ स्कुल नि कति खुले कति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?