ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

बालबालिका र मास्क: व्यवहारिक सल्लाह

१७ बैशाख २०७८, शुक्रबार
१७ बैशाख २०७८, शुक्रबार

पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ र साना बालबालिकाले ठूलाहरूलाई भाइरस सार्ने सम्भावना कम हुन्छ ।

बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क लगाएर उनीहरूले कोभिड १९ सार्नबाट रोक्न मद्दत गर्न सक्छन् र आफ्नो परिवार, आफ्नो समुदायसँगै आफ्नो सुरक्षा गर्न सक्दछन् ।

हामीले बालबालिकालाई उनीहरूले दैनिक जीवनमा मास्क कसरी लगाउनुपर्दछ भनेर मुख्य सुझावहरू प्राप्त गर्न युनिसेफका स्वास्थ्य विशेषज्ञ श्रीहरि दत्तसँग कुरा गरेका थियौं । 

मास्कले कसरी काम गर्दछ?

कोभिड १९ मानिसहरूले कुरा गर्दा, गाउँदा, खाँदा वा खोक्दा बन्ने श्वासप्रश्वासका थोप्लाहरू मार्फत फैलिन्छ । व्यक्तिहरूको शरीरभित्र कुनै पनि लक्षणविना पनि भाइरस रहेको हुन सक्दछ । यसको मतलब तपाईं र तपाईंका बालबालिकाले रोग सार्न सक्नुहुन्छ र तपाईंहरुलाई यो थाहा नहुन पनि सक्दछ । 

मास्कले कोभिड १९ का छिटाहरु फैलिन नदिइ अन्य व्यक्तिमा सर्नबाट रोक्ने काम गर्दछ । मास्कले लगाउने व्यक्तिलाई सासको थोपाहरू लिन र संक्रमित हुनबाट पनि जोगाउन सक्दछ ।
 

बालबालिकाले कहिले मास्क लगाउनुपर्दछ ?

तपाईंको बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भन्ने कुरा धेरै कुराहरूमा निर्भर हुन्छ । उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता र उनीहरू बिरामी भएका कोहीसँगको भौतिक सम्पर्कमा छन् की छैनन् भन्ने कुरा प्रमुख हुन्छन् । दक्षिण एसियाभरि, केहि सरकारहरूले सार्वजनिक र उमेरमा आधारमा मास्क प्रयोगका थप आवश्यकताहरू निर्धारण गरेका छन् । तपाईंको स्थानीय निकायहरुको निर्देशहरूको बारेमा जानकारी लिनुहोस् । 

विश्व स्वास्थ्य संगठन र युनिसेफको यस्तो सल्लाह छः

५ वर्ष र सोभन्दा कम उमेरका बालबालिका

सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन । यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ ।

केही देशहरूले धेरै साना बालबालिकाको लागि मास्क प्रयोगको बारेमा थप स्थानीय मार्गदर्शनहरु जारी गरेका छन् । उदाहरणको लागि, यदि बालबालिका कोही बिरामी भएकाहरुसँग भौतिक रूपबाट नजिक छन् भने । यदि तपाईंको ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउनु आवश्यक छ भने, उनीहरु सधैं तपाईंले सुपरिवेक्षण गर्न सक्ने गरि प्रत्यक्ष निगरानीमा भएको सुनिश्चित गर्नुहोस् । 

६ देखि ११ वर्षका बालबालिका

६ देखि ११ वर्षका बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भनेर निम्न आधारहरु मार्फत निर्णय गर्नुपर्दछः

  • कोभिड १९ तपाईंको क्षेत्रमा व्यापक रुपमा फैलिएको छ की छैन ।
  • तपाईंको बालबालिकाले सुरक्षित र उपयुक्त रुपमा मास्क प्रयोग गर्न सक्दछन् की सक्दैनन् ।
  • तपाईंको मास्कमा पहुँच छ की छैन र तिनीहरूलाई धुन र प्रतिस्थापन गर्न सक्नुहुन्छ की सक्नुहुन्न ।
  • बालबालिकाले मास्क लगाइरहेको वयस्कले सुपरिवेक्षण गर्न सक्दछन भने ।
  • तपाईंका बालबालिकाले सुरक्षित रूपमा कसरी मास्क लगाउने, फुकाल्ने र राख्ने तरिका जानेका छन् की छैनन् ।
  • तपाईंको बालबालिकाले गम्भीर बिरामी हुने उच्च जोखिममा भएका अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छन् की छैनन् ।  उदाहरणको लागी, वृद्ध र स्वास्थ्य समस्या भएका मानिसहरु ।

मास्क लगाउने कारणले तपाईंको बालबालिकाको व्यक्तिगत सिकाइ र मनोवैज्ञानिक विकासमा हुन सक्ने सम्भावित प्रभावलाई पनि तपाईले विचार गर्नुपर्दछ । तपाईंको बालबालिकाका शिक्षकहरू वा चिकित्सा प्रदायकहरूसँग परामर्श गरेर यो विषयमा निर्णय लिनुहोस् । 

१२ वर्ष र माथिका बालबालिका

१२ वर्ष वा माथिका बालबालिकाले वयस्कहरूले जसरी नै मास्क लगाउनु पर्दछ।
यसको अर्थ यदि तपाईंको क्षेत्रमा कोभिड १९ व्यापक रुपमा फैलिएको छ भने उनीहरुले सबै सार्वजनिक स्थानहरुमा मास्क लगाउनु पर्दछ, रः

  • अरुबाट एक मिटरको भौतिक दूरी कायम राख्न गाह्रो छ भने (उदाहरणः भीडभाड भएको सार्वजनिक स्थानहरूमा), वाः
  • उनीहरू भित्री सार्वजनिक ठाउँमा छन्।

बालबालिकाले कुन बेला मास्क लगाउनुपर्दैन ?

बालबालिकाले मास्क लगाउनुपर्दैन जबः

  • उनीहरू घरमा छन् र घरका कोही पनि बिरामी भएका छैनन्।
  • उनीहरू अन्य व्यक्तिबाट हरेक समयमा कम्तिमा १ मिटरको दूरी कायम राख्न सक्दछन्।
     

विभिन्न प्रकारका मास्कहरू र तपाईंको बालबालिकाले कुन लगाउनु पर्दछ 

विभिन्न किसिमका मास्कहरू उपलब्ध छन् र कुन प्रकारको मास्क तपाईंको बालबालिकाले लगाउनुपर्दछ भनेर बुझ्नु महत्वपूर्ण छ।

कपडाको मास्क

गैह्र चिकित्सकीय मास्कको रूपमा पनि चिनिने कपडाको मास्कहरू प्रायः कपासले बनेका हुन्छन्। तिनीहरू विभिन्न शैली र रंगहरूमा आउँदछन् र तिनीहरुलाई धुन र पुनः प्रयोग गर्न सकिन्छ। प्रभावकारी हुनको लागि, तिनीहरूलाई कम्तीमा कपडाको तीन तहको बनाउनु पर्दछ। 

बालबालिकासहित धेरै व्यक्तिहरुलाई यस प्रकारको मास्क लगाउन विश्व स्वास्थ्य संगठन (WHO)सिफारिस गर्दछ । 

कपडाको मास्कलाई प्रत्येक प्रयोगपछि साबुन वा डिटर्जेन्टको प्रयोग गरी तातो पानीमा दैनिक रुपमा धुनु पर्दछ। यसरी धोएपछि, मास्कलाई  पुनः प्रयोग गर्नुअघि पूर्ण रूपमा सुक्न दिनुहोस् । 
कपडाको मास्क महँगो पर्न सक्दछ, तर तपाईं आफैले आफ्नै घरमा बनाउन सक्नुहुन्छ । 
 

मेडिकल मास्क

सर्जिकल मास्क भनेर पनि चिनिने मेडिकल मास्क नबुनिएका कपडाबाट बनेको हुन्छ । यी सामान्यतया तीन तहका हुन्छन् र स्वास्थ्यकर्मीहरूको लागि डिजाइन गरिएका हुन्छन् । 

विश्वव्यापी महामारीको कारण मेडिकल मास्कहरुको आपूर्ति कम भइरहेको छ । त्यसैल केही समूहले मात्र यस्तो प्रकारको मास्क लगाउनु पर्दछ भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ । यसमा स्वास्थ्यकर्मीहरू, ६० वर्ष भन्दा बढि उमेरका, अन्तर्निहित स्वास्थ्य समस्या भएका, कोभिड १९ भएका व्यक्तिको हेरचाह गर्ने र कोभिड १९ को लक्षण भएका वा वा पुष्टि भएका वा संक्रमित व्यक्तिहरू पर्दछन्।

यसको अर्थ अन्तर्निहित स्वास्थ्य समस्या भएको र कोभिड १९ को लक्षणहरू वा पुष्टि भएको, वा जो कोही बिरामीहरुको नजिक छन् भने मात्रै बालबालिकाले यस प्रकारको मास्क लगाउनु पदर्छ ।

मेडिकल मास्कहरू धुन योग्य वा पुनः प्रयोग गर्न योग्य हुँदैनन् र आठ घण्टाको निरन्तर प्रयोगपछि सुरक्षित रुपमा फाल्नुपर्दछ । 
 

बालबालिकाले सहि तरिकाले मास्क लगाएको सुनिश्चित गर्ने

धेरै मास्क वयस्कहरूको लागि डिजाइन गरिएका हुन्छन् र बालबालिकालाई ठीकसँग मिल्दैन। तपाईं आफ्नो बालबालिकाको लागि मास्क किन्दै वा बनाउँदै हुनुहुन्छ, भने, यी कुरा निश्चित गर्नुहोसः

  • तपाईंको बालबालिकाको मास्कले उनीहरूको मुख, नाक र चिउँडो छोप्नुपर्दछ, र छेउमा कुनै खाली ठाउँ हुनुहुँदैन र उनीहरूको आँखाको दृष्टिलाई छेकेको हुनुहुँदैन ।
  • तपाईंको बालबालिकाले मास्क लगाएर छिटो छिटो हिँड्दा र कुरा गर्दा आरामसँग सास फेर्न सक्नुपर्छ ।
  • तपाईंको बालबालिकाले मास्क लगाउनुअघि र त्यसलाई हटाएपछि साबुन र पानीले हात धुनुपर्दछ भनेर थाहा पाउनुपर्छ ।

मास्कको विषयमाः गर्न हुने

आफ्ना बालबालिकालाई मास्क लगाउँदा निरन्तर उनीहरूको हात धुन र अरूबाट टाढा बस्न सिकाउनुहोस्।

मास्कले मात्र कोभिड १९ को संक्रमण र प्रसारण रोक्ने छैन । मास्कको प्रयोगसँगै बच्ने अरु उपायहरुसंयुक्त रुपमा प्रयोग गरे पछि मात्र यो प्रभावकारी हुन्छ।

तपाईंको बालबालिकालाई मास्क लगाउँदा उनीहरुले निरन्तर पालना गर्नुपर्ने उपायबारे जानकारी भएको सुनिश्चित गर्नुहोस्ः

  • उनीहरूले कम्तीमा ४०— ६० सेकेण्डसम्म बारम्बार साबुन र पानीले वा २०— ३० सेकेन्डसम्म अल्कोहल भएको सामग्रीको प्रयोग गरी हात धुने् ।
  • अन्य व्यक्तिहरुबाट कम्तिमा एक मिटर दूरी कायम  राख्ने र भीड भएको ठाउँहरूबाट टाढा रहने ।  
  • खराब भेन्टिलेसन भएको भित्री स्थानहरु (इनडोर) बाट टाढा रहने ।  

तपाईं बाहिर भएको समयमा मास्क भण्डार गर्न सकिने झोला साथमा राख्नुहोस् ।

यदि तपाईं र तपाईंको परिवारले मास्क खोल्ने र तथा दिनको समयमा पुनः प्रयोग गर्ने योजना बनाएको छ भने, तिनीहरूलाई भण्डार गर्न सफा र पुनः सिल गर्न मिल्ने झोला बोक्नुहोस्। यहाँ केहि सुझावहरू छनः

  • तपाईंको परिवारमा प्रत्येक मास्कको लागि छुट्टाछुट्टै झोला प्रयोग गर्नुहोस्।
  • झोलामा मास्क छिराउँदा वा निकाल्दा, यसलाई इलास्टिक लुप वा डोरीमा समाउनुहोस्।
  • मास्कको सतहमा नछुनुहोस्।

मास्क फेरि लगाउनु अघि हात धुनु नबिर्सनुहोस्।

-यूनिसेफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?