ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा दृढसंकल्पित छौं: मुख्यमन्त्री

३ आश्विन २०७७, शनिबार
३ आश्विन २०७७, शनिबार

संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुप्रति सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको हो । नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी अघि बढिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ । कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा संविधान स्थापित भएको छ ।

यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं । संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न हामी दृढसंकल्पित छौं ।

संघीयताको व्यवहारिक कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गरी मुहारमा उज्यालो छर्न सबैको सकारात्मक पहलकदमी र सहयोग आवश्यक छ । संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न अवश्य प्रेरित गर्ने छ । राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

केही महिनादेखि हाम्रो दैनिकी खल्बलिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ (कोरोना भाइरस) को असरले सिंगो समाज पिल्सिएको छ । लामो लकडाउन र निषेधाज्ञापछि क्रमशः स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुला हुँदैछन् । लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड—१९ नियन्त्रण भएको बुझ्नु हुँदैन् । कोरोनासंग जुध्दै हाम्रो दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक छ । कोरोनाविरुद्ध सरकारले चालेका हरेक कदम नागरिकको जीवन रक्षाको लागि हो । कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेका छन् । सरकारले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन नागरिकको सार्थक सहयोग आवश्यक छ । सरकारले चालेका कदमप्रति नागरिकको सार्थक सहयोगबाट मात्रै यो माहामारीलाई जित्न सकिन्छ ।

पर्व, उत्सव र दिवसमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले यसपटकको संविधान दिवसको कार्यक्रम सामान्य औपचारिकता पूरा गरी मनाउँदै छौं । सबैले घर घरमा दिपावली गरेर संविधान दिवसलाई भव्य रुपमा मनाऔं । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षका चाडपर्व, उत्सव र दिवसलाई भव्य रुपमा मनाउने नै छौं ।

अन्त्यमा, संविधान दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७७ असोज ३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?