ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

असार १५ र मदारीहरुको चटक

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

मदारीले बाँदरलाई रत्याएर चटक देखाउने साधन बनाउँछ । मालिकले जसो जसो गर भन्यो बाँदरले त्यसै त्यसै गरेर अरुलाई मनोरञ्जन गराउँछ । अनि दर्शकले फालिदिएको दुईचार पैसा बटुलेर त्यहाँबाट निस्कन्छ र अर्को ठाउँतिर जान्छ । ठिक त्यस्तै हाम्रो देशका नेताहरुले बेला बेलामा चटक देखाउँछन् । समस्या एकातिर हुन्छ । जनताले आफ्नो मत दिएर जनताको काम गर्न पठाएका नेता भनाउँदाहरुले नियम कानुन बनाउने र जनतालाई कसरी सुविधा दिन सकिन्छ, जनतामा पनि किसानका समस्या र आवश्यकता के के छन्, उनीहरुका समस्या के, कसरी पूरा गर्न सकिन्छ भनेर छलफल गर्ने, समस्या समाधानका उपायहरु खोज्नुको साटो, आ– आफ्ना निर्वाचन क्षेत्रमा पुगेर, आ– आफ्ना कार्यकर्ताहरु बटुलेर गमबुट लगाएर तिनै कार्यकर्ता किसानका खेतमा पुगेर दुई तीनजना मानिसले अगाडी पछाडी समातेर, प्रहरीको अडेस लागेर दुईतीन गाबो बीउ हिलोमा गाड्छन् । के त्यो नाटक गर्नु जरुरी छ ? के तिनले त्यसरी गाडेको वीउबाट हजारौ मुरी धान फल्छ ? नेताहरुले अरूको सहारा लिएर खेतको हिलो कुचेपछि किसानको खेत लहलहाउँछ । सयौ गुणा धान फल्ने भए बोकेरै भएपनि आ– आफ्नो खेतमा हिलो कुचाउन लैजानु हुन्थ्यो । सबैलाई थाहा छ दिनभरी काम त तिनीहरुले गर्दैनन् । मात्र मदारीको नाँच देखाउन सक्छन् । नाटक देखाउन, चटक देखाउन सक्छन् ।
देशले अहिले २० औ धान दिवस मनायो । २०६२ सालदेखि गमलामा धानको विरुवा रोपेर दिवसको शुरूवात गरेको पनि १८ वर्ष पुगेछ यो असारमा । दिवसको सुरुवातदेखि अहिलेसम्म कहिले गमलामा बीउ रोपेर, कहिले ठूलै कार्यक्रमको आयोजना गरेर धानको बीउका माला खादा लगाएर, आसन ग्रहण र भाषण गरेर धान दिवस मनाउँछन् । कहिले किसानका खेत खेत पुगेर रोपाइँ गरेजस्तो गर्छन् । नाटक नै बढी नेपाली नेताको । यो दिवसको सुरुवात गर्दा प्रधानमन्त्री माधवकुमार नेपाल थिए कि झलनाथ मैले अहिले बिर्सें । दुईजनामा एक पक्कै हो । कार्यकर्ताको बुई चढेर खोला तरेको, खेतको आलीमा बसेर रोपेको हिलो छ्यापाछ्याप गरेको दृश्यहरु देखिन्थे । अहिलेपनि नाटकले निरन्तरता पाएकै छ । यसरी धान दिवसको २० वर्ष बित्दा देशले के उपलब्धी हासिल गर्‍यो खोई ?
हाम्रो देश कृषिप्रधान देश पहिला नै थियो । ९५% जनता कृषिमा आधारित थिए । देशको आर्थिक मेरुदण्ड कृषि नै थियो । कृषिमा आधारित उद्योग खुलिरहेका थिए । देशको उत्पादन आफ्नो देशलाई पुगेर बाहिरी देश निर्यात पनि हुन्थ्यो । यो हामीले जानेको कुरा हो । धान दिवस नमनाए पनि रोपाइँ हुन्थ्यो । धान मकै प्रशस्त फल्थ्यो तर अहिले हरेक खाद्यबस्तु बाहिरी देशबाट भित्राईन्छ । यस्तो हुनुको मुख्य कारण सरकार चलाउने जिम्मा पाएका नेताहरुको गैर जिम्मेवारी कामको कारणले नै हो । युवालाई विदेश पठाउने र उनीहरुबाट आएको रेमिटेन्सले देश चलाउन खोज्ने अनि देशका खेत बारी बाँझै राख्ने अदूरदर्शी नेताका कारण देश ओरालो लागेको हो ।
यहाँ भन्नैपर्दछ – आजभन्दा ३०–३५ बर्ष अगाडीसम्म नेपालले कृषि प्रधान देशको नाम पहिचान बिदेशसम्म बनाएको थियो । किनभने नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश थियो तर यतिका वर्षको अन्तरालमा नेपाल धान उत्पादनमा कमजोर बन्दै गएको छ । भन्दा पनि दु:ख लाग्छ– नेपालले बार्षिक ३३ अर्बको चामलमात्रै बाहिरी मुलुकबाट किन्नु परिरहेको छ । यो भन्दा अर्को बिडम्वना के हुन्छ । अहिले सबैभन्दा कम धान उत्पादन गर्ने देशको रूपमा नेपाल रहेको छ । विगत पाँच वर्ष अर्थात् २०७४/७५ देखि २०७९/८० सम्ममा भएको धानको उत्पादनमा २०७८/७९ मा सबभन्दा न्यून उत्पादन भयो । त्यस्तै २०७९/८० मा पनि उत्पादन न्यून नै भयो । धान थन्क्याउने समयमा असिना र हावासहितको पानीले क्षति हुँदा उत्पादन घटेको थियो । २०७८/७९ मा ५१ लाख ३० हजार मेट्रिक टन मात्र धान उत्पादन भएको थियो । त्यस्तै २०७९/८० केही बढेर करिब ६० लाख १५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसअघि २०७७/७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७५/७६ मा धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढ्ने अनुमान गरिए पनि त्यसो हुन सकेन । पछिल्ला वर्षमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर रहेको पाइन्छ । अहिले खेती गर्ने खेत प्लटिङ भएका छन । धान खेती गर्ने खेतको भूगोल घटदै गएको छ । अनि नेपालले बाहिरी मुलुकबाट चामल किन्नु परिरहेको छ । कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा चैतसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार मूल्य बराबरका ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको थियो । त्यस्तै २०७९/८० मा ५५ करोड ८२ लाख ४५ हजार केजी धान आयात भएको छ । २०७८/७९ को अघिल्लो सात महिनामा १३ अर्बको धान आयात भएको देखिन्छ । २०७८ चैत मसान्तसम्म १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार रुपियाँ बराबरको ३७ करोड २० लाख ८७ हजार ४११ केजी सेमी पलिस चामल आयात भएको छ । यसैगरी २०७८ चैतसम्म पलिस नगरिएको चार अर्ब ४९ करोड ६३ लाख ९५ हजार रुपियाँ बराबरको छ करोड तीन लाख ५८ हजार ४५३ केजी चामल आयात भएको छ । धान र चामल आयातको यो ग्राफ यसरी नै बढ्दै जाने हो भने नेपाललाई अव कृषि प्रधान देश कसरी भन्न सकिएला ?
असार १५ लाई राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव गर्ने नेपाल सरकारको औपचारिकता मात्रै हो । वास्तवमा धान उत्पादनमा आईरहेको गिरावटप्रति सरकारको चासो देखिदैन । सरकारले चाहने हो भने कृषि क्षेत्रमा जनचेतना फैलाउने र राष्ट्रिय उत्पादन बढाउन तथा कृषिलाई निर्वाहमुखी पेसाबाट व्यावसायिक बनाउन प्रयास गर्ने हो भने अझैपनि कृषिबाट देशलाई आत्मनिर्भर बनाउन सकिन्छ तर भन्ने एउटा र गर्ने अर्कै भैरहेको छ हाम्रो नेपालमा । कृषकसँग बसेर दहीचिउरा खाने, स्थानीय पञ्चे बाजागाजासँग असारे गीत घन्काउँदै रोपारी बाउसेसँग धान रोप्ने र उक्त दिन राष्ट्रिय धान दिवसलाई सार्थक बनाउने काममा कताकता कमी आएको हो कि भन्ने आशंका देखिन्छ ।
अहिलेपनि असार पन्ध्रमा नाटक सहित धान दिवस मनाईयो । तर, खोई किसानलाई धान रोप्ने बेला मल ? कृषिमन्त्री बेदुराम भुषालले हरेक पटक आफ्नो भाषणमा मलको अभाव नहुने भनेको भनै गरेको सुनिन्छ । अनि सुनिन्छ १८ हजार मेट्रिक टन मल आईसकेको छ । र, हरेक जिल्ला जिल्लामा मल बितरण भईसकेको छ । तर, रोप्ने बेला किसानसंग एक मुठी मल छैन । लुकीछिपी भारतीय बोर्डरको किसानसंग सम्पर्क राखेर कसो कसो गरी अलिकति मल ल्याएर छर्न बाध्य छन् किसान । वडाबाट पुर्जी बनाएर सहकारीमा मल लिन जाँदा किसानलाई मल आएकै छैन भनिन्छ । हैन कहाँ जान्छ त्यो आएको मल ? आकासले निल्छ कि धर्तीले वा बिचौलियाले बीचबाटै बेचिदिन्छन् ? सानातिना किसानले मल नै नपाउने होकी बुझ्न सकिएन । हैन कृषिमन्त्री ज्यू कहाँ गएर पाईन्छ मल थाहा चाहियो नि ? सबैको गुनासो यही नै छ ।
हो पहिला पहिला खेती गर्न यस्तो बिकासको मल चाहिदैन्थ्यो । गाईभैंसीको मल स्याउलाको मल खेतमा हालिन्थ्यो खेती हुन्थ्यो । रासायनिक मल बीउ प्रयोग हुन थालेपछि त्यो मल नभएसम्म खेती नै हुँदैन । सरकार ! यो चटक नाटक, झुट कुरा छाडेर हकिकतमा आउनु पर्‍यो । अनि युवाहरुलाई देशमै रोक्ने ब्यवस्था गर्नुपर्यो । पढेलेखेका युवा सारा बाहिर पठाएर देशमा अनपढ र खाली काम गर्न नसक्ने बुढाबुढीमात्र बस्ने देश बनाउन लागेको हो कि के हो ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?