ट्रेंडिंग:

>> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई

महामारीमा सभामुखका आसेपासे ओसार्न १ करोडको नयाँ गाडी !

१९ कार्तिक २०७७, बुधबार
१९ कार्तिक २०७७, बुधबार

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले ३ वटा गाडी प्रयोग गरिरहेका छन् ।

‘फोर्ड’ र ‘टाटा’का गरी दुईवटा गाडी प्रयोग गरिरहेका घर्तीलाई महामारीका बीच राज्यकोषबाट फेरि एक करोड रुपैयाँमा ‘स्कोडा’को महंगो गाडी भित्र्याइएको छ ।

बा१झ ९७२९ नम्बरको फोर्ड र बा१झ २२८४ नम्बर टाटाको गाडी चढ्दै आइरहेका घर्तीलाई हालसालै प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको ‘लक्जरियस’ स्कोडा गाडी ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा खरिद गरिएको छ ।
अनाश्यक खर्च कटौती र मितव्ययी नीति अगाल्ने प्रदेश सरकारको नीति नारामै सीमित भएको छ ।

सशस्त्र द्वन्द्वमा जनताका पक्षमा गीत गुञ्जाउने कम्युनिस्ट नेतृत्वबाट आएका सभामुख घर्तीको गाडी मोह देखेर सांसददेखि कर्मचारी समेत चकित परेका छन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सभामुख घर्ती मातहत तीनवटा गाडी रहेको बताए ।

अधिकारीले भने, ‘तीनवटै गाडी चालू अवस्थामा छन् । कुनै पनि बिग्रिएका छैनन् । केही समय अगाडि नयाँ गाडी सभामुखका लागि भनेर सचिवालयले खरिद गरेको हो ।’ देशको अर्थतन्त्र जति नै कमजोर भए पनि जनप्रतिनिधिमा अनावश्यक महंगा गाडी चढ्ने मोह भने बढ्दो छ ।

चालू अवस्थामा दुईवटा गाडी रहेको अवस्थामा फेरि राज्यको ठूलो रकम खर्च गरी महंगो गाडी किन खरिद गनुप¥यो भन्ने प्रश्नमा प्रदेश सभा सचिवालय जवाफ दिन चाहँदैन ।

सचिवालयका नायब सुब्बा तथा ‘स्टोर किपर’ दीपेन्द्र पन्थीले किन खरिद गरियो भन्ने विषय आफूलाई जानकारी नभएको बताए ।

उनले भने, ‘मान्यज्यू मातहत तीनवटा गाडी प्रयोगमा छन्, अरू कुरा हामीलाई थाहा हुँदैन ।’

प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी तोकेपछि प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ ।

सभामुख घर्तीले आफूलाई गाडीको मोह नभएको भन्दै पदीय जिम्मेवारीले प्रोट्रोकल अनुसार गाडी राखिएको बताए ।

उनले भने, ‘सभामुख भएपछि अतिथिहरू आउनुहुन्छ । उहाँहरूलाई लिन जानुप¥यो । म पनि बजार जानुपर्ने हुन्छ । बजार जाँदा अतिथिलाई लिन जाँदा छोड्न जाँदा झण्डा हल्लाउँदै जानु भएन । मलाई गाडीको कुनै मोह र रहर होइन । पद र जिम्मेवारीले आवश्यकता देखिएर राखिएको हो ।’

सभामुख घर्तीले थपे, ‘मैले नयाँ गाडी ल्याउनुभन्दा अगाडि चढ्ने गाडी पुराना हुन् । एउटा शान्ति मन्त्रालय रहँदाको गाडी हो । अर्को पनि पुरानो गाडी हो । हालसालै ल्याइएको गाडी नयाँ हो । त्यो पनि महामारीका बीच ल्याइएको होइन गत वर्ष नै खरिद प्रक्रिया अगाडि बढाइएको थियो । महामारीमा खर्च गरेर ल्याइएको होइन ।’

प्रदेश सभा सचिवालयका लागि चालु आर्थिक वर्ष २०७७÷०७८ मा सवारी साधान खरिदका लागि ५७ लाख ५० हजार रुपैयाँ छुट्ट्याइएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले कानूनले नदिएको कुरा लिएर खानु भ्रष्टाचार भएको बताए ।

‘सभामुखले तीनवटा गाडी प्रयोग गर्ने सुविधा कानूनले दिएको छैन,’ रेग्मीले भने, ‘यो राज्य कोषको चरम दोहन हो । संघीयताप्रति नागरिकमा वितृष्णा आउने गरी गरीब मुलुकका नेता नेतृत्वमा पुगेपछि विलासी बन्दै गएको देखियो । यस्ता गतिविधि अनुसन्धान गरी कारवाही गर्ने नियामक अख्तियार दुरुपोग अनुसन्धान आयोग गरुडको छायाँमुनि परेको सर्पजस्तै सरकारको छायाँमा प¥यो ।’

पाहुना र बजार जानका लागि उच्चपदस्थहरूले गाडी थुपार्नु गलत भएको रेग्मीको भनाइ छ । ‘सरकारी पाहुना छन् भने त्यो व्यवस्थापन गर्ने प्रदेशको गृहमन्त्रीले हो । सभामुखले आफ्ना आफन्त बोक्न, स्वकीय सचिवहरूलाई चढाउन गाडी थुर्पान पाइँदैन,’ रेग्मीले भने ।

प्रदेश सभाले सभामुखदेखि समितिका सभापति र कर्मचारीहरूले चढ्ने गाडी मर्मतमा ५० लाख रुपैयाँभन्दा बढी खर्चिएको छ ।

प्रदेश सरकार र प्रदेश सभाले दुई वर्षअगाडि खरिद गरेका गाडीमा आर्थिक अनियमितता भएपछि सार्वजनिक लेखा समितिले अनुसन्धान गरी बजार मूल्यभन्दा बढीमा खरिद गरिएका गाडीको रकम फिर्ता गराएको थियो ।

प्रदेश सरकार र प्रदेश सभाले पहिलो वर्ष नै खरिद गरेका गाडीमा घोटाला भएपछि अनियमितताको दाग लागेको छ । –लोकान्तर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?