ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

भालुबाङ जान्नौँ, गण्डकीमा मिल्न चाहन्छौँः रामपुरका मेयर थापा

२८ आश्विन २०७७, बुधबार
२८ आश्विन २०७७, बुधबार

पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले पूर्वी पाल्पाको भूगोललाई लुम्बिनी प्रदेशबाट हटाएर गण्डकी प्रदेशमा मिलाउनुपर्ने माग गरेका छन् । उनले राजधानीका लागि भूगोलका हिसाबले भालुबाङसम्मको दूरी पूर्वी पाल्पाको विकासका लागि बाधक बन्ने दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा कुरा गर्दै मेयर थापाले पूर्वी पाल्पासहित गण्डकी प्रदेशसँग जोडिएको कालीगण्डकी उपत्यकालाई गण्डकी प्रदेशमा नै मिलाइनुपर्ने बताए । उनले भने, ‘हरेक व्यक्तिले छिमेकीसँग मिल्न चाहन्छ, छिमेकीसँगको चालचलन र रहनसहन अपनाउन चाहन्छ, पूर्वी पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकासहितको कालीगण्डकी उपत्यकालाई एउटै प्रदेश (गण्डकी) मा मिलाइनुपर्छ ।’

उनले हिजो बुटवलमा अस्थायी मुकाम तोकिँदा पनि पूर्वी पाल्पाले गण्डकी प्रदेशमै मिल्न चाहेको र त्यसका लागि दबाब पनि सृजना गरेको स्मरण गरे ।

‘यो माग हिजो पनि नउठेको होइन, उठेको हो तर सफल भएन अहिले त झन भालुबाङ राजधानीको कुराले हामीलाई झनै टाढा बनाएको छ, हाम्रा लागि अत्यन्तै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ’, उनले भने ।

मेयर थापाले अघि भने, ‘हुन त हिजो रकुम रोल्पाका साथीहरुलाई पनि बुटवल आउन अप्ठ्यारो थियो होला तर जो पनि मानिसहरुले छिमेकीसँग जोडिएर बस्न चाहेको हुन्छ । हिजो रुकुम रोल्पाको जस्तै आज रामपुर र निस्दी गाउँपालिकाका भागहरु दूरदराजमा परेका छन्, यो पूर्वी पाल्पाको विकासका लागि बाधक हो ।’

मेयर थापाले रामपुर र निस्दीसहितका क्षेत्रहरु समेटिएको कालीगण्डकी उपत्यकालाई एउटै उपमहानगर बनाएर बृहत योजनासहित विकास गर्न सकिने बताए ।

‘हामीसँग जोडिएको कालीगण्डकी उपत्यका । बीचमा कालीगण्डकी नदी छ । त्यसको पारीपट्टी गण्डकी प्रदेशको चापाकोट नगरपालिका र घिरिङ गाउँपालिका र यता नवलपुरसँग जोडिएको रामपुर गाउँपालिका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ’, उनले भने, ‘पोखरापछिकै ठूलो उपत्यका रहेको यो क्षेत्रलाई टुक्राउनु हुँदैन, हामी जोडिन चाहन्छौँ ।’

कालीगण्डकी उपत्यका बृहत योजना अन्तगर्तको उपमहानगर बन्न सक्ने भूगाल र श्रोत साधनयुक्त भएकोले कालीगण्डकी बेसी एउटै प्रदेश हुनुपर्ने उनले बताए ।

‘यो मेरो व्यक्तिगत चाहना मात्रै होइन, सिंगो रामपुरका बासिन्दाको माग पनि हो’, थापाले भने, ‘भालुबाङ र रामपुर नगरपालिका धेरै टाढा परेको छ । भालुबाङ राजधानी भयो भने रामपुर क्षेत्रको विकास पूरै ओझेलमा पर्छ, हामीलाई पोखरा राजधानी भयो भने धेरै सजिलो हुन्छ।’

उनले पूर्वा पाल्पालाई गण्डकी प्रदेशमा मिसाउनका लागि आफूहरुले छलफल तीव्र पारेको पनि जानकारी दिए ।

‘हामी सबैसँग समन्वय गरिरहेका छौँ, अब छिट्टै हस्ताक्षर अभियान चलाएर दबाब सिर्जना गर्छाैँ’, उनले भने । नेपाली नेटवर्कमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?